धरान / पूर्वको उत्कृष्ठ सामुदायिक विद्यालयमा दरिएको धरानस्थित पब्लिक हाइस्कुलले अभिभाबकहरुसँग कुशल अभिभाबकत्व बिकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कार्कीको अध्यक्षतामा भएको अभिावक शिक्षा कार्यक्रममा आफ्ना छोराछोरीहरुलाई संस्कारी बनाउन र सभ्य नाकरिकका रुपमा विकास गराउन अभिभावकहरुले खेल्नु पर्ने भूमीकाको विषयमा छलफल गरिएको छ । विहीबार शिक्षकहरुसँग छलफल गरिने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले जानकारी दिनु भयो । कार्यक्रमकाे सहजिकरण उत्प्रेरक प्रितम पाैडेलले गर्नु भएकाे थियाे ।

शिक्षक र अभिभावक एउटा साइकलका दुई पाङ्ग्रा समान भएकाले साइकल शिक्षा हो भने चालक विद्यार्थी हुन् । यथार्थमा अभिभावकको भूमिका पनि शिक्षकको भन्दा तुलानात्मक रूपमा अलि जिम्मेवारपूर्ण तथा प्रभावकारी हुने गर्दछ । त्यसैले विद्यार्थीको शिक्षाका लागि दसर्व जिम्मेवार हुने भएकाले शिक्षक अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिएको व्यवस्थापन समितिका अध्यक्ष हरि कार्कीले बताउनु भयो । 

अभिभावक र शिक्षक दुवै पाठशालाका गुरु पनि भएकाले हरेक बालबालिका आफू कस्तो जीवनयापन गर्ने भन्ने कुराको रोलमोडल आफ्ना अभिभावकलाई देख्न चाहन्छ । जसरी एउटा धार भएको चक्कुसित होसियारी अपनाइन्छ, यही नियम हाम्रा सन्तानका लागि लागू हुने गर्दछ ।

अभिभावक बच्चाको नमुना हुन् । हामी जस्ता छौँ हाम्रो रचना पनि उस्तै हुने भएकाले प्रथमतः हामी उनीहरूका लागि आदर्श बन्न सिक्नुपर्छ  । यसका लागि  बच्चाहरूको कुरा सधैँ सुन्नुपर्दछ । बच्चाको कुरा सुनिएन भने ऊ आफैं जिउनसक्ने बाटो खोज्छ । त्यसैले बच्चाको अगाडि माया देखाउने गर्नुपर्छ । बच्चाको अगाडि सधैँ एकनास बन्नुपर्छ । यस्ता उत्प्रेरणात्मक विषयमा छलफल भएको अध्यक्ष कार्कीले बताउनु भयो । विहीबार भविष्यका कर्णधार विद्यार्थीहरुलाई कसरी असल ज्ञान दिने र शिक्षकको दायित्व के हुने भन्ने विषयमा छलफल हुने विद्यालयले जनाएको छ । कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मात्रिकाप्रसाद भट्टराई, शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडालगायतको उपस्थिति रहेको थियो । 

बच्चाका साथीहरूलाई सम्मान गर्नु र उनीहरूलाई घरमा आउदा  स्वागत गर्नुपर्छ । अनुशासन र मर्यादालाई आफूले समेत कायम गर्नुपर्छ । सकेसम्म बच्चाहरूसँग समय बिताउने गर्नुपर्छ । यदि बच्चाले राम्रो काम गरेमा उनीहरूलाई त्यतिबेला नै स्यावासी दिने गर्दा हौसला मिल्छ । गाली गर्दा, तिम्रो त्यो खराब बानीलाई गरेको हो, तर तिमीलाई होइन भन्ने पार्नुपर्दछ । बच्चालाई घरमा सुरक्षित महसुस गराउनुपर्दछ । उनीहरूलाई आफूले गरेको मायाको बदलामा पछि गएर पैँचो फेर्नुपर्छ भन्ने भान गराउँनुहुँदैन । माया व्यापार होइन ।

याहाँ चित्रको होइन चरित्रको पूजा र मूल्य हुने भएकाले आफ्ना सन्तानलाई हामी स्वयम् नै चरित्रवान् भएर देखाउनुपर्छ । बच्चाको शारीरिक विकासका लागि आवश्यक पौष्टिक भोजन, व्यायम तथा विश्रामको उचित व्यवस्था भएको अवस्थामा मात्र शारीरिक विकास सम्भव हुने गर्दछ ।

abhibhawak