धरान । धरान उपमहानगरपालिकाकाे पर्यटकीय हवकाे रूपमा चिनिएकाे २० नं वडा विष्णुपादुकामा पर्ने बंंशिला टपहिल । प्रचार प्रसारकाे अभावले अाेझेलमा परेकाे यहाँबाट सूर्य उदाय र अस्थाएकाे  दृष्य मनमाेहक देखिन्छ । यहाँबाट उच्च हिम श्रृङ्खला, तराईकाे सुन्दर फाट, धरान, इटहरी शहर, सप्तकाेशीकाे दृष्यावलाेकन गर्न सकिन्छ । करिव १६ सय मिटर उचाईमा रहेकाे बंशिला धरानकाे नयाँ पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्न स्थानीय सरकारले चासाे दिनु पर्ने नेकपा स्थानीय नेता चाेत्लुङ बताउनु हुन्छ ।

उहाँका अनुसार  धरान, हर्ददिया, नाम्जे, भेडेटार,  साँगुरीगढी, बंशिला, माछामारासम्मकाे म्याराधुन ट्रेल बनाउन सकिन्छ । धरानकाे मंगलबारेबाट बंशिलासम्म १० किमी यातायातमा जान सकिन्छ । त्यहाबाट करिव एक घण्टा पैदल हिडेर टपहिल पुग्न सकिन्छ ।

तस्विरहरूः विजय लामाबाट साभार

 

received_210907257082502 received_447047976284173 received_704310313830132

FB_IMG_1606637323587 FB_IMG_1606637327531 FB_IMG_1606637330965 FB_IMG_1606637334014

FB_IMG_1606637407509 FB_IMG_1606637305086 FB_IMG_1606637310272 FB_IMG_1606637313530