धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ र वडाध्यक्षहरु वीचको आन्तरिक विवाद वढ्दै गएको छ । विवादकै कारण पटक–पटक कार्यपालिका वैठक स्थगित हुँदै आएको छ । 

विवादकै कारण वैठक वस्न नसक्दा बार्षिक कार्य योजनाहरु प्रभावित हुने देखिएको छ । धरानवासीमा अव धरानको भाग्य र भविष्य के हो भनेर चिन्ता थपिन थालेको छ । त्यसैले मेयर र जनप्रतिनिधीहरुको पनि आलोचना उतिकै हँुदैं आएको छ । 

यसै सन्दर्भमा  विजयपुरखबरले धरान उपमहानगरपालिका वडा नम्वर–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलाई मेयर र वडाध्यक्ष वीचको आन्तरिक विवाद समाधान कहिले हुन्छ भनेर सोधका छौ । 

 धरान उमपहानगरपालिकाको मेयर र वडाध्यक्षवीचको यो लडाई कहिल्यसम्म हो ? 

 हामी नेतृत्वकर्ताले सहज, सरल र संयमता अपनाउनु पर्छ । हामीमा जवसम्म संयमता अपनाउनु सक्दैनौ केही पनि गर्न सक्दैनौं । सानो  व्यापार व्यवसाय गर्न त यी सव कुरा चाहिन्छ । हरेक कुरा गर्दा पोलिसी चाहिन्छ अनि मात्रै सफल हुन सकिन्छ । पोलिसी वनाउनु पर्छ र मान्नु पर्छ । त्यसका लागि सहकार्य, समन्वय, सहनशीलता र नेतृत्वको बोली र व्यवहारले प्रभाव पार्छ । यी कुराको धरान उपमहानगरपालिकामा कमी भएको कारण यसरी हामी नेतृत्वकर्ता वीच नै लडाई भएको छ । यसले वेफाइदा गर्छ ।

तर अव कहिले सहकार्य समन्वय गरेर समस्याको निकास खोज्नु हुन्छ त ? 

नेतृत्वकर्ताले पनि आफ्नो सन्तान हुन भनेर सोच्नु पर्छ । हामीले पनि साना तिना कुरालाई सन्तान भएर पचाउनु सक्नु पर्छ । तर अहिले हामी वीचमा नै त्यो छैन, आफैमा को भन्दा को कम भन्ने अहमता छ । जस्ले गर्दा गलत सन्देश गएको छ । हाम्रो पनि वेइज्जत भएको छ । विवाद लम्विदै जाँदा समस्या हुन्छ । विवाद सप्तरंगी पार्कको विषयले गर्दा चुलिँदै गएको हो र्।  कार्यपालिका सदस्यले वोल्दा वोल्दै वीचैमा ल अव भोट माग्ने काम नगर्नुस् भनेर नगर प्रमुख ज्युले भन्नु भयो र वैठक नै स्थगित भयो । यस्ता कुराहरुलाई अव नेतृत्वकर्ता र कार्यपालिका सदस्यहरुले मिलेर अघि वढौ र काम गरौं भनेर गएको भए सकि पनि हाल्थ्यो । यस्ता साना कुराहरु वढ्दै गयो । वडाध्यक्षलाई स्पष्टिकरण मागियो । मेयरको सहयोगीले लेखेको चिठीको विषयमा झन मेयरसँग विवाद बढ्दै गयो । यस्ता कुरालाई बखेडा झिकेर सधैं रडाको गर्नु हुँदैन । यसलाई वसेर छलफल गरि अघि वढ्नु पर्छ र वैठकद्धारा नै निकास खोजिनु पर्छ । सहकार्य समन्वयको लागि हामी कार्यपालिका वैठकमा पनि वस्छौं । हाम्रा कुराहरु पनिप्रस्तुत हुन्छ तर साना साना कुरामा बखेडा आउँछ । वास्तवमा धरान उपमहानगरपालिका त सवैभन्दा पावरफुल भएर आउनु पथ्र्यो तर त्यसो हुन सकिरहेको छैन । यस नेतृत्व धेरै गम्भीर हुनु जरुरी छ ।

 तपाईहरुवीचको आन्तरिक लडाईले धरानको विकासमा समस्या हुने भयो त ? 

