धरान । प्राडा टंक प्रसाद न्याैपाने अध्ययन अनुसन्धान केन्द्रकाे पाँचाै बार्षिक उत्सवकाे अवसरमा सम्मान तथा पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेकाे छ ।

प्रदेश सभाका सदस्य रमेशकुमार बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा संस्थालाई जग्गा उपलब्ध गराउने जग्गादाता वृखबहादुर डङगाेल र धर्मपत्नी तारा डङगाेललाई सम्मान पनि गरिएकाे छ ।

नेपाली भाषा र किराँती भाषाकाे बेतिरेकी विश्लेषण पुस्बातकका लेखक प्राडा टंकप्रसाद न्याैपानेले आफ्ना नाममा अध्ययन अनुसन्धान केन्द्र खाेलेर नेपाली साहित्यकाे अध्ययन र अनुसन्धान गर्न सजिलाे भएकाे बताउनु भएकाे छ ।

'मेराे नाममा अध्ययन अनुसन्धान केन्द्र खाेल्नु भएकाे छ । किरात भाषामा लेखेर नाम कमाउने मेराे केही उद्येश्य थिएन ।'- उहाँले भन्नू भयाे । धनकुटाका आठपहिरया राईहरूकाे समस्या र उनीहरूकाे ईतिहास उधिनेर राज्यसम्म पुर्याउन आफुले अध्ययन अनुसन्धन गरेकाे बताउनु भयाे । पछिल्लाे समय लेखेकाे पुस्तकबारे उठेका विषय बसह गरिने उहाँले बताउनु भएकाे छ ।

कार्यक्रममा नेपाली भाषा र किराँती भाषाकाे बेतिरेकी विश्लेषणबारे प्राडा गाेविन्दबहादुर तुम्वाहाम्फे र गाईघाट क्याम्पसका प्रमुख डा.कैलास राईले परिचर्चा गर्नु भयाे ।

प्रा डा. तुम्खावाहाम्काफेले पुस्तकमा किरात राई यायाेखाका अध्यक्ष दिवस राई  भनेर उल्लेख गरेकाे तर  राई नभएकाे प्रतिक्रया दिनु भयाे । 'उनी दनुवार हुन । अनुसन्धान गर्दा ध्यान दिनु पर्नु पर्थियाे ।'- उहाँले भन्नु भयाे ।उहाँले पुस्तकमा लिम्बू भाषाका भाषागत तृटीबारे लेखकलाई सुझाव दिनु भयाे । उहाँ भाषागत तृटी सुधारेर पुन: प्रकाशनका लागि आग्रह गर्नु भयाे ।

७६ बर्षकाे उमेरमा लेखककाे मेहनेत र लगनशिलताकाे उहाँले खुलेर प्रशंसा पनि गर्नु भयाे ।

१० हजार भन्दा कम भाषिक बक्ता भएका भाषा चाम्लिङ, कुलुङ, काेय,आठपरिया, याख्खा, लिम्बुलगायत पर्ने अर्का परिचर्चाकार डा. कैलास राईले बताउनु भयाे । भाषागत शिक्षकहरूले याे पुस्तक पढ्न आवश्यक छ । याे अध्ययनले नेपाली भाषा अध्यापनमा सहज हुने राईले बताउनु भयाे । भाषाका अध्यताहरूका लागि पनि उपयाेगी छ । मातृभाषी शिक्षकलाई यश पुस्तक झन उपयाेगी छ ।

पाठ्यक्रम विकास विभागले मातृभाषा पाठ्यक्रमकाे व्यवस्था गरेकाे छ । तर  लागुहुन सकेकाे छैन् । लाेपन्मुख भाषा र कलाकाे संरक्षणमा लेखककाे याेगदान महत्वपूर्ण छ 

केन्द्रलाई जग्गा प्राप्ति

 'प्रा.डा. टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र' पाँच वर्ष

पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा केन्द्रले आफुले गरेकाे गतिविधीसमेत सार्वजनिक गरेकाे छ । 

केन्द्रले विभिन्न पुस्तक परिचर्चा, गोष्ठीसेमिनार र वाङ्मयसम्बद्ध विमर्शका कार्यक्रमहरू राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा गर्दै आएको अध्यक्ष रमेश घिमिरेले जानकारी दिनु भयाे ।

 यसले विशेषतः नेपाली तथानेपालेली भाषा, संस्कृति र साहित्यसम्बन्धी अध्ययन र अनुसन्धानका क्षेत्रमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ ।

 धरान - १४, हात्तीसारनिवासीबृखबहादुर डङ्गोलले धरान - १४ मा प्राप्त भएकाे एघार धुर जग्गामा भवन बनाउने तयारी रहेकाे उहाँले जानकारी दिनु भयाे ।