धरान  /  किराँत समुदायले आज उधौली पर्व साथ साकेला नाचेर मनाएका छन्। मंसिर शुक्ल पूर्णिमाको दिन म‌गलबारबाट किरात समुदायले उधौली पर्व मनाउन शुरु गरेका हुन्।

किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । उधैली चाड म‌गलबार धरानका विभिन्न स्थानमा  किरात राई यायोख्खाको प्राराम्धिक समितिहरुले आयोजना गरि भव्य रुपमा मनाएका छन् । धरान १८ स्थित शिवमार्गमा १८ नं. प्रारम्भिक समितिलेआयोजना गरेको साकेलामा धरान उपमहानगरका पूर्व मेयर तिलक राई, किरात राई यायोख्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, १८ नं. वडाका वडाध्यक्ष प्रविण राई, जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष नविन राईलगायतले धितमरुञ्जेल नाचेर साकेला मनाउनु भएको छ । 

पूर्वी नेपालका विभिन्न जिल्लाबाट धरानमा आएर बसिरहेका किराती राई तथा सुनुवारहरुले साकेला शिली नाच्दै शुभकामना आदान प्रदान गर्नु भएको छ ।  यो बर्षलाई उनीहरुले पहिचानलाईसमेत जोडर साकेला मनाएका छन् । 

युवा पुस्ताहरुको संस्कृति मोह 

साकेला पर्वको अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ ,दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच नाच्ने गरिन्छ । साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ । शिवमागृमा भेला भएका युवा युवतीसँगै अधिकांश उपस्थित समुदायले परम्परागत पहिरनमा सजिएर आएका थिए । 

विशेष गरे युवा युवतीहरुको साकेलामा बाक्लो उपस्थिति रहेको थियो । पछिल्लो समयमा संस्कार संस्कति विर्सदैं गएको अवस्थामा साकेलामा युवायुवतीको बाक्लो उपस्थितिले युवापिडीमा संकृति धान्न तयार भएको संकेतसमेत गरेको छ । किरात राईहरुको ऐतिहासिक थलो मानिएको ठाउँमा पूजाआजा गरिएसँगै महिना दिनसम्म साकेला पर्व मनाइने प्रचलन छ । साकेला प्रदेश नं १ का सबै जिल्लामा र काठमाडौं उपत्यकाका तीन जिल्ला र किराती समुदाय स्थायी र अस्थायी रुपमा बसोवास गरिरहेका अन्य प्रदेश तथा विदेशमा भव्य रुपमा मनाइन्छ ।

किरात समुदायले अन्नबाली भित्र्याएको खुसियाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ। प्रकृति पूजामा विश्वास गर्ने किराँतीले ढोल बजाउँदै र गीत गाउँदै समूहमा नृत्य गरे ।

जाडो बढेपछि बेसीतिर झर्ने भएकोले उधौली र गर्मी शुरु भएपछि लेकतिर लाग्ने भएकोले उभौली नाम राखिएको किरातीहरु बताउँछन्। खेतीपाती लगाउने बेला भएकाले खेतीपाती राम्रोहोस भनी पुजा गर्ने र उधौलीमा खोतीपाती राम्रो भएकोमा प्रकृति, भूमि, किरा फट्याङ्ग्रा, चराचुरुङ्गीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रुपमा मनाउने गरिन्छ।

किराती समुदाय, विशेषगरी सुनुवार, राई, लिम्बू र याख्खाहरूले मंसिर पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउँछन्। लिम्बुहरु धरानमा वृहत चासोक पर्व मनाउदैं आएको छ । पछिल्लो समय लिम्बुहरुले सामुहिकरुपमा आफ्नो पर्व मनाउन सुरु गरेका छन् । 

410646004_898059015117251_1133866576136197453_n