दुख दायी कुरा यही हो । मैले चाहिँ छातीमा हात राखेर भन्ने हो भने यो जुन पानीको लागि अभियान हो, यो मेरा लागि चाहिँ सह्रानीय काम हो । भित्री कुरा के छ ? मलाई थाहा भएन । तर पानीको विषयमा चिन्तित भएर लाग्नु राम्रो काम हो । खानेपानीको समस्या हो । समस्याको समाधान जो कोहीले गर्नै पर्छ । तर गर्ने क्रममा आफ्नो क्राइट एरिया के–के हुन् र पुरा कसरी गर्नु पर्छ, त्यो पनि ख्याल गर्नु पर्छ । तर पानीको विषयमा भन्नु पर्दा मेयरले एकदमै गम्भीर भएर लाग्नु भएको छ । मलाई त यस भन्दा अघिका नेतृत्वकर्ताहरुले गर्न नसक्दा दुख लाग्छ । उहाँले जहाँ जहाँ पानीको मुहान भेटिन्छ । त्यसलाई पाइप मार्फत ट्याङ्कीसम्म जोडनु भएको छ । पानीलाई नियन्त्रण गर्न खोज्नु भएको छ । म आफैं खोला खोला कुदेको छु । मेयरसावको काम राम्रो हो तर अलिकति सहनशीलता भएन । एउटाले केहीँ भनि हाल्यो भने छिन भरमा रिप्लाई दिईहाल्ने । यो तरीका गर्नु भएन । अव छोराछोरी घुर्काउने भनेको त बुवा आमालाई नै हो । नगर पिता भनेको त नगर प्रमुख र उप–प्रमुख नै हो । विधी र प्रक्रियागत कुरालाई पनि मनन गर्नु पर्छ । अरु योजनाहरु पनि  सवैसँग समन्वय र सहकार्य गरेर धरानको हरेक विकास निर्माणको काममा नेतृत्वकर्ताले नै विचार पु¥याउनु पर्छ । अव धरानको भाग्य र भविष्य कोर्नको लागि हामी दुई पक्ष नै गम्भीर वन्नु पर्छ । हामीमा भएको कमी कमजोरीलाई हामीले नै सच्याउनु  पर्छ र मेयरले पनि आफु नै  सर्वेसर्वा हो भनेर घमण्ड गर्नु हुँदैन । 

सचिवालयले वडाध्यक्षलाई पत्राचार गरेको विषयलाई कमीकमजोरी भयो भनेर आफुलाई सुधार गर्नु पर्छ । मेरो कमी कमजोरी पनि फिर्ता लिन्छु अव तपाईहरुले पनि फिर्ता लिनु पर्छ भनेर मेयर स्वयम्ले नै भुमिका खेल्नु पर्छ ।  धरानको भविष्य त अन्धकार वनाउनु भनेको हामी असफल हुनु हो । फलाना पार्टीको भनेर हुँदैन । पार्टीगत दृष्टिले हेर्नु हुँदैन । अहिलेको समस्याको समाधान नगर प्रमुखले नै मिलाउनु पर्छ । उहाँलाई त यो अवसर हो । उहाँले मेरो सचिवालयले काटेको चिठी फिर्ता गरे र तपाईहरु पनि आफ्नो अडान फिर्ता लिनुस् भनेर अघि वढ्ने हो भने १० मिनेटमा नै समस्याको समाधान हुन्छ । दुई पक्ष कुर्सीमा वसेर समाधान खोज्नु पर्छ र धरानलाई कस्तो वनाउने भनेर भिजनसहित अघि वढ्नु पर्छ । 

अहिलेसम्म त मिलेर अघि वढ्ने छाटकाँट देखिदैन त ?  

अव यसको जिम्मेवारी त मैले पनि लिनु पर्छ । यसको समाधानको लागि धरानको स्वतन्तत्र समाज कुमार वहादुर कार्की, धरानका पुर्व मेयरसहित उद्योग वाणिज्य संघलगायत वुद्धिजीविहरुले भुमिका निर्वाह गर्दै हुनु हुन्छ भन्ने कुरा आएको छ । यो राम्रो कुरा हो । धरानलाई वनाउनको लागि चाँडै  मिल्नु पर्छ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । हामीले नगर प्रमुखलाई सफल वनाउनु पर्छ । नगर प्रमुख असफल हुनु नै धरान असफल हुनु हो । मेयर हर्कराज राई अभियानवाट आउनु भएको मान्छे हो । हिजो धराने जनतालाई नै सुचित गराउँदै हिँडेर दुख गरेर धरानको नगर प्रमुख हुनु भएको छ । उहाँलाई सहयोग गर्न पर्छ । अव उहाँले विगतका कुराहरुलाई विर्सेर नयाँ शिराबाट अघि वढ्नु पर्छ अनि मात्रै राम्रो हुने छ । 

तर मेयरले अहिले जुन श्रम अभियान मार्फत आएको सहयोग रकम र कार्यशैलीे विषयमा पनि आलोचना शुरु भएको छ नी ? खानेपानी बोर्ड र कार्यपालिकामा निर्णय गरेर अभियान हुनु पदैंन ? 

धेरै कुराहरु आएको छ र आलोचना पनि भएको छ । सञ्चारमाध्यममा दिएको अभिव्यक्ति जुन कुरा आएको छ । मेयरले विधी प्रक्रियामा नै जानु पर्छ । सहयोग रकम वैंक मार्फत नै खर्च गरिनु पर्छ, त्यसरी हुँदैन । भोलीको दिनमा अप्ठ्यारो पर्छ । योजनाहरुको डिपाआर वनाउनु पर्छ । उहाँले दिएको वैंक मार्फत जाँदा अनि डिपीआर गर्दा झन्झटिलो हुन्छ भन्ने कुरा गलत हो । सिस्टममा त जानै पर्छ । मुलुकको कानुन छ । कानुनले दिएका कुरालाई मान्नु पर्छ । अझ स्थानीय सरकारले कानुन वनाउने आफ्नै अधिकार छ । कार्यपालिका वैठकमा वसेर कानुन वनाआंै । देश विदेशबाट आएको सहयोग रकमको विषयमा विश्वास दिलाउनु पर्छ । अहिले नै विश्वास दिलाउन सकिएन भने पछि फेरी गाह्रो हुने छ । त्यसैले हामी सवै मिलेर अघि वढ्नु पर्छ ।