नेकपा एमाले सुनसरीको ८ औं अधिवेशन आज(शनिवार) उद्घाटन हुदैंछ । इटहरीको लायन्स क्लबको सभाहलमा ७ गते सम्म अधिवेशन चल्नेछ  । अधिवेशनका सबै यतारी पुरा भएको छ । तीनको  छलफलबाट नयाँ कार्यसमिति चयन हुनेछ । यसै विषयमा  केन्द्रित रहेर सुनसरी क्षेत्र नं. १(१)को प्रदेश सभा सदस्य समेत रहनु भएका नेकपा एमाले सुनसरी जिल्ला कमिटी अध्यक्ष रेवतीरमण भण्डारीसँग  गरिको कुराकानीको सारः 

 जिल्ला अधिवेशनको तयारी 

तयारी सबै हिसावले सम्पन्न भइसकेको छ । प्रतिनिधी चयन, मञ्च व्यवस्थापनलगायतका काम भइसकेका छन् । विचमा प्रचारका लागि विभिन्न गतिविधीहरु भएका छन् । विहिबार मदन–आश्रित स्मृतीको सन्दर्भमा कार्याक्रम आयोजना गरेका छौं । स्वयंसेवकहरुलाई प्रशिक्षण पनि दिइसकेका छौं । र प्रतिवेदन लेखन पनि सम्पन्न भएर शुक्रबार जिल्ला कमिटीको अन्तिम पूर्ण बैठकबाट स्वीकृत भइसकेको छ । आज तोकिएको समयमा भव्य उद्घाटन हुने छ । 

उदघाटन लाइन्स क्लबको कम्पाउण्डमा हुँदैछ । उद्घाटनमा आयोजक समितीसहित प्रतिनिधी, शुभेच्छुकहरुको उपस्थितीको बिचमा गर्नेछौं । त्यो कार्यक्रम ३ घण्टा चल्नेछ र हामी बन्द सत्रको शुरुवात गर्नेछौं । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी पार्टीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलबाट हुनेछ । कार्यक्रममा पार्टीका सचिव तथा भौतिक योजना मन्त्री रघुविर महासेठ, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मत कार्कीलगायतको सहभागिता रहनेछ । कार्यक्रममा विभिन्न राजनितिक दलका नेताहरुलाई पनि आमन्त्रित गरेका छौं । 

अघिवेशनका तीन दिन 

जेठ ५ गते उद्घाटन सत्र सम्पन्न हुनेछ । बन्दसत्रको प्रारम्भ गरिनेछ । बन्दसत्रमा अध्यक्ष मण्डल गठन गठन भइसकेको छ । बहसनोट कमिटी बनेको छ । प्रतिवेदन लेखन समिती गठन भएको छ । निर्वाचन समिती गठन गरि सबै प्रक्रिया पुरा गरेर आइतबार राजतिनिक प्रतिवेदन अध्यक्षद्वारा पेश गर्ने र त्यस उपर छलफल गरेर पारित गर्ने, आर्थिक प्रतिवेदन बन्दसत्रको हलमा प्रस्तुत गरेर पारित गरिने र ६ गते नै बेलुकाबाट कार्यसमितीका लागि मनोनयन दर्ताको पनि प्रक्रिया शुरु हुनेछ । ७ गते सर्वसम्मतका लागि प्रक्रिया हुने, सर्वसम्मत हुने क्षेत्रमा सर्वसम्मत हुनेछन्, सर्वसहमति नहुने क्षेत्रमा ७ गते नै बेलुकी ३ बजे बाट निर्वाचनको प्रक्रिया शुरु हुनेछ र ८ गते साँझ सम्म निर्वाचनको मत परिणाम सार्वजनिक गरि अधिवेशन सम्पन्न हुने छ । 

निर्वाचनको सम्भावना 

धेरै वटा क्षेत्रहरु छन् । पदाधिकारी क्षेत्र भो, हल क्षेत्र भो, दलित क्षेत्र भो, पालिका पालिका क्षेत्र भो, आदिवासी, मुस्लिम, थारुको क्षेत्रहरु भए, यी विभिन्न क्षेत्रहरुबाट प्रतिनिधी गर्ने संख्या तोकिन्छ । कतिपय ठाउँमा सहमती हुन्छ, कतिपयमा नहुन सक्छ । सहमति खोजिने छ । सहमति नभएका ठाउँमा मात्रै निर्वाचन गर्न अनिवार्य हुन्छ । निर्वाचन सामान्य हो, लोकतान्त्रीक विधिबाट स्वस्थ्य प्रतिस्पर्धा हुनेछ । कहि पदाधिकारीमै हुने गर्छन कतै निर्विरोध पनि हुनसक्छन् । सबै कुरा अहिले नै आँकलन गर्न सकिन्दैन् ।