- गोपाल झापाली
मध्य पहाडमा रित्तिदै गएका बस्ति रुँघेर बसेकाहरुलाई एउटै चिन्ता छ, हामीले पनि गाउँ छोड्नु पर्ने हो कि भन्ने । गाउँमा खेती हुन छोडे पछि घु¥यानमै झाडी बढेको छ । बारी बाँझिएका छन् । अघिल्लो दशक सम्म घन्चमन्च हुने सडकहरु समेत अचेल निस्ताएका छन् । पहाडका सहर भनिएकै ठाउँहरुमा पनि साँझमै बत्ति निभ्ने गर्छ । बाटोमा नौलो मान्छे देख्दा पनि चासो बढ्छ ।
राज्यको तर्फबाट मध्य पहाडमा शिक्षा, स्वास्थ्य तथा सडकका क्षेत्रमा अर्वौ रुपैयाँ खर्चिए पछि मानव बस्ति टिक्न सकेको छैन । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भई रहेको मध्य पहाडी राजमार्ग पूरा भए पछि चै गुमेको गुल्जार फर्किएला कि भन्ने आशामा छन्, मध्य पहाडका बासिन्दा ।
घण्टौ लगाएर पार गर्नु पर्ने दुरी सडकले घटाएको छ । गाउँ गाउँमा आर्थिक चहल पहल बढेको छ । कतिपय विदेश गएकाहरु पनि फर्किएर गाउँमै उद्यम गर्न थालेका छन् । सिन्धुपाल्चोकको मुडेमा होटल व्यवसाय गर्ने ठुले लामाको व्यापार घटेको व्यापार पक्कै फर्किएला भन्ने आशामा छन् । उनले भने–‘सवैले गाउँ छोडेर पनि भएन, पहिले त व्यापार भएकै हो । अब बाटो राम्रो भए पछि ति दिन फेरि आउलान् नि ।’ काठमाडौबाट रामेछाप सम्म जाने यात्रुहरु दोलालघाट, मुडे, चरीकोट हुदै जाने गरेका थिए । तर बिपी राजमार्ग शुरु भए पछि ति भेगका यात्रुको बाटो छोटियो । तर सिन्धुपाल्चोक, दोलखा लगायतका बजारमा कारोवार घट्नु यति मात्रै होईन, कारण । गाउँ गाउँका पर्यटकिय, धार्मिक स्थानहरुमा पुग्ने बाटो चुस्त बनाउने र मध्य पहाडी लोकमार्ग पूर्णरुपमा चल्ने हो भने व्यवसायका लागि शहर पस्नै नपर्नेमा यस भेगका बासिन्दा आशावादी छन् ।
उता डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । सडक सञ्जालले यहाँका कुनै पनि गाउँ जोडिएका थिएनन् । तर अहिले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसँगै थुप्रै ग्रामीण सडकले जोडिएको छ यो ठाउँ ।
अपपत्र नयाँ सहरको योजना
मध्य पहाडबाट हुने बसाई सराई रोक्न सरकारले मध्यपहाडी लोकमार्ग निर्माणसँगै त्यसैसँग जोडिएका १० ठाउँमा नयाँ सहर बनाउने घोषणा गरेको थियो । ति प्रत्येक सहरमा कम्तिमा १÷१ लाख जनसंख्या टिकाउन सके पहाडी जिल्लामा बढेको मानव बिहिन हुने खतरा टर्ने सरकारको अनुमान थियो । तर अनुमान गर्ने अनुसार कार्यसम्पादन नहुँदा नयाँ सहर को हालत नयाँ बन्न सकेको छैन ।
मध्य पहाडी लोकमार्गमा पर्ने पूर्वको पाँचथर स्थित फिदिम सहित तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेणी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रूकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन नयाँ सहर बनाउने सुचीमा थिए । पछि थपिए, सुर्खेतको भेरीगंगा र प्युठानको भिंग्री । तर सहरको संख्या थपे पनि लक्ष्य अनुसार प्रगती हुन नसक्दा मध्य पहाडको आर्थिक सामाजिक जीवनले गति पाउन सकेको छैन । यस्तो अवस्थामा त अन्यत्र पनि धेरै ठाउँमा छ । सडक पुग्नु मात्रै समृद्धी होईन । सडकसँगै आर्थिक विकासका आधार, स्वास्थ्य–शिक्षा जस्ता आधारभूत आवश्यकताको पूर्ती हुने अवस्था समेत पु¥याउन सके मात्र त्यहाँ पुगेको सडककोा पनि उपादेयता रहन्छ । नत्र वर्षौको प्रतिक्षा र अर्वौको लगानी पछि पुगेको सडक पनि निस्ताउने अवस्था रहन्छ ।
आर्थिक वर्ष २०६९/०७० देखि राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथमिकताका साथ काम भई रहेको यो मध्यपहाडीको प्रस्थान विन्दु चिवाभञ्ज्याङ्, पाँचथरको याङवारक गाउँपालिका वडा१ मा पर्दछ। यसै गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या यो सडक निर्माणले गति लिएसँगै मध्य पहाडका बासिन्दाहरु विकास प्रति आशावादी बन्दै गएको बताउँछन् । उनका अनुसार सडक किनामा बढेका चोक बजार, सवारी साधनको चाप लगायतका कारण कृषि उपजको बजारीकरणमा सहजता भएको छ भने गाउँमै स्वरोजगारीका आधारहरु देखिन थालेका छन् ।
