काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा जोड दिने बताउनु भएको छ ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आज गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावीकार्यदिशा’विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएकाले त्यसैलाई जोड दिन मन्त्रालयले दुई दिने विदाको अवधारणालाई छलफलका लागि अघि सारेको बताउनुभयो ।
नेपालको अर्थतन्त्रमा ७० प्रतिशत अर्थात् झण्डै ८० अर्व विदेशी मुद्राआर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको सबैभन्दा ठूलो मार परेको उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो–‘अब बल्ल कोरोना भाईरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ । खोप शुरु भएपनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।’
आन्तरिक पर्यटन प्रवद्र्धन गर्नकै लागिदुई दिने विदाको अवधारणा अगाडी ल्याइएको चर्चा गर्दै मन्त्री भट्टराईले यो अवधारणबारे विज्ञहरुसँग अझै छलफल र परामर्श भइरहेको बताउनु भयो । उहाँले भन्नुभयो–‘यो निर्णय भइसकेको विषय हैन, अझै छलफलमै छ । सबै पक्षसँग छलफल गरेर मात्र निष्कर्षमा पुग्छौं ।’ तर, कुनै पनि अवधारणा हिजो असफल भयो भनेकै आधारमा आज पनि असफल नहुने उहाँको भनाई थियो । ‘हिजो असफल भयो होला तर त्यहि कुरा समय र परिस्थिति बदलिदै जाँदा सफल पनि हुन्छ ।’ मन्त्री भट्टराईको भनाई थियो । यसलाई थोरै समय काम गरेरै धेरै उत्पादनदिने कोणबाट पनि हेर्नु पर्ने उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो–‘हामीअझै विज्ञहसँग छलफल गर्छौ, उचित निष्कर्ष निस्कियो भने अरु विदा कटौती गरेर पनि यो अवधारणा लागू गर्न सकिन्छ ।’

महामारीका कारण एक वर्ष सम्म वन्दावन्दीको अवस्थामा रहँदा मानिसमा उकुस–मुकुस भएकाले अर्को वर्ष नेपालमा पर्यटनको बाँध फुट्न सक्ने पनि उहाँले बताउनुभयो । ‘ एक वर्षपछि नेपाल आउने पर्यटकको बाँध फुट्न सक्छ त्यसैले हामीले त्यसका लागि पूर्वतयारीका कामगरिरहनु जरुरी छ’ मन्त्री भट्टराईले भन्नुभयो ।
कोभिड १९ को महामारीका सन्दर्भमा सरकारले केहि गरेन भनेर बाहिर सरकारको आलोचनाहुने गरेको सन्दर्भ उल्लेख गर्र्र्दै मन्त्री भट्टराईले कुनै पनि देशको साधन, स्रोत कतिथियो र त्यसको परिचालन कतिभयो भन्ने कोणबाट परिणाम खोज्नु पर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो–‘यो महामारीको पूर्वानुमान मै हुँभन्ने सम्पन्न र ठूला देशहरुलाई पनिथिएन । कोभिडलाई लिएर आज अमेरिकी सरकारको पनि आलोचनाभइरहेको छ । तर, हामी सँग जति साधन, स्रोत थियो, त्यसको भरपूर परिचालन गरेर काम गरेका छौं ।’ ‘कोभिड अगाडीसम्म यसको परिक्षण गर्ने एउटै ल्याव हामीसँग थिएन, अहिले हामीसँग७५ वटा ल्याव छन् । कोभिड संक्रमितको निको दर हाम्रो ९५ प्रतिशत छ, जुन दक्षिण एसियामै पहिलो हो । मृत्युदर पनि एकाध मुलुक बाहेक दक्षिण एसिया माहामी निकै राम्रो अवस्थामा छौं, मन्त्री भट्टराईले भन्नुभयो, ‘ केहि मानवीय क्षती भयो यो दुखद पक्ष हो तर व्यवस्थापनमा हामी कमजोर छैनौं ।’

कार्यक्रममा मन्त्रालयका पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनन्जय रेग्मी, होटल एसोसिएसन नेपालकि अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानद्धारा प्रस्तुत कार्यपत्रमाथि मन्त्रालयका सहसचिवद्धय बुदिसागर लामिछाने, कोमप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र डा विजय पौडेलले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाका, नीनि क्षेत्रका प्रतिनिधी र साथै कर्मचारी का विभिन्न संघ संगठनका प्रतिनिधीहरुले पनि आआफ्ना धारणा राख्नुभएको थियो ।

130715888_387646565652443_1318133541252190253_n