mamata
ममता चौधरी

संसारमा कुनै पनि चिज स्थायी छैन् । त्यसैले समाज र संस्कृति पनि परिवर्तनशिल छ, सवैले वुझैकै करा हो । बुझ पचाउँनु अलग कुरा ।
एउटा व्यवस्था केही वर्ष र केही पुस्ता चल्ला तर सधैं उस्तै र एकै समान चल्न सक्दैन । कसैलाई आफ्नो समाज र संस्कृति, धर्मलाई विर्स भन्न मिल्दैन । तर, गलत व्याख्या र तर्कलाई मान्न तयार हुन पनि हुँदैन । त्यसैले हामा पुर्खाले गरी ल्याएको र भोगी आएको सवै ब्यवस्था र परम्परा धान्दै जानुपर्छ भन्ने पनि लाग्दैन ।

समग्रमा धर्म भनेको सेवा हो, आस्था हो र समय सापेक्ष बनाईएको सामाजिक कानुन हो । अनि सबैलाई समान हेर्ने र देख्ने दृष्टिकोण हो । तर, केही उपवज्रुकहरुले धर्मका नाममा जातपात, उँचनिच, छुत÷अछुत बनाए र यसैको खती गरे । हुदाँहुदै धर्मका नाममा महिलाहरुले पाएका प्राकृतिक उपहारलाई पनि अछुत वनाईयो । रजस्वला जस्तो प्राकृति विषयलाई गलत ब्याख्या गरेर नारी जातिलाई नै अछुत वनाए ।

वैज्ञानिक दृष्टिकोणमा सवैले वुझेको विषय हो–‘रजस्वला, प्रजननका लागि प्रकृति प्रदत्त उपहार हो ।’ तर, यसैलाई नछुने अर्थात अछुतको संज्ञा दिईयो र अहिले पनि यो परम्परा निरन्तर चल्दैछ । सामान्यतया बालिका १२ वर्षको हुँदादेखि सुरु हुने मासिकश्राव÷रजस्वला ५९ वर्षसम्म चल्छ । यसको मतलव नेपाली नारीले जीवनका लगभग ३७ वर्ष प्रत्येक महिना महिनावारी हँुदा अछुत हुनुपर्छ । यसरी जीवनमा एकजना महिला १ हजार ३ सय ३२ दिन अछुत हुन्छन । हिन्दु पौराणीक कथा अनुशार इन्द्रको व्रम्हदोस मेटन त्यसलाई ४ भाग गरेर एक भागको भारी महिलालाई दिइयो । सोहि सास्त्रोक्ति अनुसार महिला रजश्वलाको पहिलो दिन चाण्डालिनी, दोस्रो दिन ब्रम्हघातिनी र र तेस्रो दिन धोविनी भएर वाँच्नु पर्छ । चौंथो दिनपछि मात्रै छोइ–छुतो नलाग्ने परम्परा वसाईएको छ ।

यसलाई सबैले माने । तर, ब्रहमाजीले सन्तान उत्पादनको लागि मात्र दिएको आशिर्वाद चाहि सवैले विर्से । तल्लो जात र माथिल्लो जात भनेर भन्दाभन्दै महिलाहरुलाई प्रत्येक महिना अछुत बनाए । यसलाई विभिन्न नामहरु दिइए । महिनावारी, नछुने, मासिकश्राव, मासिक धर्म, एमसी, रजस्वला, रगत बग्ने लगायत यसले पाएका नाम हुन् । यो मासिक चक्र हो । सामान्यतया प्रत्येक २८ देखि ३० दिनमा यो चक्र चलिरहन्छ । महिनावारीको समयमा परम्परागत अभ्यास गर्दा कयौँको स्वास्थ्य अवस्था बिग्रेर रोगी बनेको, आङ्ग झर्नेदेखि क्यान्सरसम्म भएका उदाहरण प्रशस्त छन् ।

पश्चिम नेपालमा छाउपडीका बेला कयौँ महिला तथा बालिकाहरु लैंङ्गिक हिंसाको सिकार भई ज्यान गुमाएको समाचार वेला वखत पढ्न र सुन्न पाईन्छ । खानपिन तथा तथा सरसफाईमा विशेष ध्यान दिनु पर्ने यस्तो वेलामा समाजमा लुकाउने, लजाउने पनि गरिन्छ । छोरा तथा बालबालिकाहरुलाई सही जानकारी नदिदा उनीहरु यसबारे अनभिज्ञ हुन्छन् र सम्मानको नजरले हेर्दैन् ।

