नेकपाका संस्थापक महासचिव क. पुष्पलाललाई अस्वाभाविकढङ्गले किनारा लगाएर मनमोहन अधिकारीको उदयपछि नै नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादको बिऊ रोपिएसँगै तुलसीलाल अमात्य, बिष्णुबहादुर मानन्धरहुँदै केशरजङ रायामाझीसम्म आइपुग्दा आन्दोलनले उल्टो बाटो समातिसकेको थियो । उल्टो बाटो यस अर्थमा कि सामन्तवादलाई समूल नष्ट गरेर नयाँ जनवादहुँदै समाजवादतिर अघि बढ्ने उद्देश्यका साथ स्थापना भएको नेकपालाई सामन्ती राजतन्त्रको पक्षपोषक बनाइयो । यही पट्यारलाग्दो अवस्थालाई चिर्दै २०२८ सालमा झापा बिद्रोह हुनपुग्यो । तथापि त्यो केवल भावाबेशमा उत्पन्न भएको तर परिपक्व बिचार र कार्यदिशाका आधारमा योजनाबद्ध तयारीका साथ नभएको हुनाले सही क्रान्तिकारी दिशा अवलम्वन गर्न नसकी अत्यन्त छोटो समयमा उही दक्षिणपन्थी दलदलमा नै जाकिनपुग्यो । उता किनारामा परेको क. पुष्पलालको धार मोहनबिक्रम सिंह र निर्मल लामाहरूको पहलमा मूलधारमा खडाहुँदै थियो । यही नेपाली कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरणको त्यो तुफानी क्षणमा क। प्रचण्डसँगै क। बादलको पनि नेपाली राजनीतिमा प्रबेश भयो। प्रचण्डका सहपाठीसमेत रहेका बादल एकीकृत चौथो महाधिबेशन, मसालहुँदै नेकपा मशालको नेतृत्वमा पुगे । प्रचण्डको नेतृत्वमा वाइसियलका नेता बनेका बादल सैन्यबिज्ञानमा औपचारिक अध्ययनका लागि तात्कालीन शोभियत सङ्घ पुगेका थिए । तर यता क। किरणको सदासयताबाट पार्टी नेतृत्वमा पुगेका प्रचण्डकै सल्लाह र पार्टीको निर्देशनमा अध्ययनलाई अधुरै छाडेर बादल नेपाल फेर्किएर आन्दोलनमा प्रत्यक्ष सरिकहुँदै जनयुद्दको तयारीमा लागे । नेपालमा माओवादका प्रणेता नेकपा मशालका प्रथम महासचिव क। भक्तबहादुर श्रेष्ठका अनुयायीहरू क्रमशस् क। किरण, प्रचण्ड र बादल यस विचारमा दृढतापूर्वक उभिए भने पछि डा। बाबुराम भट्टराईहरू थपिए । एक समय थियो प्रचण्ड, बाबुराम र बादल क्रमशः माओ, चाओ र चुतेहका रूपमा चित्रित थिए । अझ प्रचण्डलाई स्टालिन र बादललाई चेग्वेभेरासँग दाँजिन्थ्यो ।
मशाल, चौम, मसाल(मोहनबिक्रमबाट अलग भएर शितलकुमारको नेतृत्वमा बाबुरामसहित)र सर्बहारावादी श्रमिक सङ्गठन मिलेर बनेको नेकपा एकता केन्द्रमा घनिभूत अन्तरसङ्घर्षको दौरानमा निर्मल लामा, नारायणकाजी र रूपलाल बिश्वकर्माहरू जनयुद्दको कार्यदिशामा असहमत भएपछि उनीहरूमाथि कारबाहीको तयारी भयो । तर यसमा प्रचण्डले जिब्रो चपाउन थालेपछि बादलले स्पष्ट भाषामा ूपार्टी र क्रान्तिका हितका लागि तपाईंहरूलाई हटाउन खोजिएकै होू भनेपछि एकता केन्द्र विभाजित भएको थियो । त्यैपनि नारायणकाजीहरूले उहाँलाई केही भनेको सुनिएन जबकि बाबुरामलाई ूराजनीतिमा लागेर एउटा राम्रो जनशक्ति खेर गयोू भन्ने गर्दथे । भनिन्छ, सधैं पार्टीमा यस्तै कठोर निर्णय लिनुपर्दा बादलको मुख ताकिन्थ्यो । यही स्पष्टता र दृढता कारण बादल पार्टीभित्र अत्यन्त पपुलर बने ।
