धरान / पूर्वका प्रसिद्ध धार्मिकस्थल सुनसरीको बराह क्षेत्र, धनकुटाको छिन्ताङदेवी र ताप्लेजुङको पाथीभरा जाने सडक जोखिमपूर्ण छन् । ट्र्याक मात्र खोलिएका सडकमा साना सवारी चलिरहेका छन् ।

सडक विभागले चतरा पुलदेखि बराह क्षेत्र जाने चार किमि सडक पिच गर्न तीन वर्षअघि नै ठेक्का दिइएको थियो । दुहबीस्थित गीताञ्जली कन्स्ट्रक्सन प्रालिले नौ करोडमा ठेक्का लिए पनि वन क्षेत्र पर्ने हुनाले सहमति लिन नसक्दा काम भएको छैन । बराह क्षेत्र नगरपालिकाका मेयर नीलम खनालले ठेकेदार खोजी गरी बल्ल काम सुचारु गर्न प्रक्रिया थालेको बताए ।

एक वर्षभित्र बराह क्षेत्र जाने सडक पिच गरिसक्ने उनले बताए । धार्मिक पर्यटकको सुविधालाई ध्यानमा राखेर बृहत्तर बराह क्षेत्र विकास समितिसँग समन्वय गरेर काम थालेको उनको भनाइ छ । तर, सडक क्षेत्रमा पर्ने रूख काट्ने अनुमति अझै नपाएको स्रोतले बताएको छ ।

बराह क्षेत्र सप्तकोसी नदीको किनारबाट जानुपर्ने हुन्छ । ०४० मा ट्र्याक खोले पनि हालसम्म सजिलो र स्थायी सडक बन्न नसकेको बराह क्षेत्र बृहत्तर विकास समितिका सदस्य केशव न्यौपानेले जानकारी दिए ।

barahchhetra_road

धनकुटाको छिन्ताङदेवी पुग्ने सडकको पनि ट्र्याक मात्र खोलिएको छ । धनकुटा हिलेदेखि करिब २० किमि दूरी ट्याक्सीमा पार गर्न करिब २ घन्टा लाग्ने गरेको छ । पाँच वर्षअघिसम्म हिलेबाट हिँडेर जाने भक्तजन अहिले धुले सडकमा जोखिमपूर्ण यात्रा गर्छन् ।

 

छिन्ताङदेवी मन्दिर रहेको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले छिन्ताङलाई धार्मिक पर्यटकीय बनाउन सडकलाई प्राथमिकतामा राखेको बताए । हिलेदेखि छिन्ताङदेवी मन्दिर जाने २४ किमि सडक पिच गर्न गाउँपालिकाले ५८ लाख विनियोजन गरेको उनले जानकारी दिए ।

छिन्ताङदेवी परिसर व्यवस्थित गर्न गाउँपालिकाले १० लाख बजेटसमेत विनियोजन गरेको उनले जान

hile_chhintang_road

कारी दिए । हिलेबाट छिन्ताङ हुँदै भोजपुर, उदयपुर र धनकुटाको संगमस्थल त्रिवेणीसम्म सडक पुर्‍याउने लक्ष्य रहेको अध्यक्ष राईले बताए । ‘सडक बनेपछि छिन्ताङदेवीको दर्शन गर्न उदयपुर, खोटाङ, सिरहा, सप्तरी, भोजपुरका भक्तजनले सुनसरी, धनकुटा हुँदै घुमेर आउनुपर्दैन,’ राईले भने । त्रिवेणीदेखि छिन्ताङसम्म २१ किमि सडकको ट्र्याक खोलिएको उनले बताए ।

यस्तै ताप्लेजुङको पाथीभरा जाने बाटो सुकेटार–भालुगौडे सडक स्तरोन्नति वैशाखसम्ममा सक्ने गरी ठेक्का दिइए पनि कुनै प्रगति हुन सकेको छैन । सडक बनाउन कन्काई बिल्डर र सूर्य कन्स्ट्रक्सनले ठेक्का लिएका थिए । तर, भुक्तानी नपाएको भन्दै समयमा काम नसक्ने बताए

का छन् । सुकेटारदेखि २ किमि कालोपत्रे र बाँकी खण्डमा नाली काट्ने, कल्भर्ट बनाउने, ग्राभेल गर्ने ठेक्का दिइएको हो । सुकेटारदेखि भालुगौडेसम्म नौ किमि छ ।

दुई कम्पनीले साढे ८ करोडमा ठेक्का लिए पनि अझै सात करोड नपा

एको जनाएका छन् । ठेकेदार कृष्ण न्यौपानेका अनुसार पाथीभरा क्षेत्रमा पुस, माघमा तुसा

रोले काम गर्न सकिँदैन । वैशाख, जेठमा पनि वर्षाले काम गर्न पाइँदैन । काम गर्ने मौसम फागुन र चैतमा बजेट नहुँदा गर्नै नपाएको उनले गुनासो गरे ।

प्रधानमन्त्री केपी ओलीले यसअघि प्रधानमन्त्री हुँदा पाथीभरा भ्रमणका क्रममा सो सडकका लागि १० करोड छुट्याउने वचन दिएका थिए । त्यति नै रकम ठेक्कामा लगाउने गरी सडक विभागमा अख्तियारी आएको थियो ।

पूर्वका प्रसिद्ध धार्मिक पयृटकीय गन्तव्यको नाम लिदा यि तन स्थानको नाम प्राथमिकतामा पर्दछ । तर यि तीन वटै स्थानमा पुग्नका लागि स्थायी सडक नहुनु विडम्बना भएको पूर्वका पर्यटन अभियान्ता बासु बराल बताउछन् । ‘धार्मिक पर्यटन यि तिन स्थानमा राम्रो गर्न सकिन्छ तर स्थायी सडक अनिर्वाय हुनु पर्दछ ।’–उनले भने–‘सरकारले धार्मिक महत्व बोकेका स्थानमा स्थायी सडक सञ्जान पु¥याउन ढिलो गर्नु भनेको पर्यटन प्रवद्धनमा वेवास्ता गर्नु हो ।’