चैनपुर नगरपालिकाको वडा नं. ३ र ४ मा पोखरी बजार पर्छ । कालन्तरमा यहाँ विशाल पोखरी थियो । तर हाल मासेर यहाँ शारदा मावि सञ्चालनमा ल्याइएको छ । १ नं प्रदेश पुरानो र ऐतिहासिक महत्व बोकेको चैनपुर नगरपालिका नाम चलेकास्थानहरु चैनपुर, पोखरी, तथा खरांग हुन । यी तीनवटा स्थानहरू महत्वपूर्ण बजारको रुपमा रहेका छन् जहाँबाट यस क्षेत्रको समग्र व्यापार व्यवसायहरु संचालित छ । यो स्थान समुन्द्री सतहबाट करिव १५ सयमिटर उचाईमा पर्छ ।
संखुवासभा जिल्लाका नगरपालिकाहरु मध्ये भूगोलका हिसाबमा सबैभन्दा ठूलो २२३ वर्ग किमि क्षेत्रफलमा फैलिएको चैनपुर नगरपालिकामा पौराणिक मान्यता अनुसार सतीदेवीको दायाँआखाँ पतन भएको पवित्र स्थलको रुपमा परिचित चैनपुरको सिद्धकाली मन्दिर यही पोखरी बजारनजिक पछृ । पूर्वको प्रसिद्ध तीर्थस्थल सिद्धकाली मन्दिर ३ नं. वडामा अवस्थित रहेको छ । सदरमुकाम खाँदबारीबाट ५० किमिको दूरीमा र चैनपुर बजारदेखि ५ किमी दुरीमा रहेको सतीदेवीको दायाँ आँखा पतन भएको र चिताएको मनोकांक्षा सिद्ध हुने किंवदन्ती रहेको पाइन्छ । नौरथा लागेसंगै भोजपुर, तेह्रथुम, धनकुटा सुनसरी, मोरङलगायतका जिल्लाबाट समेत पर्यटकहरू दर्शनका लागि आउने गरेका छन् ।
पोखरी बजारमा नेवार, राई, लिम्बु, तामांग, क्षेत्र, ब्राह्मण, कामी, दमाई, सार्की, भुजेल, शेर्पा, मगर, घर्ती, जोगी आदि विभिन्न जातिका मानिसहरुको वसोवास रहेको छ । यस क्षेत्रमा हिन्दु, बौद्ध, किराँत, क्रिश्चियन आदि धर्मावलम्बीहरु रहेका छन् ।
यहाँकरिव ६५ प्रतिशत खेतियोग्य जमिन रहेको छ । यस क्षेत्रमा धान, मकै, कोदो, गहुँ, खाधान्नवाली र अलैची, उखु, बदाम, कफी, चिया, अदुवा, खुर्सानी, अमृसो, सुन्तला, आलु, बोडी, मास, मस्याम, आँप, रुद्राक्ष (दाना) जस्ता नगदेवाली तथा तरकारी वालीहरु उत्पादन हुन्छन् । त्यसैगरी गाई, भैसी, बंगुर, बाख्रा, खसी, भेडा, कुखुरा जस्ता पशुपंक्षीहरु पालिन्छन् । यहाँको खेति तथा पशुपंक्षी पाल्ने तरिका परम्परागत ढंगबाटै गरिन्छ भने रुद्राक्ष र अलैची यस क्षेत्रको महत्वपुर्ण नगदे बालीको रुपमा रहेको छ। यहाँ मङ्लवबार साप्ताहिक हटियालाग्ने गर्छ । पोखरी बजार नुम र गुफा पोखरीको नाका हो । यही बाटो भएर गुफा पोखरी जान सकिन्छ । तस्विरहरुः नमिता काफ्ले

![एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित] एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित]](https://bijaypurkhabar.com/uploads/2025/12/oli-team-560x400.jpg)

















