विश्व अल्जाइमर महिना प्रत्येक सेप्टेम्बर मिहिनामा सन् २०१२ देखि मनाउने  गरेको भएता पनि २१ सेप्टेम्बरका दिन  विश्व अल्जाइमर दिवस सन् १९९४ बाटनै मनाउन थालिएको हो I यो महिना र विशेष गरि २१ सेप्टेम्बरको  दिन डिमेन्शिया( स्मरण शक्तिमा क्रमिक ह्राश हुन गइ स्मरण शक्तिनै नहुनु) सम्बन्धि जागरूकता र डिमेन्शिया वरिपरि रहेको कलंकलाई चुनौती दिन अन्तर्राष्ट्रिय अभियानको रुपमा परिचित छ । 

 Alzheimer Disease International (ADI) ले विश्वव्यापी रूपमा गरेको एक अध्यन अनुसार प्रत्येक ३ जना व्यक्ति मध्ये  २ जनाले यो विश्वास गर्दछन् कि उनीहरूको देशमा डिमेन्शियाको बारेमा थोरै व्यक्ति वा केहीले मात्र बुझ्न सकेका छन। झन नेपाल जस्तो मुलुकको अवस्था यहि अनुरुप अनुमान गर्न सकिन्छ I

 डिमेंशियामा  मस्तिष्कमा  भएका कोशिकाहरुमा एक प्रकारको खराब प्रोटिन जम्मा हुन्छ र जसले  गर्दा हाम्रो स्मरण शक्तिमा क्रमिक ह्राश हुदै जान्छ र अन्तत्वगत्वा स्नायु प्रणालीले पुरै काम गर्न छाड्छ I यो रोगमा स्मरण शक्तिको अलावा व्यक्तिको  सोच, व्यवहार र भावनालाई असर गर्दछ। यो गहन समस्या हो ।  प्रत्येक व्यक्तिले  डिमेन्शियाको अनुभव आफ्नै तरिकाले गर्दछन्, अन्तत: प्रभावित व्यक्तिहरू आफैंको हेरचाह गर्न असमर्थ हुन्छन् र दैनिक जीवनमा  जिवनोपार्जन गर्न परिवार वा अरु कसैको  मद्दतको आवश्कता पर्दछ I

   

aljaimar यो चित्रमा देखाएको जस्तो खराब प्रोटिन जम्मा हुन्छ

 डिमेन्शियाका १०० भन्दा बढी प्रकारहरू छन्। डिमेंशियाको सब भन्दा प्रमुखरूप भनेको अल्जाइमर रोग होI  डिमेन्शियाका अन्य लक्षणहरु यस प्रकार छन्

  • स्मरण शक्ति गुमाउनु
  • सही शब्दहरू फेला पार्न वा अरु व्यक्तिले के भनिरहेका छन् बुझ्नमा कठिनाई हुनु
  • पहिले आफुले गर्दै आएका नियमित कार्यहरू गर्न कठिनाई हुनु
  • व्यक्तित्व र मुड परिवर्तन विना कारण परिवर्तन हुनु ।