धरान /   धरान बास्केटवल संघको आयोजना तथा नेपाल बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहयोगमा धरानमा बास्केटवल रेफ्रि क्लिनिक सम्पन्न भएको छ ।
चैत्र १७ देखि २० गते सम्म सम्पन्न क्लिनिकमा धरान, इटहरी, तरहरा, मोरङ्ग र झापावाट २७ जना प्राविधिक तथा खेलाडीहरुले सहभागिता जनाएका थिए ।
धरान मेघा कलेजको वास्केटवल कोर्टमा संपन्न क्लिनिकमा सहभागिहरुलाई समापनको दिन सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो । क्लिनिकका मुख्य प्रशिक्षक राजकुमार महर्जन र नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा र सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदिले प्रमाण पत्र वितरण गर्नु भयो । मुख्य प्रशिक्षक महर्जन फिवाको मान्यता प्राप्त एक मात्र अन्तराष्ट्रिय बास्केटवल रेफ्रि हुनु हुन्छ ।
व्यवस्थित खेल संचालनका लागि प्राविधिक टिमको महत्वपुर्ण भुमिका रहने हुनाले बास्केटवल खेलमा दक्ष प्राविधिक तथा रेफ्री उत्पादन गर्ने उद्धेश्यले क्लिनिकको आयोजना गरिएको बास्केटवल संघका केन्द्रिय उपाध्क्ष एवं धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामाले बताउनु भयो । यस अघि पनि संघले दक्ष प्रशिक्षक एवं प्राविधिक उत्पादनका लागि विभिन्न प्रशिक्षण कार्यक्रममा सुनसरिका प्रशिक्षक तथा प्राविधिकहरुलाई सहभागिता गराइसकेको लामाले बताउनु भयो ।
क्लिनिकमा सहभागी मध्येवाट सम्भावित दक्ष प्राविधिकलाई रेफ्री लाइसेन्सको लागि वास्केटवल संघलाई सिफारिस गरिने जिल्ला बास्केटवल संघ सुनसरी अध्यक्ष नारायण सुवेदिले जानकारी दिनुभयो ।
चार दिनको क्लिनिकमा सहभागिहरुलाई लिखित र प्राक्टिकल दुवै गराइएको थियो ।