धरान। श्रेया बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान–१५ ले सहकारी ऐन विपरीत कार्य गर्दा बचतकर्ताको करोडौं जोखिममा पर्दा बचतकर्ताहरु समस्यामा परेका छन् । बचतकर्तालाई चलनचल्तीको भन्दा बढी ब्याजदर दिने प्रलोभन देखाएर करोडौं जम्मा गरेको श्रेयाले  बचत फिर्ता गर्न सकेको छैन् । संचालक चन्द्र खापङ र उनका छोरा लोकबहादुर खापुङ करिब ३ वर्षदेखि सम्पर्कविहीन छन् । 

श्रेया सहकारीले बचत फिर्ता गर्न नसकेपछि बचतकर्ताहरूले आफ्नो जम्मा भएको रकम फिर्ता पाउने व्यवस्था गराइदिन आग्रह गर्दै धरान उपमहानगरपालिका, प्रशासनदेखि अदालतसम्म पुग्नुभएको छ ।  झण्डै १२ सय भन्दा बढी बचतकर्ताहरुले १० हजारदेखि तीन करोडसम्म सहकारीमा बचत गरेका रकम दुई अर्व भन्दा बढी डुवेको पीडितहरु बताउछन् । 

यति बेला चन्द्रबहादुर खापुङको नाममा रहेको जग्गा समेत प्राइम बैंक धरान शाखाले लिलामी गर्ने प्रक्रिया शुरु गरे पछि पीडितहरु झन आफ्नो डुवेको रकम नआउने चिन्ताले पिरोलिएका छन् । बैकले लिलाम विक्रिका लागि धरान उपमहानगरपालिका वडा नं। १५ सँग विक्रिको कागजका लागि निवेदन दिएको १५ नं। वडाका अध्यक्ष नरेसकुमार इवारामले जानकारी दिनुभयो । 

वडामा भएको विवरण अनुसार कित्ता नंं ७६१२ ०–० –१६.५–० बाझगरा १ क, १०४० ०–१–५–० बाझगरा १ क, ९५०६ ०–२–०–२ बाझगरा १ क, ९५७१ ०–२–१५–० बाझगरा १ क, ९५६९ ०–०–४–० बाझगरा १ क सुनसरी र २६४१ ०–४–१५–० बाझगरा १ क जग्गा चन्द्र खापुङको नाममा रहेको छ ।  

जग्गा लिलाम विक्रिका लागि बकैले प्रक्रिया थालेको थाहा पाए पछि विहीबार ६ सय ५ जना पीडितहरुको समुहले वडा कार्यालयमा पुगेर विक्रिको कागज नदिन निवेदन दिएका छन् । 

जग्गाको लिलाम, डाकवोल गर्ने प्रकृयाका लागि रोक लगाई घरजग्गा सिफारिस नगरि रोक्का गरिदिनुहुन र श्रेया वचत तथा ऋण सहकारी संस्था का वचतकर्ता पिडितहरु संगै हामी ६०५ जना पिडितहरुलाई ६९३,५३०,२९० ९अक्षरेपी उनानसत्तरी करोड पैतिस लाख तीस हजार दुई सय नब्बे  रुपैयाँ० रकम भुक्तानीको लागि आवश्यक वातावरण तयार गरिदिनुहुन श्रीमान समक्ष नम्र निवेदन गर्दछौं भनी पीडित लीना श्रेष्ठसहितको समुहले दिएको निवेदनमा भनिएको छ । 

उक्त सहकारीको बचतकर्ताहरु मध्ये देब राई को नेतृत्वमा १०६ जनाको समूहले र अर्का पीडित पर्शु राईको नेतृत्वमा १५१ जनाले अदालतमा मुद्दा दायर गरिसकेका छन भने अब लिना श्रेष्ठको नेतृत्वमा रहेको ६०५ जनाको समुह ले पनि मुद्दा लगाउने तरखरमा रहेको पीडित राजेश शाक्यले बताउनुभयो ।

धरान–१५ मा  ‘इजिराइडर सुन पसलु, ‘इजिराइडर होटल’ र ‘धराने पानी’ कम्पनीमा समेत सञ्चालक रहेका लोक खापुङले केही वर्षअघि विष्णुपादुका क्षेत्रमा कृषि फर्म पनि सञ्चालन गरेका थिए । उहाँका बुबा चन्द्र खापुङले भने सुन पसल र मनी ट्रान्सफरको काम गर्ने गर्नु भएको थियो । लोक ‘इजिराइडर्स गोल्ड सप’ का प्रोप्राइटर पनि हुन् । सुन पसलमार्फत् बचत गर्ने र ऋण दिने कामसँग हुण्डीको कारोबार पनि हुने गरेको थियो । त्यस्तो व्यवसायलाई सरकारले कडाइ गर्न थालेपछि लोकको नाममा सहकारी खोलिएको थियो । तीनै बचतकर्ताको पैसाले संचालकहरुले लगानी गरेको देखिन्छ । 

धरान उपमहानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ७९ ९च० मा ‘समितिका कुनै सदस्यले एक्लै वा अन्य सदस्यको मिलेमतोमा संस्थाको शेयर वा बचत रकम आफूखुसी परिचालन गरी संस्थालाई हानि नोक्सानी पुर्याएमा’ कसुर गरेको मानिने व्यवस्था छ । ऐनको दफा ८० ९घ० को ९५० मा ‘दश करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भए ६ वर्षदेखि ८ वर्षसम्म कैद’ को व्यवस्था छ । तर उपमहानगरले उनीहरुको समस्यामा त्यति चासो नदेखाएको पीडितहरुको आरोप छ । 

धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले पीडितहरुको बचत फिर्ता गर्न उपमहानगरले अघिकतम पहल गरिरहेको बताउनु भएको छ । बैंकले लिलाम गर्न लागेको विषयमा खवर सुनेको र वडाले पीडितहरुसँग छलफल गराउने उहाँले बताउनु भयो । 

उपमहानगरपालिकाले जारी गरेको ऐनको दफा ७७ अनुसार सदस्यको हित विपरीत कार्य गर्ने संस्थाले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेको वा भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी गर्न नसकेको वा भुक्तानी गर्न नसक्ने अवस्था भएको, सदस्यहरूको बचत निर्धारित शर्त बमोजिम फिर्ता गर्न नसकेको अवस्थामा कार्यपालिकाले सहकारी संस्थालाई समस्याग्रस्त भएको घोषणा गर्नु पर्ने हुन्छ । 

वडाध्यक्ष नरेश इवारमले बैक र वडाका पीडितहरुविच छलफल गराएर मात्र विक्रिको कागज दिने बताउनु भएको छ । मैले वडावासीको हितमा काम गर्ने हो । वडावासी पीडित हुनुहुन्छ । एक पटक पीडित र बैकविच छलफल गराएर मात्र कानुनी प्रक्रिया अगाडी बढ्ने छ । इवारामले भन्नुभयो । 

धरानमा सञ्चालनमा रहेका ८६ सहकारीमध्ये अधिकांशको हालत खराब रहेको उपमहानगरले बताएको छ ।  हुन त देशै भरीका सहकारीहरुमा समस्या आएको छ  ।