एमालेको संकल्प यात्रा
यहि मध्य पहाडलाई लक्षित गरि अहिले नेकपा एमालेले पश्चिमको झुलाघाट देखि पूर्वको चिवाभञ्ज्याङ् सम्मको समृद्धीका लागि संकल्प यात्रा चलाई रहेको छ । प्रतिपक्षमा हुनु र संसद पनि नचल्नुको समयलाई उपयोग गर्दै एमालेले यो यात्रा चलाएको हो ।
झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको लागि उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमालसहितको टोली झन्डै एक साताको स्थलगत निरीक्षण सकेर काठमाडौं फर्किए पछि पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु इात्रामा छन् ।
ज्ञवालीसहितको टोली धादिङबाट चिवाभञ्ज्याङसम्मको रुट र स्थान निक्र्यौल गरेर काठमाडौं फर्किएको थियो भने रिमालसहितको टोलीले झुलाघाटदेखि धादिङसम्मको अवस्था हेर्यो । त्यस पछिको यात्रा कोशी पुगि सकेको छ ।
१ हजार ८ सय किलोमिटर भन्दा लामो यो यात्रालाई एमाले नेताहरुले राजनीतिक गतिविधिको रुपमा मात्र नभई विकास र समृद्धीको अभियानका रुपमा बुझ्न पनि आग्रह गरेका छन् । एमाले नेता शेरधन राई यो यात्राले मध्य पहाडलाई विकासको मूल प्रवाहमा जोड्ने विश्वास व्यक्त गर्छन् । मध्यपहाडी लोकमार्ग मात्र नभई समग्र मध्य पहाडको विकासलाई नयाँ आयाम दिन यो यात्रा कोशेढुंगा सावित हुने उनको तर्क छ ।
यस्तै एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यो यात्राले जनता र पार्टी विचको सम्वन्ध थप सुदृढ बनाउँदै विकास र जनजीविकाका सवाललाई राष्ट्रिय प्राथमिकताका विषयका रुपमा उजागर गर्ने बताएका छन् ।
सडकको अवस्था
मध्यपहाडी राजमार्ग१ हजार ८ सय ७९ किलोमिटर लामो रहेको छ । यसलाई चाँडो सम्पन्न गर्नका लागि पाँच खण्डमा विभाजन गरेर काम भइरहेको छ। मध्यपहाडी राजमार्ग योजना कार्यालय,फिदिम पाँचथरले पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुरसम्मको ३ सय ८६ किलोमिटर सडक निर्माणको काम गर्दछ। आयोजनाका प्रमुख कुबेर नेपालीका अनुसार रामेछाप कार्यालयले खोटाङ, ओखढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक र सिन्धुपलान्चोकको ३ सय ३५ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ। पर्वतको कुश्मामा रहेको कार्यालयले कास्की, पर्वत र बागलुङको २ सय ४५ किलोमिटर सडक निर्माणको काम गर्दछ। दैलेख कार्यालयले रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र वैतडी जिल्लाको ६ सय ५३ किलोमिटर सडकको निर्माण कार्य गरिरहेको छ।
प्रमुख नेपालीका अनुसार मध्यपहाडी राजमार्ग निर्माणका विभिन्न ठाउँमा अझै पनि कामहरु बाँकी नै छन्। जसले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कार्यलयका सबै सम्पर्क कार्यालयहरु लागि परेका छन् । यो सडक पूरा गर्ने विषयमा पटक पटक लक्ष्य संशोधन भएको छ । आर्थिक वर्ष ०७९÷८०सालसम्म गर्ने लक्ष्य राखिएकोमा फेरी संसोधन गरेर आर्थिक वर्ष ०८४/०८५ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण अवधी लम्बिएसँगै आयोजनाको लागत पनि करिब तीन दोब्बर बढेको छ । सुरुवातमा ३३ अर्व ३६ करोड रुपैंया लागत रहेकोमा हाल ८४ अर्व ३३ करोड रुपैंया अनुमान गरिएको छ।मध्यपहाडी सडकको लम्बाइ १ हजार ८ सय ७९ किलोमिटर भए पनि आयोजनाले निर्माण गर्ने सडकको लम्बाई चाँही १ हजार ४ सय १७ किलोमिटर मात्रै रहेको छ। ४ सय ६२ किलोमिटर सडक अन्य आयोजनाबाट निर्माण भएको छ।