धरान –१२ स्थित एम्स एकेडेमी आज भन्दा २३ वर्ष अघि स्थापित शैक्षिक संस्था हो । धरानमा रहेर यस स्कुलमा कोशी प्रदेश भरीका विद्यार्थीहरुको लागि उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा परिचित रहेको छ । 

विशेष गरि यस स्कुलले गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएकाले कोशी प्रदेशका धेरै जसो कक्षा ११ देखि स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थीहरुको रोजाई एम्स् एकेडेमी परेको छ । विशेष गरि एसईई दिएका विद्यार्थीहरुको लागि उच्च शिक्षा अध्ययन गर्नको निम्ति एम्स एकेडेमी रोजाईको कलेज बनेको छ । हाल यस कलेजमा कक्षा ११ र १२ मा ४ सय भन्दा वढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । यो वर्षको लागि पनि एम्स एकेडेमीले नयाँ शैक्षिक सत्रको भर्ना अभियान शुरु गरेको छ । एकेडेमीले यो वर्ष ‘गुणात्मक विद्यार्थी भर्ना अभियान, एम्स एकेडेमीको नयाँ पहिचान’ भन्ने नारा  लिएको छ । एम्स एकेडेमीले नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियानवारे विजयपुर खवरले एकेडेमीक डाइरेक्टर नेत्र सुवेदीसँग गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ: –

  • यो वर्षको भर्ना अभियान कसरी संचालन गर्दै हुनु हुन्छ ?

   –हामीले यो वर्ष गुणस्तरीय भर्ना अभियान शुरु गरेका छौं । विशेष गरि एसईई दिएका विद्यार्थीहरुको लागि लक्षित गरेर यो अभियान शुरु गरेका हौ । हामी एसईईमा प्रथम हुने त्यस्ता उत्कृष्ट विद्यार्थीलाई लक्षित गरेर कम्तीमा निजी र सामुदायिक विद्यालय गरि ३० भन्दा वढी विद्यालयका विद्यार्थीलाई भर्ना अभियान सहभागी गराउने लक्ष्यकासाथ अगाडी बढेका छौं । अव राम्रा विद्यार्थी र गुणस्तरीय विद्यार्थीको भीँड लागोस भन्ने उद्देश्य हामीले लिएका छौ । त्यसका लागि हामीले विद्यार्थीको लागि फारम वितरण भएको छ । ५ सय भन्दा वढी फारम वितरण भइसकेको छ । 

  • विद्यार्थीहरु एम्स एकेडेमीमा नै अध्ययन गर्न किन आउने त ?

हामीसँग सुविधा सम्पन्न संरचनाहरु छन् । भौतिक संरचनाहरु थप गरेका छौ । हामी कहाँ प्रोजेक्टरबाट शिक्षण सिकाई, डिलक्स कक्षा कोठा, मल्टिमिडियाको प्रयोग, हरेक कक्षा कोठामा एसी जडित र एउटा कक्षा कोठामा वढीमा ४० जना विद्यार्थी संख्या राखेर अध्ययन गराउँछौ ।  एम्सले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने गरेको छ । अनुभवी शिक्षकहरु, अडियो र भिडियो कक्षा कोठा, सुविधा सम्पन्न पुस्तकालय, ल्याब, अंग्रेजी र नेपाली माध्यमबाट पढाई हुदैं आएको छ । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरु एम्स कलेजको बिशेषता हो । धरानका विभिन्न संघ संस्थाहरुसँगको समन्वयमा विभिन्न छात्रवृत्ति दिएर विद्यार्र्थीहरुलाई अध्ययपन गरा राखेका छौं । खेलकुद, पत्रकारिता विधा, गरिव जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरेर अध्ययन गराएका छौ । हाल १० जना विद्यार्थी पुर्ण छात्रवृतिमा अध्ययन गरिरहेका छन् । हामी आफैंले पनि जो विद्यार्थी पढ्नबाट वन्चित छन्, त्यस्ता विद्यार्थीलाई सहयोग गर्दै आएका छौ ।  समाजमा रहे पछि सामाजिक उतरदायित्व पनि हुन्छ । गरिव, निसहाय विद्यार्थीलाई शिक्षाको ज्योतीबाट बन्चित गराएका छैनौ । यो एम्स कलेजको विशेषता हो । पैसाको अभावले शिक्षाबाट कोही पनि बन्चित हुनु हुँदैन । हाम्रो कलेजको २५ प्रतिशत रकमचाहिँ छात्रवृतिमा खर्च गर्ने गरेका छौ । त्यही भएर सबैको रोजाई एम्स भएको हो ।