यसरी बिभाजित एउटापक्ष माओवादी बनेर जनयुद्दको घनिभूत तयारीमा लाग्यो । जनयुद्द तयारीको क्रममा बादलका सैन्ययोजनाका बारेमा प्रकाशित बिचार सबैका लागि आधारशीला हुन्थे । त्यसैले उनलाई सैन्य कमाण्डरका रूपमा बाहिर चित्रण गरिन्थ्यो । तर उनले युद्दमा कहिल्यै सैन्य कमाण्ड गरेनन, सधैं राजनीतिक कमाण्डमै रहे । त्यैपनि हामी जातीय चेत भएका क्याडरहरूसमेत ‘हाम्रै मान्छेको हातमा बन्दुकको टिूगर छ फेरि ७ सालमा झैँ रामप्रसाद राई हुनुपर्दैन’ भनेर बिश्वस्त हुन्थ्यौं ।
जनयुद्दको आधार भनेको सिज (रुकुमको सिस्ने हिमाल र रोल्पाको जलजला पहाडको नामबाट) अभियान थियो । यसअन्तर्गत चार अभियान चलाइएका थिए । पहिलो( जनपरिचालन, त्यसमा जनसेवा र श्रम पर्दथ्यो । दोस्रो( सांस्कृतिक अभियान र प्रशिक्षण, तेस्रो( जनसभा र चौथो या अन्तिमचाहिं सेभरटेज र जनकारबाही । यी सबै बादलकै सोंच र योजनामा चलाइएका थिए । यसैबाट बादलको प्रशिद्दी पनि अझ चुलियो । यो अभियानकै क्रममा कुख्यात मानिएका रुकुमका गणेश शाहमाथि जनकारबाही भएको थियो र सयौं माओवादी क्याडर जनयुद्द शुरु हुनुअघि नै भूमिगत हुनुपरेको थियो । यसैकारण पनि चाँडो जनयुद्दको थालनी गर्नुपर्ने दवाव नेतृत्वमाथि परिसकेको थियो ।
पार्टीको मुख्यक्षेत्र पश्चिम कमाण्ड अझ रोल्पा-(रुकुम नै थियो । त्यसमा बादलको प्रत्यक्ष कमाण्ड रहेको थियो । जस्तोसुकै दमनको घडीमा पनि उनको नेतृत्व अविचलित रह्यो । यसैले क्याडर र आम जनतामा ू क। बादलको साथहुँदा कसैको पनि डर हुँदैनू भन्ने मिथक नै बनेको थियो । जनयुद्दको शुरुआतमै त्यस पश्चिम कमाण्डले अतुलनीय उचाइ हासिल गञ्यो । यसको आधार नै सिजअभियान थियो, जसको श्रेय त्यसका कमाण्डर बादललाई जाने नै भयो । ूसिजसलाम र सिज बिचारधाराू स्वतस्स्फुर्त स्थापित हुँदै थियो ।यसैक्रममा अर्का उदयमान कमाण्डर क। बिप्लवले भनेका थिए रे ूपार्टीमा भोटिङ हुने हो भने बादल महामन्त्री हुन्छन् ।ू त्यो बेला अध्यक्षको ब्यबस्था थिएन, प्रचण्ड महामन्त्री थिए । बिप्लवले भनेका कुरा मैंले भोजपुरका कमाण्डर राजनबिक्रमबाट सुनेको थिएँ । त्यही कुरा मैंले एकपटक टेम्के(मैंयूको यात्राको क्रममा पूर्वी कमाण्डका नेता क। कञ्चन अग्नी सापकोटालाई सुनाएँ । यो सुन्नसाथ उनको अनुहार सढिएर आयो र भन्नथाले ूयो नेत्रले कसरी यस्तो भन्नसक्यो ? यो हुनैसक्तैन, यो गम्भीर बिषय भयोू आदि आदि । नेताको यस्तो आकासै खस्लाजस्तो गरी आएको प्रतिकृया देखेर म अर्को आश्चर्यमा परें।
