• रणध्वज लोहार

धरान । पुरानो व्यापारिक केन्द्र भनेर चिनिएको धरानको व्यापार व्यवसाय दिनानु दिन खस्कँदो अवस्था पुगेपछि यहाँका पसलहरुकाे सटर धमाधम वन्द हुँदै गइरहेका छन् । 

व्यापार व्यवसाय दिन दिनै आरोलो तर्फ लाग्न थालेपछि कति पय नाम चलेका व्यापारीहरु धरान छाडेर अन्यत्रै पलायन हुन थालेका छन् भने धरान वजारका अधिकाँस पसलका सटरहरु वन्द हुँदैं गएपछि व्यापारीहरु निराश हुँदै गइरेहका छन्  । व्यापारीले व्यापार गरेर कोठा भाडा सम्म तिर्न नसकेपछि पसलका सटरहरु वन्द हुन थालेको स्वयम् व्यापारी नै वताउँछन् । 

दशै तिहार छठै पछि एकासी सटर खाली भएका सूचनाहरुले धरानको बजार सजिएको पाइएको छ । सामाजिक सन्जालमा धरानका यवा व्यवसायी तथा पत्रकार सनम तामाङ लेख्नु हुन्छ,‘ धरान बजार यस्तै छ है । न कुनै निकायलाई चासो छ न त, चासो हुनु नै छ नी  ?’

 कुनै समय धरान गुल्जार थियो । विराटनगर इटहरीलगायतका शहरबाट व्यापारका लागि व्यवसायीहरु धरान आउने गरेका थिए । धरान पूर्वी पहाडी जिल्लाहरुको केन्द्र थियो । तर यति बेला बैकको व्याज, व्यापारमा मन्दी र स्थानीय सरकारको समन्वय र व्यवसायीहरुलाई प्रोत्सोहान गर्न नसक्दा  धरानको व्यापार खस्किएको हो । 

हुन पनि धरान बजार घुमफिर गर्दा वजारको अवस्था त्यस्तै नै देखिन थालेको छ । कतै सटर भाडाको लागि भनेर लेखिएको छ भने कतै पसल विक्री छ भनेर भेटिन्छ । दैनिक हजारौ कारोबार हुने धरानका वजार पसलहरुका सन्चालकहरुले व्यापार व्यवसाय ठप्प भएर पसलको कोठा भाडा समेत वुझाउन नसकेपछिको दयनीय अवस्था आएसँगै व्यापारीहरु पलायनको अवस्था सृजना भएको व्यापारीहरुले वताएका छन् । 

सुनसरी उद्योग वाणिज्य संघ धरानका निवर्तमान अध्यक्ष गिरीधारी सापकोटाले अव यस्तै हो भने धरानको व्यापार व्यवसाय पुरानो अवस्थामा फर्किनुको लागि गाह्रो भएको प्रतिक्रिया दिनु भएको छ । कोरोनाको संक्रमण भन्दा अघिको समयमा धरानमा एक दिनमा करोडौको व्यापार हुने गरेको थियो तर अहिले आएर पसल सन्चालन गरेर वस्न सक्ने अवस्था नआएपछि सटर वन्द हुँदै गएको सापकोटाले वताउनु भएको छ ।

उहाँले भन्नु भयो,‘धरानमा रहेका पसलका सटर वन्द हुँदा कस्लाई चासो छ र रुसंवन्धित निकाय भनेको स्थानीय सरकार हो तर खै कहाँ छ,स्थानीय सरकार रुव्यापारीहरुले अनुभुति गर्न पाएका छैनन्,स्थानीय सरकारलाई मतलव नै छैन ।’

यदि संवन्धित निकाय स्थानीय सरकारले धरानको व्यापार व्यवसायलाई उकास्न के गर्न सकिन्छ,राजस्वमा छुट दिने हो कि करमा छुट दिने अथवा वैंकको कारोबारको व्याज घटाएर किस्ता तिर्ने समय सारेर जाने हो वा के गर्न सकिन्छ,त्यसको बारेमा त ध्यान दिनु प¥यो नी तर कसलाई चासो छ र सापकोटाले दुखसो पोख्नु भयो ।  

सुनसरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सरोज श्रेष्ठले धरानको अर्थतन्त्रको मुरुदण्ड नै व्यापारी र व्यवसायी भएपनि कोही कसैलाई चासो र चिन्ता नहुनु दुखद भएको वताउनु भएको छ । यस अघिका जनप्रतिनि चाहे जो सुकै होस्,सवैले धरानको व्यापार व्यवसायमा सरोकार राख्नेहरुसँग आपसी छलफल र समन्वय भई ठोस कार्य योजना वनाएर अघि वढेको अनुभव श्रेष्ठको छ तर हालको जनप्रतिनिधीले अहिले सम्म समन्वय गर्न नसक्नु दुखदायी अवस्था भएको वताउनु भयो । 

देश व्यापी रुपमा नै आर्थिक वन्दीको असर भएतापनि धरानको व्यापार,व्यवसाय अझै टाट पल्टिदै जाँदा स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारसँग समन्वयको पनि अभाव रहेको उहाँले वताउनु भयो । उहाँले भन्नु भयो,‘व्यापार व्यवसाय टाट पल्दिदै गएको अवस्थामा स्थानीय सरकारले खै त यहाँका सरोकारवालासँग समन्वय र छलफल गरेको रु यो विषय अहिलेको स्थानीय सरकारले च्याप्टर नै क्लोज गरेको अवस्था छ,धरानका उद्योगी व्यापारीहरु जाऊ कहाँ जाऊँ र गरौ के गरौंको अवस्थामा पुगेका छन्,हामी अभिभावक विहीन छौं,खै हाम्रो अभिभावक ?’

श्रेष्ठका अनुसार कोशी सडक खण्डको ६ लेन बाटो धरानमा के हुने भन्ने कुराले पनि सडक आसपासका व्यापारीहरु अन्यौल अवस्था रहेको वताउनु भएको छ । सडक विस्तारको कुराले छिचोल्न नसक्दा पनि त्यसको असर देखिन थालेको उहाँले वताउनु भयो ।

सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानले आर्थिक मन्दीको असर पहिलो भएको र स्थानीय सरकारले पनि चासो राख्न नसक्दा धरानका व्यापारीले पसल वन्द गर्नु परेको अवस्था सृजना भएको वताउनु भयो । हामीलाई यो दशै तिहारमा अलिकति आसा थियो तर यसपालीको चाडबाडमा पनि भने जस्तो व्यापार हुन नसको प्रधानले वताउनु भयो ।

उहाँले भन्नु भयो,‘स्थानीय सरकारका प्रमुखलाई कार्यक्रममा निमन्त्रण गर्दा समेत आउनु हुन्न,हामीबाट के कमिकमजोरी भए पनि उहाँ त हाम्रो गार्जन हो नी,अव चाडै धरानको व्यापार व्यवसायलाई माथि उकास्न के गर्न सकिन्छ वैठक वसेर अघि वढ्ने छौ ।’ 

स्थानीय सरकार र सुनसरी उद्योग वाणिज्य संघले व्यापार व्यवसायको विषयमा छलफल र समन्वयकाे अभाव  छ  ।सरकारका प्रमुख,उप प्रमुख र अन्य जनप्रतिनिधी समेतले धरानकाे व्यापार व्यवसाय खस्कँदो अवस्थालाई कसरी माथि उठाउने भन्ने बारे चासो दिएको देखिदैन । 

फोटो श्रोतः– सनम तामाङको फेसवुकबाट साभार