दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुधपूजा आदि नामले जानिन्छ । नेपालीहरुले यसलाई प्रमुख पर्वको रुपमा मनाउदैं आएका छन् ।  आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । भगवान रामले यसै दिन रावणको वध गरेका भन्ने किमदन्ती रहेको छ । यसलाई असत्य माथि सत्यको विजयको रुपमा मनाइन्छ । यसकारण, यस दशमीलाई विजया दशमीको नामले जानिन्छ । दशैं वर्षमा तीन अत्यन्त शुभ तिथिहरुमा एउटा हो अरु दुइवटा चैत्रको शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि । यी दिनहरुमा हिन्दूहरु नयाँ कार्य सुरु गर्दछ, शस्त्रको पूजा गर्दछन् ।

दशैं हर्ष एवं उल्लास तथा विजयको पर्व मानिन्छ । दशैमा परिवारबाट ढाडा रहेका व्यक्ति घरआउने र टिका थापी मान्यजनबाट आर्शिवाद लिने चलन रहेको छ । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सर्व सुरु भएको मानिन्छ ।

दशैलाई सबैले एउटा उत्सवको रुपमा मनाउनु पर्दछ । आफ्नो गच्छे अनुसार खर्च गर्नु पर्छ । दशै कसैको दशा हुनुहुदैंन् । २०८० सालको दशैले सबैमा चेतना ल्यावस । नेपाल दशिक्षण एसियाको एक नं. गरिव राष्ट्रमा दरिएको छ । राजनीतिक परिस्थिति प्रति पनि जनता निरास छन् । राजनीतिक दलहरुको व्यवहार र उनीहरुको कामबाट जनता निरास मात्र छैनन्, जनता उनीहरुबाट आशातित पनि हुन सकेका छैनन् । यो दशैले मुलक हाक्नेहरुलाई सदवुद्धि दिओस । जनतामा भएको निरास बदलियोस ।सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना ।