नबजात शिशु हरु बारे जानकारी नभईको ले गर्दा दुख भोग्नु परे को देखीन्छ,यस्ता बाल बालिका  ओ.पी.डी.,इमेरजेन्सीमा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान देखा पर्दछन । डाकटर साहेब हर्नुस मरो नबजात शिशु लाई कुन भ्याक्सिन खोप् दिने ,कुन खाने कुरा दिने आदि दूनुहु हामी हर्दा रहे को छ!साना शिशुको पर्याप्त हेरविचार अत्यावश्यक छ किनभने उनीहरू आफ्ना बारेमा केही पनि बताउन सक्दैनन्।
 
नब जात शिशुलाई के ख्वाउने 
शिशुलाई सकेसम्म जतिसक्दो छिटो -जन्मिएको आधा  घन्टाभित्र  स्तनपान गराउनु वेश हुन्छ। शिशुलाई आमाको दूधबाहेक केही ख्वाउनुहुँदैन। कतिपयले घिउ, मह ख्वाए पनि त्यसलाई उपयुक्त मान्न सकिँदैन र ख्वाउनुहुँदैन। शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र ख्वाउनुपर्छ। यो उमेरसम्म शिशुलाई अतिरिक्त पानी पनि दिनु पर्दैन। शिशुलाई जति बढी तिर्खा लाग्यो उति नै बढी दूध चुस्छ। स्तनपान गराइसकेपछि शिशुलाई आमाको छातीमा राखेर पिठ्युँ मुसारिदिनुपर्छ। यसो गर्दा शिशुले डकारेर पेटभित्रको हावा बाहिर निकाल्छ। त्यसपछि शिशुलाई सुताइदिनुपर्छ।  शिशुलाई जति बढी दूध चुसायो उति नै बढी दूध बन्छ। शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र ख्वाउनुपर्छ। 
शिशु ६ महिनाको भएपछि उसलाई ठोस आहाराको आवश्यकता पर्छ जसमा जाउलो, लिटो, खिचडी, हलुवा, मुछेको आलु, केरा आदि ख्वाउन सकिन्छ। सुरुमा शिशुलाई पचाउन सजिलो हुने किसिमका खानेकुरा ख्वाउनुपर्छ। 
 
नवजात शिशुलाई कति तापक्रममा राखने ?
नवजात शिशुमा शरीरको तापक्रम सन्तुलित गर्ने शक्ति कम हुन्छ र शिशुमा शीताङ्ग हुने सम्भावना जाडो मौसममा बढी देखापर्छ। शरीरको तापक्रम सन्तुलित राखी न्यानो, सफा तथा नरम कपडाले शरीर ढाक्नुपर्छ। शिशु जन्मिएको २४ घन्टापछि मनतातो पानीले नुहाइदिनुपर्छ। कोठाको तापक्रम न्यानो -२५ देखि २८ डिग्री सेन्टिग्रेड) हुनुपर्छ। भेन्टिलेटर खुल्ला हुनुपर्छ। शिशु सुत्ने कोठामा पंखा चलाउनु हुँदैन।  
 
नवजात शिशुको आँखाको हेरचाह कसरी गर्ने ?
सफा मनतातो पानीमा कपास भिजाएर शिशुका दुवै आँखा दैनिक सफा गरिदिनुपर्छ। आँखाबाट धेरै चिप्रा आए चिकित्सकको सल्लाह लिनुपर्छ। आँखामा गाजल लगाइदिने चलन हानिकारक हो। गाजलको प्रयोगले आँखा पाक्न सक्छ।
 
नवजात शिशुको नाभिको हेरचाह कसरी गर्ने ?
नाभिलाई सुख्खा तथा सफा राख्नुपर्छ। नाभिमा तेल तथा अन्य कुनै पदार्थ राख्नुहँदैन। कुनै कारणवश नाभि पाके अथवा नाभि वरिपरिको छाला रातो भए तुरुन्त चिकित्सक सँग सम्पर्क राख्नुपर्छ।
 
शिशुको उमेरअनुसार लगाउनुपर्ने खोप भ्याक्सिन
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको खोप महाशाखाअन्तर्गतका स्वास्थ्य संस्थाले दिने खोपहरू १ वर्षको उमेरसम्म पर्याप्त छन्। यसअन्तर्गत शिशु जन्मिएको दिनदेखि डेढ महिनाभित्र बी.सी.जी, डेढ महिनामा, साढे दुई महिनामा, साढे तीन महिनामा डी.पी.टी, हिब, हेपाटाइटिस बी, पोलियो तथा नौ महिना पूरा भएपछि दादुराको खोप लगाउनुपर्छ।१२ महीना मा  जापनिज इन्सेफ्लाईटिस लाग्नु पर्छ ! त्यसबाहेक अन्य थप खोप पनि लगाउन सकिन्छ। ती खोपहरू प्राइभेट क्लिनिक तथा हस्पिटलमा किनेर लगाउनुपर्छ। ती खोपमा एमएम आर, हेपाटाइटिस ए, चिकेन फक्स आदि पर्छन्।
 
शिशुको उमेरअनुसार तौल तथा उचाइ कति हुन्छ ?
शिशु जन्मदा उसको शरीरमा पानीको मात्रा बढी हुने भएकाले एक हप्तासम्म ५ देखि ७ प्रतिशत तौल कम हुनसक्छ तर ७ देखि १० दिनमा शिशुले 'बर्थ वेट' प्राप्त गर्छ। शिशुको तौल सिस्टमेटिक ढंगबाट बढ्छ। यसलाई जान्न तथा सम्झन जरुरी छ। शिशुको तौल ४ देखि ६ महिनामा दुई गुणा बढ्छ र एक वर्षको हुँदा ३ गुणा बढ्नुपर्छ। चार गुणा २ वर्षको मा हुन्छ ! यसैगरी शिशु जन्मदा सामान्यतया ४५ देखि ५० सेन्टिमिटर हुन्छ भने एक वर्षमा ७५ सेन्टिमिटर हुनुपर्छ।३ वर्षको को उमेरमा ३ फीट (९०) हुनुपर्छ !
 
शिशुलाई चिकित्सक कहाँ कहिले लाने ?
शिशुलाई ज्वरो आउनु, शीताङ्ग हुनु, शिशुले दूध नचुस्नु, पटक पटक  बान्ता गरेमा , छिटो-छिटो सास फेर्नु -१ मिनेटमा ६० पटकभन्दा बढी), शिशु सुस्त हुनु, कम्पन आउनु, कान पाक्नु, नाइटो वरिपरिको छाला रातो हुनु वा पिप बगेमा , शिशुको हातखुट्टामा समेत पहेंलोपन देखेमा आदि छ भने  तुरुन्त चिकित्सककहाँ लानुपर्छ। यस्तो अवस्थामा बेवास्ता गरे शिशुको ज्यानै जान सक्छ।त्यसैले समय मा धियाँन जानु पर्ने जरुरी देखिन्छ। (बालबालिकाकाे डाक्टर साथीबाट)