महोत्तरी / मधेसको मिथिलाक्षेत्र चाडपर्व तथा सांस्कृतिक परम्पराको धनी छ । यहाँका चाडपर्व र सांस्कृतिक परम्परा कृषिसँग जोडिदा किसानलाई आर्जनको अवसर बन्दै आएका छन् । 

महाशिवरात्रि यसैभित्रको पर्व बन्छ । यस पर्वमा महोत्तरी जिल्लाका किसानले भाण्टाको भार ९बाँसको मोटो कप्टेरोमा दुईतिर एकरएक वटा भाण्टा उनेर बनाइएको शिवजीलाई चढाइने पूजा सामग्री० बेचेर राम्रो आर्जन गरेका छन् ।

महाशिवरात्रि पर्वमा भाण्टा भार भाकल सामग्रीमा पर्छ । खासमा यसअघि चर्मरोगले दुःख पाएकाले रोग निको हुन पुकार गर्दै गरेको भाकल दिन शिवजीलाई महाशिवरात्रीका दिन भाण्टा भार चढाउने गर्छन् । 

“मन्दिरमा पुर्‍याएजति भार घर फर्केनन्, करिब एक मन (४० किलो) भाण्टामा बनाइएको भारले पाँच हजारबढी आम्दानी भएको छ”, भङ्गाहा–४ रामनगरकी कञ्चनीयाँ सहनी भन्नुहुन्छ, “त्यति भाण्टा बेच्दा दुई हजार हुन्थ्यो होला ।” करिब दुई सय भार आपूmले बेचेको उहाँले बताउनुभयो । बस्ती नजिकको भङ्गाहा–५ सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिर परिसरमा आपूmजस्ता २५÷३० जनाले भ्याइनभ्याइ गरेर भार बेचेको सहनीले बताउनुभयो ।

एक किलोमा कम्तीमा पाँच वटा भार हुने र प्रतिभार रु ५० मा बिक्री भएको बलवा–१० का उत्तिम यादव बताउनुहुन्छ । भार विशिष्ट भाकल सामग्री भएको हुँदा लिनेले खासै मोलमोलाई नगरी लिने गरेका यादवको अनुभव छ । 

महोत्तरीका सिद्धनाथ महादेव मन्दिरका अतिरिक्त जलेश्वरस्थित जलेश्वरनाथ, बर्दिवास  -५ स्थित टुटेश्वरनाथ, सोनमाको मगरथानास्थित मङ्गलनाथ र सम्सीको गैढाभेटपुरस्थित धस्नेश्वर महादेब मन्दिरसहितका १० भन्दा बढी शिवालय परिसरमा आज भाण्टाको भारको मात्रै लाखौंको कारोबार भएको आकलन गरिएको छ । 

महाशिवरात्री पर्वको जलधारीको दिन आज रु २० हजारको भार बिक्री भएको भङ्गाहा-४ पलारका किसान सत्यनारायण चौधरी थारु बताउनुहुन्छ । सिद्घनाथ महादेव मन्दिर परिसरमा पछिल्ला १० वर्षयता आफूले भाण्टाको भार बेच्दै आएको बताउने चन्देश्वर रायले यो पर्व आफ्ना लागि राम्रो आम्दानीको जोहो गर्ने अवसर बताउनुभयो ।

पर्वको अवसरमा लाग्ने मेलामा भार बेच्नका अतिरिक्त आफ्ना अन्य कृषि उपज प्रदर्शनी गर्नसमेत राम्रो अवसर पाइएको किसान बताउँछन् । मेलामा खासगरी मौसमी, बेमौसमी तरकारी बाली उत्पादनका नमूना प्रदर्शनी भएकाले आफ्ना उत्पादनबारे आम चासो बढेको किसानको भनाइ छ ।