धरान / यस वर्षको उभौली पर्व पहिचानसँग जोडिँदै मनाइने भएको छ ।   शनिबार आयोजित पत्रकार सम्मेलनमा सोमबारदेखि विधिवत्रुपमा मनाइने अायाेजकले जानकारी दगराएकाे छ ।  कार्यक्रमअनुसार धरान, इटहरी, महेन्द्रनगर र चक्रघट्टीको साकेला पार्कमा किरात राज्यका निम्ति किरात अगुवाहरुले सम्बोधन समेत गर्ने कार्यक्रम समेत छ ।
जेठ ५ गतेसम्म साकेला सिली पनि नाचिनेछ । प्रचार प्रसार संयोजक उपेन्द्र चाम्लिङका अनुसार किरात राई तथा गैरकिरातहरूले ढोल, झ्याम्टाको तालमा गाउँदै नाच्दै, किराती जीवनशैलीलाई सिलीमार्फत प्रस्तुत गर्ने प्रचलन छ । किरातीहरुको पुख्यौली भूमि भोजपुर, इलाम, धनकुटा, खोटाङ, संखुवासभा, ओखलढुंगामा उदयपुर, सुनसरी, मोरङ, झापा, सिराहा, ललितपुर, भक्तपुर र काठमाडौंमा किराती धर्मगुरुहरुले विधिपूर्वक पुजा आजा गरेर साकेला नाच्ने गरिन्छ।
उभौली पर्व वसन्तऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख–शान्ति फैलियोस्, दैवीप्रकोप तथा विपत्तिहरू नआऊन् भनेर कृषि युगदेखि नै मनाउन थालिएको बूढापाकाहरूको भनाइ छ । त्यसैगरी उभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर सर्ने संकेत गर्न तथा अन्नबाली लगाएको खुसीयालीमा मनाइन्छ । प्रकृतिपूजक किराँत समुदायले नदी तथा खोलामा माछा उकालो (उँभो) पानी आउने ठाउँतिर बसाइँ सरेको समयलाई उभौली भनेको पाइन्छ ।
भाषा, संस्कार तथा संस्कृतिले आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उभौलीका अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउँछन् । उभौलीका अवसरमा सामूहिक रूपमा दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा साकेला नाचिने सचिव हिन्दुहाङ राईले बताए । विगतमा आ–आप्mनो तरिकाले गाउँठाउँमा मनाउने साकेला पर्व साकेला सिलीको मौलिकितालाई बचाइराख्न तथा साकेला सिलीको विकास, प्रचार प्रसार र प्रवद्र्धनको लागि २०५७ सालदेखि भने वृषमान राई साकेला सिली प्रतियोगिता सुरु भएपछि भने यो पर्व सबै किरातीहरु मिलेर सामूहिक रुपमा मनाउन थालिएको हो । त्यसबेलादेखि आप्mनो पुर्खादेखि चलिआएको सांस्कृतिक पर्वलाई निरन्तरता दिदै भावपिुस्तासम्म यसको जर्गेना गर्नकै लागि यो पर्व सामूहिकरुपमा मनाउन थालिएको हो ।

साकेला सिली प्रतियोगितामा उत्कृष्ट हुनेलाई २५ हजार पुरस्कार

किरात राई यायोक्खा सुनसरीले आफ्नो मौलिकतालाई बाचयराख्न २०५७ सालदेखि सुरु गरेको साकेला सिली प्रतियोगिता हालसम्म पनि निरन्तर हुँदै आएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुलाई वितरण गरिएको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा उल्लेख गरिए अनुसार किरातीहरुको पुख्यौली भूमि भोजपुर, इलाम, धनकुटा, खोटाङ, संखुवासभा, उदयपुर र ओखलढुंगामा किराती धामीहरुले विधि पूर्वक पुजाआजा गरेर साकेला नाचिन्छ । साथै अहिले उक्त स्थानबाट बसाइ सरि आएको स्थान सुनसरी, मोरङ, झापा, सिराहा, ललितपुर, भक्तपुर र काठमाडौमा समेत भव्यताका साथ उभौली मनाउने गरिएको छ । गाउँमा मात्र रहेको साकेला सिली अहिले शहर पस्दै अन्तराष्ट्रिय स्तरमा समेत विस्तार भएको र किरातीहरु आफ्नो संस्कृतिको जगेर्नामा लागी परेको भन्दै किराया सुनसरी सचिव हिन्दुहाङ राईले खुसी व्यक्त गरेका थिए । साकेला यही वैशाख १७ गतेदेखि सुरु भइ सुनसरीका विभिन्न स्थानमा साकेला नाच्दै जेठ ५ गते समापन गरिने कार्यक्रम सार्वजनिक गरिएको छ । साकेलाको समापन कार्यक्रम भने सधैका वर्षहरुमा झै यस वर्ष पनि भव्यताकासाथ गरिने बताइएको छ । समापनमा आयोजना हुने साकेला सिली प्रदर्शनी प्रतियोगिता सधै आकर्षणको केन्द्रविन्दुको रुपमा रहने गरेको छ । गतवर्ष पनि साकेला सिली प्रदर्शन प्रतियोगिताको विजेता, उपविजेता र तस्रो हुने टोलीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद सहित पुरस्कृत गरिएको थियो । यसवर्ष पनि सो प्रतियोगिता सँगै विभिन्न ८ विद्यामा उत्कष्ट हुनेलाई पुरस्कृत गरिने आयोजक किरात राई यायोक्खा सुनसरीले जनाएको छ ।