धरान  / शविनार धरानमा साहित्यमा नव आयाम -अवधारणाबारे विचार विमर्श गरिएको छ ।  नव आयाम अवधारणा समयबोध, सिर्जना र सन्दर्भका कुराहरू जोडेर नव आयामका प्रस्तावक सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । 

उहाँले आयामिक अवधारणा अनुसार सिर्जनाका बनौट, छनौट गरिने विषयबस्तु र सिर्जनात्मक बनौटको फर्म सम्बन्धी धारणा राख्नु भएको थियो । उहाँले अव सूचना प्रविधिको युगमा रचनाका पुस्तकको साइज परिस्कृत हुनु पर्ने धरानण राख्दैं आफुहरु त्यो अभियानमा लागेको बताउनु भएको थियो । अवका कृति एन्ड्राेइड मोवाइल आकारमा हुने धारण राख्नु भयो । अवका कृतिमा भविष्यमा हुने कुरा समेटिएको हुनु पर्ने बताउदैं नवआयमले यही कुरालाई प्राथमिकता दिदैंआएको बताउनु भएको थियो । २०७५ सालदेखि १० जनाको एउटा टिम बनाएर नव आयमको आन्दोलन थालिएको जानकारी दिदैं उहाँले आफुहरुले उठाएको प्रसङगबारे सुझाव माग्नु भएको थियो ।

अनाैपचारिक  छलफलमा कवि सुदिप पाख्रिनले पुस्तक साइज र उहाँहरुको अभियान मन परेको भन्दैं निरन्तरता दिन सुझाउनु भयो । उहाँहरुले चलाएकोअभियानले भविष्यमा पुस्तक साईजले 'परदेशी साईज'को चर्चा पाउने बताउनु भयो ।  यस्तै तर्क दर्शनका प्रवर्तक च्याबन श्रीले  विषयवस्तुको गाम्भीर्यतालाई भने ध्यान पुर्याउन सुझाउनु भएको थियो । नयाँ कुरा सहज} नस्वीकारिने भएकाले वृहत ज्ञानलाई मध्यनजर गदैं निरन्तरता दिन सुझाव दिनु भयो । 

surendra

कथाकार तथा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले सबै विचार र वाद स्वीकार्य नभएको उदाहरणदिदैं नयाँ विषय छलफल हुनेर पछि क्रमशः स्थापित हुने बताउनु भयो । मान्छेलाई लामो र वृहत विषयवस्तु पढ्न र लेख्न समय छैन् । यो नव आयम विचार समय सार्दभिक हुने बताउनु भयो । यस्तैछलफलमा कवि चन्द्र गुरुङले सानो साइजमा तर ठूला विषयवस्तु समेटनु राम्रो अभियान भएको बताउनु भएको छ । कवि प्रकाश दिप्सालीले जुनसुकै अभियान  तथा वाद स्थापित गराउन निरन्तरका जरुरत पर्ने भएकाले यस अभियानलाई निरन्तरता दिन सुझाव दिनु भयो । 

छलफलमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव देवेन्द्र कार्कीले नव आयम समय सान्दर्भिक भएको बताउदैं सानो साइजमा वृहत कुरा समेटन अभियान्तलाई चुनौती भएको बताउदैं निरन्तरता दिन सुझाव दिनु भयो । विज्ञान प्रविधिको विकाससँगै लेखन तथा प्रस्तुतीमा आउने परिवर्तन स्वभाविक भएको उहाँले बताउनु भयो ।  यस्तै छलफलमा कवि इन्दुयोञ्जन नेपाल, कवि छविना लुङ्गेली, कवि दीपा मग्राती, कवि विशाल नाल्बो, कवि भीम विरही राईलगायतले यसको सबल र दुर्बल पक्षहरूमाथि आआफ्नो स्वतन्त्र अभिव्यक्ति राख्नु भएको थियो । कार्यक्रमको संयोजन कवि भीम विरहीले गर्नु भएको थियो । 

के हो नव आयम

विशेषगरी तेस्रो आयामका मुख्य प्राधिकार तथा प्रबर्धक आयामेली कवि तथा वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईसँगको सङ्गत, सम्पर्क तथा इश्वर बल्लभ र वैरागी काइँला(तिलविक्रम नेम्वाङ) सँगको सहकार्यले सुरेन्द्र परदेशी लिम्बुको सकृयतामा यो नयाँआयम अभियान सुरु गरिएको हो । उहाँले २० ७५ सालमा नव–आयामको परिकल्पना गरी अवधारणाका रूपमा सार्वजनिक गर्नु भएको थियो ।  हाल यस अभियानमा प्राडा. भीम खतिवडा, डा. लेखनाथ काफ्ले,डा. गोपाल भण्डारी, सुनिता कन्दङवा, भीम विरही राईलगायत हुनु हुन्छ । हाल नेपाली साहित्यमा आइरहेको विविध विधाहरू केस्रा, कोपिला, सुसेली, एलाक, बाछिटाजस्तै यो पनि साहित्यको नयाँ विधा हो । 

नव विधाहरूले नेपाली भाषा र साहित्यलाई नै परिष्कृत र समृद्ध बनाउने भएकाले यस्तो अभियान अघि सारिएको हो । यो नव आयम विधा अन्तर्गत पुस्तकको साइज, त्यसमा हुने विषयबस्तु र प्रस्तुतीकरणलाई नयाँ ढैगले पस्कने प्रयास गरिएको छ । परदेशीले नव आयमको अवधारण २०७५ मा सार्वजनिक गरि सके पछि 'प्रिय मान्छेहरु' र 'हामी आयामका भुँईमान्छेहरु' कविता संग्रह प्रकाशित गरिसक्नु भएको छ । आकारमा साना भए पनि कविताका विषयवस्तु ओजपूर्ण रहेका छन् ।