यसै सेरोफेरोमा पार्टीको राष्टिूय सम्मेलन आयोजना गरिए । संयोगवश भनौं या नियतवश हामी धेरैलाई त्यसमा सहभागी हुने अवसर प्राप्त भएन । त्यस सम्मेलनमा ‘अब कोठामा बसेर पार्टी र युद्दको नेतृत्व हुनसक्तैन जो फिल्डमा नेतृत्व गर्छ उही नेता हुन्छ । (त्यतिखेर प्रचण्ड, बाबुराम, बैद्य तथा सीपी गजुरेलहरू भारत बस्थे र विशेष अवसरमा मात्र सवारी हुन्थ्यो) पार्टीको मार्गदर्शक सिद्दान्त माक्र्सवाद, लेनिनवाद, माओवाद, सिजबिचारधारा हुनुपर्छ ।’ भनेर पश्चिम कमाण्डबाटै आवाज उठाइएछ । यो सम्मेलनपछि हतास मनोस्थितिमा केन्द्रीय कमिटीको बैठक राखी कठोर निर्णय लिइएछ । यी सबै बादलले नै गराएका हुन् भनेर क्याडरहरूबाट अलग गर्न फिल्डबाट निकालेर उहाँलाई अर्घाखाँची पठाइएछ र भनिएछ ‘माथिल्लोतहको नेतृत्व घनिभूत क्षेत्रमा बस्नु हुँदैन, मारिन सक्छ नेतृत्व बच्नुपर्छ किनभने कार्यकर्ताको चाँडै पूर्ति गर्न सकिन्छ तर नेतृत्वको पूर्ति कठिन हुन्छ ।’ यो कस्तो सोंच हो ? क्याडर मर्न हुने नेता मर्न नहुने । सबैले बुझ्नुपर्ने बिषय थियो । यसपछि फेरि अर्को केन्द्रीय बैठकपछि यसैको सर्कुलर लिएर पूर्वी उपक्षेत्रीय कमाण्ड इञ्चार्ज क. कमल (कुमार पौडेल) आइपुगे । उनी गौरबका साथ प्रस्तुतहुँदै भने कि ‘हामी पार्टीभित्र ठूलो विजय हासिल गरेर आएका छौं । पार्टीका उच्च तहका नेतालाई कारबाही गर्न सफल भएका छौं, उहाँ हुनुहुन्छ, बादल । हामीले सोध्यौं ( कारबाही गर्नुपर्ने कारण के हो ? नेताले भने ‘वहाँले यौनअनुशासन भङ्ग गर्नुभो केन्द्रीय नेतृ क. हिमानीसँग यौनसम्बन्ध रहेछ । क. प्रचण्डको नेतृत्व हत्याउने षडयन्त्र पनि गर्नुभयो हिमानीसँग मिलेर । यो कुरा हिमानीले लेखेको प्रेमपत्रमा खुल्यो जुन क.प्रचण्डले बादलकी श्रीमतीमार्फत प्राप्त गर्नुभयो । यसकारण बादल लिनपियायोवादी (चिनमा क. माओमाथि षड्यन्त्र गरी नेतृत्व लिन चाहेका भनिएका लिनपियायो जसलाई पछि हवाइ दुर्घटनामा मृत्यु भयो भनिएको थियो)ठहरिए । उनलाई सूट गर्ने प्रस्ताव आएको थियो तर त्यसलाई क. महामन्त्रीले रोक्नुभयाू आदि आदि । यही कारण होला मैंले भारत कानपुरको एउटा मिटिङमा क. बादललाई अफसेट भएर चुरोट तानेरमात्रै बसेको देखेको थिएँ ।