  • यस कलेजमा कहाँबाट विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् ?



यो एकेडमी कोशी प्रदेश भरीका विद्यार्थीहरुको लागि रोजाईको एकेडेमी वनेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, धनकुटा,  तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुरलगायतका जिल्लाका विद्यार्थीहरुको लागि धरानमा उत्कृष्ट अध्ययन गर्ने शेैक्षिक केन्द्रको रुपमा स्थापित भएको छ ।

धरानको पुरानो इतिहाँस बोकेको शैक्षिक संस्था भएकाले पनि विद्यार्थीहरु टाढा टाढाबाट अध्ययन गर्न यहाँ आउने गरेका छन् ।  सोही अनुरुप हामीले शिक्षा पनि प्रदान गर्दै आएका छौं ।  यो वर्ष मात्रै यहाँ अध्ययन गरेका विद्यार्थीहरुले  उच्चशिक्षा अध्ययन गर्नको लागि सफल भएका छन् । यही वर्ष मात्रै २ जना विद्यार्थीले एमविविएस अध्ययन गर्नको लागि नाम निकाल्न सफल भएका छन् । ३ जना विद्यार्थीले सीए कोर्ष गर्नको लागि सफल भए भने  धेैरै विद्यार्थीहरु छन्, जस्ले यहाँ पढेर उज्वल भविष्य वनाउन सफल वनेका छन् । त्यसै गरि धरानकै इतिहाँसमा पहिलो पटक भनेर हामी दावी गर्दछौ । एम्स एकेडेमीमा नै पढेर फिलिपिन्समा गई पाइलट कोर्ष गर्न सफल पुर्णिमा विश्वकर्मा धरानकै हुन् । भखरै मात्रै विश्वकर्माले पाइलट कोष सक्नु भएको छ । यस अर्थमा हामी विद्यार्थीलाई उस्को रुची र भविष्यको लागि पनि काउन्सिलिङ गर्ने गरेका छौं । जीवन उपयोगी शिक्षाको महत्वको वारेमा विद्यार्थीलाई उत्पे्रररण दिनु गरेका छौं । जस्ले उनीहरुको जीवन अघि वढाउनको लागि सह जबनेको छ ।  

हामीसँग नेशनल मल्टिपल कलेज पनि रहेको छ । जुन कलेजमा विएड आइटी पढाई पनि हुन्छ र हाल ५० जना विद्यार्थी अध्ययन गरिरहेकाछन् ।

  •    एकेडेमीको आगामी योजना के छ त ?

निश्चित रुपमा अहिलेसम्म हामीले जुन विषयहरु अध्ययन गराईरहेको छौ, त्यो विषय पढेर जाने विद्यार्थीहरु एकदमै सफल पनि वनेका छन् । अव हामी होटल म्यानेजमेण्टका संस्थाहरुसँग कार्यगत एकता पनि गर्दैछौं । जस्ले गर्दा आउने दिनमा एकेडेमीका विद्यार्थीलाई थप सजिलो वनोस भन्ने चाहना हाम्रो हो । हामी समय सापेक्ष  सुधारको बाटो तिर पनि छौं । गुणस्तरीय शिक्षाको लागि धरानको एम्स एकेडेमीलाई उदाहरणको रुपमा आगामी दिनमा प्रस्तुत गर्दै अघि वढ्ने प्रण पनि गरेका छौं ।  

  •  नेत्र सुवेदी

 एकेडेमीक डाइरेक्टर 

 एम्स एकेडेमी धरान १२