इटहरीको सम्वृद्धिको कुरा गर्दा पहिलो प्राथमिकता अहिले जे संरचना छ, त्यसको भौतिक पूर्वाधारको विकास गर्ने हो । अर्को नगरवासीको जे क्षमता छ, त्यसको सीप विकास र सामाजिक विकास हो । आर्थिक विकासका लागि उद्योग कलकारखाना, प्रवर्धन तथा रोजगारीको सिर्जना यी सबै सबै कुरालाई हामीले हेर्नु पर्ने हुन्छ । आर्थिक विकाससँगै भौतिक पूर्वाधारलाईसँगै जोडेर लगे मात्र सम्वृद्धि सम्भव छ ।
अवको २५ बर्षमा इटहरीलाई कस्तो बनाउन भन्ने बारे नगरसभाबाट मास्टर प्लान बनाउने निर्णय भई काम भईरहेको छ । भौतिक पूर्वाधार, आर्थिक विकासका आधार हामी खोजी गर्दै छौ । यातायात, संचार, औद्योगिक विकास, कृषी विकासका आधारहरु हामी खोजी गर्दै छौ । इटहरीलाई सम्वृद्ध शहर कसरी बनाउन सकिन्छ भन्नेबारे व्यापाक छलफल गोष्टी गरेर मास्टर पन तयारी गर्दैछौ । दुई बर्ष अघि मात्र दुईवटा गाविसहरु गाभेर उपमहानगर बनाईएको हो । यहाँ खेती योग्य जमिन प्रसस्त छ । उन्नत कृषी परियोजना संचालन गर्न के गर्न सकिन्छ, पुशु पालनको कस्ता योजना ल्याउन सकिन्छ, सिचाईको व्यवस्थापन यि सबै कार्यक्रमहरु समेटेर मास्टर प्लान बन्ने छ ।
५० योजनाहरुको सम्झौता
इो आर्थिक बर्षका लागि भौतिक पूर्वाधार विकासका लागि ५० वटा योजनाहरुमा सम्झौता गरिसेका छौ । नयाँ ट्रयाक खोल्ने, ग्रावेल गर्ने, पिच गर्ने, भएको सडकहरुको स्तर उन्नती गर्ने काम भईरहेका छन् । केही गौरवका योजनाहरु हामीले अघि सारेका छौं । यहाँ राष्ट्रिय संग्रालय बनाउन डिपिआरको तयारी भईरहेको छ । उपयुक्त जग्गाको खोजी गरिरहेका छौ ।
सिटी अस्पताल
इटहरीमा सुविधा सम्पन्न अस्पताल छैनन् । नीजि क्षेत्रले पनि यहाँ अस्पतालनमा लगानी गरेको पाईएन । यहाँ सरकारको प्राथमिक स्वास्थ्य केन्द्र मात्र छ । यसलाई स्तर उन्नती गरेर सिटी अस्पताल बनाउने योजना बनाएका छौ । उपमहानगरमा सुविधा सम्पन्न अस्पताल नहुनु दुभाग्य हो । यसका लागि हामीले डिपिआरको काम शुरु गरिसेकका छौ । हामीलाई प्रशाशनिक भवनहरुको पनि अभाव छ । यसका लागि पनि उपयुक्त स्थानको खोजी गरिरहेका छौ । सपिङ कम्प्लेक्स र सिटी हल निर्माणका लागि अध्ययन भईरहेको छ । यसका लागि नगरपरिषदमा बजेट विनियोजन गरिसकेका छौ ।
पर्यटन
यहाँका मुख्य आकर्षण इटहरीको तालतलौया क्षेत्र हो । यसको संरक्षण, प्रर्वधन र थप विकासका लागि कदम अघि बढाएका छौ । यहाँ पौरानिक मठ मन्दिरहरु पनि छन् । ती मन्दिरहरुको जिर्णेद्वार गरेर पर्यटकहरु भित्राउन योजना बनाउदैछौ । उपमहानगर क्षेत्रबाट बग्ने नदिनालाहरुबाट र्याप्टीङ गर्ने सम्भावना छ । त्यसको विकास गर्ने योजनामा छौ । करिव ५ विगाहा भन्दा बढि जग्गामा फैलिएको इटहरी १८ मा रहेको रास तालको विकास गर्ने, त्यहाँ बाल उद्यान निर्माण गरि बाह्य तथा आन्तरिक पर्यटकहरुलाई भित्राउने हाम्रो लक्ष्य छ ।
इटहरीलाई सम्वृद्ध इटहरी बनाउने, सुन्दर हरियाली युक्त शहर बनाउने छौ । भरखरै इटहरीको बाहिरी चक्रपथ निर्माणका लागि नक्सा तयार भसको छ ।
ढल विनाको शहर इटहरी
वस्तावमा इटहरीमा ढल निकास छेन् । ढल निर्माण भएको छैन । ढल अभावले इटहरी बर्षायममा निरन्तर ढवानको नियति पनि भोग्दै आएको छ । अघिल्लो बर्ष धेरै जनधनको क्षेतिसमेत भयो । ढल निर्माणका लागि महत्वकाक्षी योजना अघि सारिएको छ । बढ्दो बसाई सराई, अव्यवस्थित बसाईले यहाँ समस्या उत्पन्न भयो । ढल विनाको शहर इटहरी भएको छ शहरी विकास मन्त्रालयले एउटा प्रस्ताव गरेको छ । ल्याण्डपुलिङ कार्यक्रम अघि सारेको छ । इननर रोड ढलसहितको योजना छ । यो अत्यन्तै महत्वकाक्षी योजना हो । यो कार्यन्वय गर्न सकियो भने इटहरीको ढुवानको समस्या हट्ने छ । डिपिआरको काम सकिएको छ । डिपिआरबारे छलफल भईरहेको छ ।

चक्रपथ डिपिआर तयारी हुँदै
हामीले इटहरीका आसपासका सबै क्षेत्र समेट्ने गरी बाहिरी चक्रपथ बनाउँन नक्सा तयार गरिसकेका छौ । उपमहानगरपालिकालाई जोड्ने सडकको रुपमा निमार्ण हुन लागेको बाहिरी चक्रपथको विस्तृत परियोजना रिपोर्ट डिपिआरको काम सुरु भएको छ । इटहरी उपमहानगरपालिकाको झण्डै ७० किलोमीटर लामो बाहिरी चक्रपथ तयार भएको छ । शहरी विकास मन्त्रालयको सहयोगमा बाहिरी चक्रपथ निर्माणले गतिलिईरहेको छ । शहरी विकास विभागले करिव २२ लाख रुपैया विस्तृत सर्वे र डिजायनिङको लागि बजेटसमेत दिएको छ । परिषद बैठकमै पास गरि काम शुरु गरेका हौ ।
इटहरीको जुट विकास , तालतलैया , त्रिभुवन चौक , देवीथान , पानिपीया , वरगाँछि , जनसहयोग , पकली , एकम्वा , आमजोगी हुदै जुटविकास जोड्ने गरि सर्वे र डिजायनिङको काम सुरु भएको छ । २०६४ सालमा इटहरीको अद्यावधिक योजना हुँदा यी दुवै चक्रपथको कल्पना गरिएको थियो । जनगणना ०५८ मा इटहरीको जनसङ्ख्या ४१ हजार दुई सय १० थियो भने उपमहानगर हुँदा डेढ लाख नाघिसकेको छ ।

  43 1