badal biplab (2) copy कारबाही भएको अर्को सुइँको मैंले अलिक अघि नै पाएको थिएँ उपक्षेत्रीय तहका एकजना कमरेडबाट, त्यसैले म तयारीमै थिएँ । मैले भने यौन अपराधको बारेमा पुष्टि हुन्छ भने सूट गर्दा पनि हुन्छ तर यो कसरी आयो एकैचोटी यौनअनुशासन र नेतृत्व हत्याउने कुरा ? यो मेरो प्रश्नमा कमरेडले भने ‘क. हिमानीको पत्रमा तपाईंको अगाडि प्रचण्ड केही होइन, तपाईं महान हुनुहुन्छ अब तपाईं महामन्त्री हुनुपर्छ बाबुरामलाई म मनाउँछु आदि’ भनिएको रहेछ । पहिले सम्मेलनमा पनि उनैले क्याडरहरूलाई उचालेको हो । यसै तर्कलाई मान्ने हो भने पनि यौनअनुशानको कुरा कहाँबाट आयो ? त्यो हिमानीको पत्रमा यौन र प्रेमका कुरा त देखिंदैन । अनि नेतृत्व हत्याउने कुरा हो भने त्यो त क. हिमानीको कुरा हो । बादल किन दोषी ? उनले भने ‘मिलेमतोमा भएको हो ।’ तर तथ्यले त त्यो पुष्टि गर्दैन । मैंले अडान लिएँ। सम्मेलनको विषयमा पनि त्यो क्याडरको कुरा हो । त्यो योजना उहाँकै हो भने पनि (यद्यपि यो पुष्टि हुँदैन) बिचार र योगदानका आधारमा नेतृत्व लिन किन नपाउने ? के नतृत्व कसैको ठेक्का हो ? आफ्नै भूमि र आन्दोलनभित्रैबाट नयाँ बिचारको जन्म हुन्छ र त्यही बिचारको आधारमा नेतृत्वको विकास हुन्छ भने त्यसमा आपत्ति हैन, गौरब पो गर्नुपर्छ । लिनपियायोवादी कोही हैन । बादलको लोकपृयता र कार्यकर्ताको साथ देखेर प्रचण्डको कुर्सी आफै डगमगाएको हो । त्यसैले एउटा हतियारले मात्र काम गर्दैन भनेर यौनअनुशासन र कुर्सीताकेको आरोप दुबै अश्त्र प्रयोग गरिएको हो । फसाउनकै लागि उहाँलाई अर्घाखाँची पुञ्इएको हुनुपर्छ । (जुन क. हिमानीको कार्यक्षेत्र थियो ।) यसो भनेर मैंले कडा प्रतिवाद गरें । मैले भनें ( तथ्य र तर्कसंगत नभएका कुनै कुरा मान्न सकिंदैन । यसपछि क. बादल कहाँ हुनुुहुन्छ भन्ने प्रश्नमा अज्ञात ठाउँमा श्रमशिविरमा हुनुहुन्छू भन्ने जवाफ दिइयो । वहाँलाई पार्टीको साधारण सदस्यता पनि नरहने गरी कारवाही गरिएको थियो र कारवाही भोगीसकेपछि पनि साधारण सदस्य भएर आउनुपर्ने प्रावधान खडा गरिएको थियो । यी दुवै युक्तिसंगत थिएनन्, यो कुनै पार्टी पद्दतिभित्र पर्दैनथ्यो केवल वहाँलाई कहिल्यै उठ्न नदिने गरी चालिएको चाल थियो ।
यसपछि मैंले काठमाण्डौमा सुरेश आलेसँग सम्पर्क गर्दा उहाँ र मेरो पछाडि ‘सिआइडि’ खटाइएको खुल्न आयो । बादलमाथि ‘किल’ गर्ने प्रस्ताव र उहाँको अवस्था अज्ञात रहेको र त्यतिखेर चर्चित ‘आलोक प्रबृति’को जगजगी, भरखरै क रमेश ढुङ्गेललाई झुण्ड्याइएको पृष्ठभूमिमा हामी क. बादलको पक्षमा उभिनेहरूले सोच्नैपर्ने अवस्था थियो । भोजपुरका राजनबिक्रममाथि कारबाही थालिसकिएको थियो । त्यसैले मैंले पार्टीको सम्पर्क टुटाएँ । तुरुन्त दिल्लीमा मिटिङ बोलाइएको थियो तर सहभागी भइनँ । मुलुकको सबै क्षेत्रका क्याडरहरूबाट बादलको अवस्थाबारे आवाज उठ्नथाल्यो । ‘बादल कहाँ हुनुहुन्छ ? बिद्रोह गर्नोस, तपाईंको पछाडि हामी छौ ।’ भनेर आव्हान हुनथाले । यही हामीले शुरु गरेको प्रतिवाद र सम्भावित बिद्रोहबाट डराएर नेतृत्व पछिहट्न बाध्य भयो । लगभग ६ महिनापछि ‘नेतृत्वले हजारपल्ट मारेपनि फेरि जन्मिरहने’ुू भन्ने भर्सनका साथ बादललाई सार्बजनिक गरिए । (यो भर्सन बादलको आफ्नै थियो कि प्रायोजित रहस्यकै गर्भमा छ ।) पार्टीमा पुनस्स्थापित भएपछि क. बादल पूर्वी कमाण्डको जिम्मेवारीमा आए । तर लामो समय रहँदा पनि उनले हामी कसैको वास्ता गरेनन् । हामीलाई पनि लाग्यो अब बादल ‘बादल’ रहेनछन् उनी त हुस्सु भइसकेछन् । बादलले पानी पार्छ हुस्सुले त पानी पार्दैन सर्दीमात्रै गराउँछ । जे भएपनि बादललाई पार्टी र आन्दोलनमा फर्काइए तर घटुवा गरेर । पहिले दोस्रो मर्यादामा रहेका उनी त्यसपछि बाबुरामभन्दा पछाडि चौथोमा पुञ्याइयो । पछि त एकताको नाउँमा नारायणकाजीभन्दा तल राखेर हुर्मतै लिने काम भयो । उनीमाथि लागेको आरोप भने थाति राखिए पनि त्यो सधैं उनको टाउकोमा झुण्ड्याइएको तरवार बनिरह्यो वा धोती अड्याउने कन्दनीमा बाँधिएको डोरी जुन प्रचण्डको हातमा थियो, जहिले पनि तान्न सकियोस् । शान्तिवार्तापछि पनि प्रचण्ड भनिरहन्थे ‘क्रान्तिका बेला बादलजी रोमान्समा लाग्नु भो’ भनेर । उनी उही कन्दनीमा बाँधिएको डोरी समाएर बादललाई ‘डिमर्लाइज’ गरिरहन चाहन्थे । तर कुर्सी ताकेको कुरा भने कहिल्यै उठाइएन बरु बादल स्वयमले ‘म लिनपियायोवादी नै हो त ? यसको जवाफ आउनुपर्छ’ भनिरहे ’ चर्चित मानिएको चुङवाङ बैठकको सार्बजनिक भएको भिडियो क्लिप हेरे पनि थाहा लाग्छ । तर आजसम्म यसको जवाफ कतैबाट आएको छैन । चर्चित ‘बादलप्रकरण’मा नेतृत्व तहका किरण, बाबुरामहरू मूकदर्शकमात्र भएनन् प्रचण्डलाई नै साथ दिए । ‘मान्छेखाने बाघले तँलाई पनि खान्छ’ भनेझैं क्रमशः उनीहरूको हविगत पनि त्यही भयो ।
संविधानसभाको निर्बाचन पछाडि लगतै क. बादलले मलाई भेट्न बोलाउनुभयो । सो निर्बाचनमा मलाई खम्बुवान राष्टिूय मोर्चाको सिफरिसमा संविधानसभा सदस्यका लागि माओवादीको समानुपातिक सुचिमा समावेश गरिएको थियो । तर सम्झौताअनुरुप मलाई अगाडि नबढाइएपछि फकाउन बोलाइएको रहेछ । भेटमा क. बादलले भन्नुभयो ‘चिन्ता नगर्नुहोला तपाईं हाम्रै पुराना मान्छे, यस्ता ‘अपच्र्युनिटि’ धेरै आउँछन् फेरि पार्टीमा जोडिनुपर्छ’ यतिबेला प्रत्यक्षरूपमा पहिलोचोटि मैंले वहाँमा बैचारिक बिचलन देखें। मैंले सोचेको थिएँ ‘अझै सङ्घर्ष बाँकी छ फेरि लड्न एकजुट हुनुपर्छ’ भन्नुहोला तर, उहाँ पहिलेको बादल हुनुहुँदोरहेनछ । प्रचण्डहरूसँगै स्खलित भइसक्नुभएको रहेछ । मेरो उहाँप्रतिको मोहभङ्ग भयो र भनिदिएँ ‘अपच्र्युनिटिको कुरा हैन, तपाईंको कारणले पहिले पनि पार्टी छाडियो जुन स्वयम तपाईंलाई नै थाहा भएन अब फेरि किन जोडिने ?’
