लेखक तथा बिश्लेषक खगेन्द्र सङग्रौला,कान्तिपुर:२२ फागुन २०७१मा नेपाली "काङ्ग्रेसमा वङ्श,वृद्द र बजारको धुन"भन्ने शीर्षकमा एउटा लेख लेख्नु भएको थियो। उहाका अनुसार (१)वङ्शको धाक-धक्कु (२) बृद्द्को ताहुर-माहुर (३)बजारको धुन ताण्डप जगजगी भएको विश्लेषण गरेका छ्न। त्यतिवेला काङग्रेस सत्तामा थियो।भनिन्थ्यो,गिरिजा प्रसाद कोईरालाको अगाडि सबै बोल्न डराउछ्न।तर यथर्थामा आन्तरिक राष्ट्रवाद दर्हो र भरपर्दो बिकास नभए अन्तराष्ट्रीय रणनितिक,कुट्निती कम्जोर हुनेछ।
सत्तापक्ष दलमै विवाद:
यती बेला सत्तापक्ष दल नेकपा एमालेका नेता केपी ओलीको नेतृत्वमा सरकार छ।पछिलो पटक संसद बिघटन गरेका छ्न।सर्वोच्च अदालतमा मुद्दा फैसला भएको छैन।पुन:स्थापना हुन्छ कि बिघटनकै फैसला आउँछ भन्ने प्रतीक्षा केही समय गर्नु पर्ने हुन्छ।तर एमालेमा बृद्दहरुको झगडा छ। वङ्शको धाक-धक्कु छैन।तर तिनका समर्थक र शुभचिन्तकहरुको ओठ्मा आमाको दूधअझै सुकिसकेको छैन। तिनका अनुहारमा"बा"छ।मनमा
-मुटुमा,मुखमा"बा"छ।मानौ एकछिनको लागी"बा"ले मङ्गल ग्रहमा बस्ती बसाउदैछ्न।
पानीजहाजका कुरा:
सप्तकोशीमा ड्याम बाधी पानी जहाज ल्याउने रे। ११वटा नदी दिल्ली सङ्ग सम्झौता गर्ने छ्न।अनि पो पानी जहाज कुदाउने सपना बाडेका होलान।तर पानी जहाज ल्याउदा तराईका धेरै गाउँ बस्ती डुबानमा पर्नेछ्न।भारतले निश्चय नै नेपाललाई ठग्ने नै छ।के थाहा तिनका बिचारा कार्यकर्ताहरुलाई ? बृद्दहरुको लडाईमा सन्तानहरु भक्तीभाव देखाउदै छ्न।महाभारतको युद्द लडदै छ्न।यस अर्थमा के कम्युनिष्ट पार्ट्रीको सिद्दान्त,बिचार नै स्वाखलीत भई सक्यो?केही बृद्दहरु ताहुर-माहुर गरिरहेको छ। तर बिगतको राजतन्त्रधारीको श्रीपेचबाट तिनिहरु पनि मुक्त छैनन।ओठमा मार्क्सवाद छ।समाजवाद छ।साना-तिनाहरुको कुरा कसले पो सुनी दिने र ? प्रधानमन्त्रीका अगाडि कसले पो बोल्न सक्ने र ? केवल एउटा स्वर्थमा सत्ता छ।अर्को बाहिरी स्वर्थमा दल जसरी पनि बिभाजन गराउनु छ।
नयाँ बजारका धुनहरु:
(१)जसपा नेपाल:तेस्रो शक्ति:फेरि छिन्न भिन्न।पहिचानको मुद्दा पटक-पटक सत्ता सङग बेच्दै आएकै छ।यो नौलो अभ्यास भने होईन।नया शक्तीको जोस जागर/नया पनको अभ्यास नभएर जे देखियो तत्कालीन नेकपा,जे देखियो काङग्रेस,जे देखियो नेकपा एमाले तिनिहरुमा पनि त्यही देखियो भनेर आम समाजका हिस्साहरु चोक-चोकमा चिया गफ हाकिरहेका छ्न।दुईबिचको माया प्रेम टुटी सक्यो रे।
(२)जो जसले धुनहरु बजाउछ्न:सत्य-तथ्य-असत्य के के थियो?तर तिनले माओवादी फुटाउने समाचार प्रोपोगाण्ड हुदा/सम्प्रेशित हुदा फुरुङग पर्नेहरु,उसो त मनाङ तिर पनि झस्सा दुईदिनको मन्त्री बाड्द निकै आनन्द मोहित देखिन्थे।नेकपा बिघटन देखि नेकपा एमाले बिभाजनको डिल सम्म-
माओवादी देखि माओवादी बिभाजन-दलमा रहने/नरहने देखी त्याग गर्ने सम्मका हर्कत पनि एउटै उदेश्यमा देखिन्छ।
(क)अमर लामा:
फरक पार्ट्री भएको तर उस्तै उदेश्य भएको सबै पार्ट्रीका आफ्नो स्वर्थ मिल्नेहरु अमर लामालाई गोली लाग्द/ लास ढल्दा अनुहारमा पीडा थिएन।बरु हासो थियो। गजक्क परेका थिए रे।उहीँ अमर लामा मदन भण्डरी दासढुङ्गा हत्या काण्डाका प्रत्यक्ष प्रमाण थियो। कसैका२०,कसैका १०प्रतिशत भुमिका रे।त्यसमा राजावादी,सेना,प्रहरी देखि अन्तराष्ट्रीय शक्ति केन्द्रको सम्म हात रहेको बताईदै आएको छ।