खासमा ३ दिन त पूर्वदेखि पश्चिमसम्मका नेपाली समाजका महिलाहरु अक्षुत बनाइन्छन् । केही महिलाहरुले त ३ दिन भए पनि चुला चौकावाट आराम पाइयो भनेर स्वीकारेका छन् तर, यस विषयमा फरक मत राख्ने महिलाहरु पनि छन् । यो सत्य पनि हो । विशुद्ध सन्तान उत्पादनका लागि प्रकृतिले दिएको वरदान, कसरी अपवित्र हुनसक्छ ? यदि अपवित्र नै हो भने त्यहींबाट उत्पादन हुने सन्तान कसरी पवित्र हुन्छन् ? यस्ता कयौं प्रश्न समाजमा अहिले पनि अनुत्तरीत छन् ।

प्याडम्यानको प्रशंग
नारीवादीहरुका बीचमा एउटा प्रश्नको चर्चा निकै लामो समयदेखि चलिआएको छ– पुरुषहरु नारीवादी हुन सक्छन् ? छिमेकी देश भारतको अरुणाचलका मुर्गनाथमले यस प्रश्नको उत्तर दिएका छन् ।

भारतमा सन् २०११ मा भएको सर्भेअनुसार ८८ प्रतिशत अर्थात् ३१२ मिलियन महिला स्यानेटरी प्याड प्रयोग गर्दैनथे । रजस्वला भएको बेला महिलाले प्रयोग गर्ने फोहर कपडा, कागज, खरानी, माटोको प्रयोगलाई उनले विरोध गरे र जयश्री प्याड बनाए। सरकारद्धारा लिने चर्को व्याज दर पनि कम गराए । बजारमा अन्य प्याड पनि पाइन्छ, तर तिनीहरु महगो हुने र ग्रामिण गरिव महिलाहरुको आर्थिक अवस्थाले धान्न नसक्ने हुदाँ सहज र सरल रुपमा वनाउन, किन्न प्रयोग गर्न र ब्यवसायीक रुपमा किन वेचका लागि योग्य बनाए।

उनले ३ करोड पर्ने मेसिन ६० हजारमा बनाए । उत्पादित प्याड भारु तीन रुपैयाँमा विक्रि वितरणको ब्यवस्था गरी सोहि पैसालाई आम्दानीको श्रोत समेत वानाईएको छ । प्याड विक्रिवाट आएको ३ रुपैयाँ मध्ये १ रुपैयाँ मेसीन खरिद गर्न लिईएको कर्जा चुक्ताको लागि वैकमा वुझाउने, १ रुपैयाँ जयश्री र नाफाको रुपमा रहेको १ रुपैया वचत गरी जीवन धान्ने आधार तयारी भयो। यसैका माद्यमले महिलाहरु स्वावलम्बी वन्ने अवसर प्राप्त भयो ।

श्रृष्टिको उषाकालदेखि महिलामा महिनावारी हुन्छ । महिनावारी हँुदा अस्वस्थ्यकर कपडा प्रयोग गरेको थाहा पाएपछि यस विषयमा मुर्गनाथमले अनुन्धान गरे । आफ्नै पत्नी महिनावारी भएको बेला असाध्यै फोहर कपडा प्रयोग गरेको थाहा पाएपछि पहिलो पटक उनमा प्याड वनाउने सोच आयो । यस क्रममा उनले धेरै हण्डर खेपे, तर सफता पाएर छोडे । उनको काममा श्रीमति नै सहमति जनाईन्, बहिनी र मेडिकल कलेजका विद्याथीहरुले पनि असहयोग गरे । ‘त्यसपछि मैले आफंैमा प्याडको प्रयोग गरे’–उनले अन्तरवार्तामा हाँस्दैै भनेका छन् । प्लाष्टिकको झोलामा जनावरको रगत भरेर पाइप मार्फत महिनाबारीको प्रकेया अपनाएर आफुले प्याडको परीक्षण गर्न थाले र एक दिन उनी सफल पनि भए । उनको जीवनमा आधारित अक्षय कुमारद्वारा अभिनित चलचित्र ‘प्याडम्यान’ अहिले निकै चर्चामा छ । जसमा उनको जीवन र उद्देश्यलाई चित्रित गरीएको छ । उनले नै संसारभरका सुरक्षित रजस्वलाको विषयमा महिलाहरुलाई बोल्न सक्ने र सोच्न सक्ने वनाएका छन् ।

मुर्गनाथमले महिलाहरुलाई अछुतको रुपमा हैन, सम्मानका साथ वाँच्न सिकाएका छन । महिनावारी भएको बेला पनि महिलाहरु अन्य दिन सरह काम गर्न सक्छन, जीवनयापन गर्नसक्छ भन्ने शिक्षा दिएका छन्। तर, अहिले पनि यो वास्तविक्तावाट हाम्रो समाज धेरै टाढा छ । समाजलाई यो यथार्थ पचाउन सक्ने र परिवर्तनलाई स्वीकार गर्न सक्ने वनाउन अझै धेरै मुर्गनाथमको आवश्यक्ता छ ।