माधव नेपालको प्रधानमन्त्रीत्व कालमा ‘शहरी बिद्रोहबाट सत्ताकब्जा गर्ने’ भनी फेरि बादललाई दुरुपयोग गर्ने कोशिस गरियो । यो उनलाई पतन गराउने अन्तिम हर्कत थियो । पार्टीभित्र त बादललाई भिजेको मुसा बनाइएकै थियो तर बाहिर उनको क्रेज शान्तिवार्तापछि झन् बढेर गयो । यसैकारण बिद्रोहको नाटक रचेर उनलाई खलपात्र खडागरी तेजोबध गरियो । यो बुझेपछि नै होला वहाँ अस्वाभाविकढङ्गले प्रचण्ड र बाबुरामको बिरुद्दमा उत्रन थाल्नुभो । यो पनि बिसगतिपूर्ण थियो, वहाँको स्वभावजन्य प्रतिकृया थिएन । यस्तै उतारचढावका बिचमा माओवादी पार्टी बिभाजित भएर वहाँ क. किरणको कित्तामा जानुभयो । यसलाई पनि नाजिफकारहरू स्वाभाविक मान्दैनन् । यतिसम्म त ठीकै थियो तर, जब वहाँ क. किरणलाई लात हानेर फेरि प्रचण्डको पोल्टामा पुग्नुभयो यो नै देखिनेगरी क. बादलको सैद्दान्तिक बैचारिक पतनको पटाक्षेप थियो । अहिले आएर केपी ओलीको शरणमा पुगेर विलोप हुनु त लगातारको बिचलनको परिणाम र अधोगतिको पराकाष्टमात्र हो ।
क. बादल नेपालको कम्युनिष्ट आन्दोलनमा उत्पीडित जाति(समूहबाट आएका अद्दितीय नेता थिए यो समसामयिक राजनीतिका । तर उनले कहिल्यै पनि जातीय मुद्दामा चासो दिएनन् । यो पनि उनको राजनीतिक अवसानपछि विश्लेषण गरिनुपर्ने बिषय हो । पछिल्लो कालखण्डमा चाँडै उत्साहित हुने र फेरि हतोत्साहित भइहाल्ने उही जनजातीय स्वभाव उनमा पनि देखियो । क. बादल सधैं भन्ने गर्थे ‘म शिखर हैन र हुन पनि चाहन्न मत आधार हुँ’ यही कम्जोरीकै कारण उनी कहिले किरण कहिले प्रचण्ड त अन्तिममा ओलीको फेरो समाउन पुगेका हुन् । यो परिणाममा आइपुग्ने मुख्य कारण उनी आफै भएपनि प्रचण्डमण्डलीको लगातारको प्रताडना कम जिम्मेवार छैन । एक समय राष्टिूय राजनीतिमा पार्टीभित्र र बाहिर पनि लोककथाका राजकुमारजस्तै लाग्ने क. बादल आज ‘पोलिटिकल डाइनोसार’ बन्नपुगेका छन् । ब्लाष्ट दैनिकबाट