(ख)मदनको राष्ट्र्वाद:
काङ्ग्रेस सत्तामा पटक-पटक गए।टनकपुर सन्धी भारतसङग गर्नु भन्दा अगाडि कुरा उठ्न थालेपछी र गरिसकेपछी सन्धीले नेपालको अहित हुने तर्क गर्दै यो सन्धीको बिरुद्दमा संसद- सडकमा बोलेका मदन भण्डारी निकै लामो ग्राईडिजायनमा मारिदा आफ्नो स्वर्थ मिल्नेहरुको केही बाहिरा आँसु देखिए पनि भित्र हासोमा थिए रे।मदन मारिए।तर महाकाली सन्धीका बिरुद्द बोल्ने वामदेव गौतम पनि जिवनका बुढ्यौलीमा आईपुग्दा कहिले प्रधानमन्त्री हुने स्थिती आएन।
बि.पि.को राष्ट्रवाद:
नेपाली काङग्रेसमा बि.पि कोईराला सिद्दान्त निर्माण गर्ने ओजसी नेतृत्व थिए।उहाको देहन्त पछि करिव २०१२/१३ देखि काङ्ग्रेसमा सिद्दान्तको बहस हुन छोडेको हो।बिपिले राष्ट्रवादको नारा लगाउदा भारतमा निर्वासित हुदा भारतिय नेताहरुकै उपेक्षा सहनु पर्यो।त्यसै कारण नेपालमा राणा देखि राजा सङ्गको लडाई हो।त्यो लडाई नेपालभित्रको आन्तरिक लडाई थियो।त्यसकारण भारतियपक्षको उपेक्षा सहनु भन्द्दा नेपालमा त सबै नेपाली नै हौ भन्ने उदेश्यले राष्ट्रीय मेलमिलापको निती लिएर नेपाल फर्केका थिए।तर तिनलाई पनि काङग्रेसमा अगाडि बढ्न बाट रोक्न भारतले बिपिकै आफ्नै भाई मातृकालाई प्रतिस्प्रधी बनाएर पार्ट्रीभित्र दाजु -भाईको झगडा रोपिदिए।
(३)नेपाली काङग्रेस:निम्छरो,कर्मकाण्डी प्रतिपक्ष,भागबण्डमा खुबै रमाउने।यीनैले लामो समय सम्म बहुमत होस या अल्पमतको सरकार चलाएको छ।यदी सकरात्मक ढङगले सदन-सडक भुमिकामा देखा परेका भए,सबै दलहरुमा यति
बेला बिखण्डन-बिभाजन हुने स्थिती नआउन सक्थ्यो।अहिले अलिकती भएपनि ताहुर-माहुर गर्छन कि जस्तो।तर कुन आधिवेहरीले उडाएर कहा पुर्याउने हो?वङ्शको धाक-धक्कु, बृद्द नेताहरुको आफ्नो गुट लडाई भए पनि नया पुस्ताहरु निराश चै छैनन कि कसो छ?समग्रतामा कसैले सन्तोष व्याक्त गर्न सक्दैनन।नया पुस्तालाई पुरानो पुस्ताले पत्याउदै पत्याउ दैनन।
निष्कर्षमा:
यहाकाले होईन मुख्य कुरा पश्चिमा-दक्षिणले पत्याउनु पर्ने भो।उतर अलिक चुपचाप छ।उतिसारो जरा गाडेको छैन।तर जरा गाडेपछी निकै समस्य हुने छ।बिस्तारै जरा गाड्ने क्रममा पछिल्लो पटक चासो व्याक्त गर्न थालेका छ्न।तर उत्तरलाई पनि सन्तुलन मिलाउनै पर्ने थियो।त्यतिसारै अहिले नै उत्तर नहतारिएकाले अलिक सहज नै भयो कि?एमालेमा झगडा छ। कहिले कार्वाही-कहिले फुकुवा।जसपामा त्यही विकृतरुप छ। उता काङग्रेसमा पनि ध्वजा फाटी सकेको छ।एमाले र जसपा को दुरदशा आउँछ कि भनेर तलका कार्य-कर्ताहरु निकै चिन्तित छ्न।आन्तरिक राष्ट्रवाद मिलाएर अन्तराष्ट्रीय सङ्ग रणनितिक,कुट्नितिक बनाउने हो।यसअर्थमा आन्तरिक राष्ट्रवाद दर्हो बनाउनु पहिलो स्वर्थ हो।सबै दल मिलेकै राम्रो।
अन्त्यमा:
दल फुट्दा स्वर्थीहरुलाई फाईदा नै होला ? तर एकता हुदा देशलाई फाईदा हुन्छ। जुनसुकै दल होस प्रजान्त्र/लोकतन्त्र,सङघीयता र गणतन्त्र प्राप्त उपलब्धीको रक्षा गर्नु पर्ने हुन्छ।एकतामा जाऔ।सकिन्न मोर्चा बनाऔ।त्यो पनि सकिन्न भने आ-आफ्नो बाटो लागौ।के गर्ने देश बर्वादीतिर जाने भो ? चिन्तन एकले गरेर नहुने सबै गर्न सके राम्रो।