'सवारी दुर्घट्ना महामारी भन्दा खतरनाक'

  • रणध्वज लोहार

धरान / नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीम राई “ज्वाला”ले सडक दुर्घट्ना विश्वमा नै महामारी रोगभन्दा पनि खतरनाक बन्दै गएको बताए । सडकको दुरअवस्था अनि सचेतनाको अभावले विश्वमा सडक दुर्घटनाले मानिसको ज्यान लिने क्रम वढ्दो रहेको उनको भनाई छ । 

विहीबार धरानको भानुचौकमा यातायात मजदुर र ट्राफिक प्रहरीले गरेको ‘सुरक्षित सडक र सवारी दुर्घटना न्युनिकरण सम्वन्धि सचेतना, कार्यक्रमपछि कोण सभालाई सम्वोधन गर्दै ज्वालाले सो कुरा बताएका हुन ।
उनले भने, –‘महामारी रोगभन्दा खतरनाक रुपमा सडक दुर्घटना फैंलदै गएको विश्वको तथ्याँकले देखाएको छ । सडक दुर्घट्ना न्युनीकरण गर्नतिर सवैको ध्यान जानु पर्छ ।’
उनले संयुतm राष्ट्र संघले प्रस्तुत गरेको तथ्याँङलाई समेत प्रस्तुत गर्दै विश्वमा सडक दुर्घट्ना वढ्दै गएको प्रति दुख समेत व्यतm गरे । तथ्याँङमा २६ सेकेण्डमा १ जनाको मृत्यु हुने गरेको छ भने प्रत्येक वर्ष १३ लाखले जीवन गुमाउनु परेको दुखदायी स्थिती छ । प्रति दिन विश्वमा ३५ सय मानिसले ज्यान गुमाउने गरेका छन् । त्यसैगरि सडक दुर्घटनामा परि प्रत्येक दिन १५ सय मानिस घाइते हुने गरेका छन भने वर्षमा ५ करोड घाइते हुने गरेको संघको तथ्याँकले देखाएको छ । प्रति वर्ष ५० लाख आजीवन अंग भंग भई अपाङ्ग जीवन विताउन वाध्य छन् । नेपालमा पनि सडक दुर्घटना सडकको दुरअवस्था , सचेतनाको कमी लगायतको कारणले वढ्दै गइरहेकाले सडक दुर्घट्ना न्यूनीकरणप्रति सचेत हुनु पर्ने संगठनका अध्यक्ष राईले वताएका छन् । यही भानुचौकको सडकबाट म सरकार लगायत सरोकारवाला प्रति आग्रह गर्न चाहन्छु,“ सडकमा हुने दुर्घट्नाबाट बच्न र बचाउन वेलैमा सचेत वनौं , सडक दुर्घटना न्युनीकरण गर्नतिर ध्यान केन्द्रित गरौं । ”उनले नेपालको सडक क्षमता भन्दा दोव्बर तेब्बर सवारी साधान भएकाले पनि दुर्घटनाको शिकार वन्नु परेको बताए ।
सवारी दुर्घटनाको दोष सवारी चालक मात्रै नभई सवै पक्ष दोषी समेत रहेको उनले बताए । नेपालमा २०७३ साल वैशाख सम्मको तथ्याँकलाई हेर्ने हो भने २३ लाख ३९ हजार १ सय ६९ सवारी साधान नयाँ भित्रने गरेको छ । त्यसैगरि ०७४ साल वैशाख सम्मको तथ्याँकले पनि २७ लाख । ८३ हजार ४ सय २८ सवारी साधान थपिने गरेको छ । यो अवस्थालाई हेर्ने हो भने प्रत्येक वर्ष साढे ४ लाख सवारी साधान थपिन्छ । राईले भने, ‘यसरी वढ्दो सवारी साधान अनि साँगुरो सडक नै दुर्घटनाको मुख्य कारक हो । कोण सभामा याताया व्यवसायी महासंघ कोशी संयोजक तथा कोशी वस व्यवसायी संघका अध्यक्ष कृष्ण सुवेदीले सडक दुर्घट्नाको दोषी सवारी चालकमात्रै नभएर सडक उपभोता समेत भएको बताए । उनले भने “चालकलाई मात्र दोष नथुपारौ, सडक उपभोतासमेत सचेत वनौं अनि मात्रै सडक दुर्घटना न्युनीकरण हुन्छ”। त्यसैगरि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका प्रहरी निरिक्षक होमराज दाहालले सडक दुर्घट्ना न्युनीकरण गर्नका लागि यातायात मजदुर , सरोकारवाला र सडक उपभोताको संयुतm प्रयासबाट मात्रै संभव भएको वताए । आगामी दिनमा धरानको भानुचौकको सवारी साधान व्यवस्थापन गर्ने र दुर्घट्ना न्युनीकरण गर्न आफ्नो कार्यकालमा सक्दो प्रयास रहने समेत कोण सभामा प्रतिवद्धता जनाएका थिए । उनी भखरैमात्र धरानमा आएका हुन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान , धरान वसपार्क व्यवस्थापन समिति र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको संयोजनमा भएको सचेतना कार्यक्रममा भानुचौक आसपासमा रहेका सवारी साधानका सवारी चालकलाई सुरक्षित सडक सम्वन्धि हाते सचेतना पर्चा समेत संयुतm रुपमा वितरण गरिएको मजदुर संगठनका धरान अध्यक्ष कमल भट्टराईले बताए ।