जीवन घिमिरे । ०३६ सालमा झापा शिवगञ्जको जनआदर्श माविको स्ववियु सभापतिबाट उनको राजनीतिक यात्रा शुरु भयो । ०३५ सालमा पार्टीमा आबद्ध भएदेखि अनवरतरुपमा राजनीतिमा रहेका घिमिरे अहिले एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ को सह -इन्चार्जको भूमिकामा छन् । 

घिमिरे ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाचित भए । ०७४ फागुनमा शेरधन राई नेतृत्वको पहिलो प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत रहेका घिमिरेले प्रदेश सरकारमा रहँदा ३ वर्ष समग्र प्रदेशको विकासमा आफ्नो ध्यान केन्द्रीत गरे । विकास प्रेमी नेता घिमिरे आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ ४ (ख) मा नेकपा एमालेबाट उम्मेदवार छन । एमाले उम्मेदवार घिमिरेसँग गरिएको कुराकानीको सारसंक्षेप ः 

चुनावी अभियान कसरी चलिरहेको छ ?

घरदैलो र भेटघाट कार्यक्रम करिव ९५ प्रतिशत सकिएको छ । मनोनयन दर्ता पछि नै मतदाता कहाँ भेट्ने, घरदैलो गर्ने काम निरन्तर रह्यो । निर्वाचन आयोगको आचारसंहिता अनुसार कात्तिक १७ देखि टोल सभा, कोणसभाहरु भईरहेका छन् । निर्वाचन क्षेत्र अन्र्तगतका विराटनगर १, २, ३, ८, १०, कटहरी १, २ र ३ मा घरदैलो, मतदाता भेट, कोणसभा, टोलसभा लगायतका कामहरु भईरहेका छन् । 

तपाईका विरुद्ध गठबन्धन उम्मेदवार छन् ? मतदाताकहाँ पुग्दा कस्तो महसुस भईरहेको छ ?

मेरो क्षेत्रमा गठबन्धन हुनु र नहुनुको तात्वीक अर्थ छैन । यसलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको मतपरिणामले पनि देखाएको छ । ०७४ को प्रदेशसभा निर्वाचनमा म उम्मेदवार हुँदै गर्दा एमालेले मोरङ ४ (ख) को निर्वाचन क्षेत्रमा एउटा वडा जितेको थियो । अहिले एउटा वडाका ५ जना सदस्य वाहेक सवै वडाहरु एमालेले जितेको छ । यो जित गठबन्धनका बाबजुतको जित हो । अघिल्लो निर्वाचनमा प्रतिकुल अवस्थामा मैले भारी मतान्तरमा जितेको निर्वाचन क्षेत्र हो । यसले पनि मेरो जितको आधार देखाई रहेको छ । मतदाताका घर–घरमा पुग्दा छुट्टै उत्साह छ । सवैले मायाँ गर्नु भएको छ । तपाई काम गर्ने नेता हो भन्नुहुन्छ । अवसर पाउँदा कसरी काम गर्न सकिन्छ भन्नेकुरा तपाईबाट देखिएको छ भन्नुहुन्छ । पहिलेको निर्वाचनमा भन्दा यस पटक उत्साहित छु । 

एमाले विरुद्ध तपाइँको क्षेत्रमा गठबन्धन छ नी ?

मेरो क्षेत्रमा गठबन्धनलाई स्थानीय तह निर्वाचनमा पराजित गरिसकेको अवस्था छ । त्यसैले गठबन्धन सुन्नमा प्रिय लाग्ला तर निर्वाचन क्षेत्रमा गठबन्धन छैन । त्यस्तो मैले देखेको छैन । 

तपाईका मुख्य एजेण्डाहरु के–के हुन ?

हामीले हिजो सरकारमा छँदा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारको लागत साँझेदारीमा विराटनगर विमानस्थललाई अन्र्तराष्ट्रिय स्तरको बनाउने भनेर तीनै पक्षवीच साझा सम्झौता भएको छ । जग्गा अधिग्रहणको प्रकृया शुरु भएर बजेट समेत विनियोजन भएको अवस्थामा आज त्यो काम बदर भएको छ । बजेट फिर्ता गएको छ । संघीय सरकारले सम्झौता तोडेको अवस्था छ । यो विराटनगरवासी र प्रदेशबासीका लागि पीडादायी घटना हो । हामी भोली सरकारमा गएपछि हिजो भएको सम्झौता अनुसारको काम अघि बढाउने छौं । 

दोश्रो कुरा विराटनगर आज हरेक सूचकबाट हेर्दा छैठौं नम्वरमा छ । काठमाण्डौं पछिको दोश्रो ठुलो शहरका रुपमा चिनिदै आएको आज किन छैठौं भयो, कस्ले पु¥यायो ? यसको पहिचान गरेर यसको निदान गरि विराटनगरको हैसियत अभिबृद्धि गरिने छ । विराटनगरसँग जोडिएका दुईवटा खोलाहरु छन् । दुईवटै नदी अहिले डम्पिङ साईड भएका छन् । फोहोर फाँक्ने केन्द्र बनेका थिए । म सरकारमा भएको समयमा त्यहाँ फोहोर फाल्नु हुँदैन । यसको रक्षा गर्नुपर्छ भनेर अभियान चलाए । पुस–माघको जाडामा समेत दैनिक २÷३ हजारको सहभागिता भयो । जनतामा खोलामा लगेर फोहोर फाल्नु नहुने रहेछ भन्ने चेतना जगाउन सफल भएको छु । यी खोलाहरुको सौन्दर्यकरण गर्ने मेरो सपना छ । म यी दुई खोलालाई विराटनगरको डम्पिङ साईड हैन विराटनगरको गन्तव्य स्थल बनाउने मेरो लक्ष्य छ । विराटनगरमा १४ वर्षदेखि बेबारिसे अवस्थामा रहेको चक्रपथको काम हामी सरकारमा हुँदा अघि बढेको थियो । तर ठुलो स्केलको काम भएकाले यो पुरा हुन सकेको छैन । यो काम हामी पुरा गर्ने छौं । विराटनगर–कटहरी–बथनाह रेल्वे लामो समयदेखि बेवारिसे अवस्था छ । हामीले नै नेपाल सरकार, भारत सरकार, सरोकारवालाहरुसँग पहल गर्नाले रेल्वे सेवा अव बथनाहबाट भेडियारी सम्म एक–दुई महिनामा रेल आउने अवस्था छ । त्यसको बाँकी खण्ड कटहरी सम्मको काम पुरा गरि रेल सञ्चालन गरिने छ । 

समग्र १ नं. प्रदेशको समृद्धि र विकास हाम्रो उद्देश्य हुनेछ । समृद्धिका आधारहरु हामीले पहिचान गरेका छौं । शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, जलश्रोत, कृषि जस्ता विषयहरु हाम्रो प्राथमिकतामा पर्छन । यसको संरक्षण, सम्र्बद्धन, उपभोग कसरी गर्ने भनेर हामीले योजना बनाएका छौं । 

तपाईका मुख्य चुनौति के छन् ?

मैले त खास चुनौति देखेको छैन । प्रतिष्पर्धा रहित ढंगबाट अघि बढेको छु । पहिलो कुरा त मेरो पार्टीको संगठनात्मक सञ्जाल छ । यस्तो सञ्जाल अरु कसैसँग छैन । टोल तह सम्म हाम्रो संगठनात्मक सञ्जाल छ । पार्टी भित्र एकता छ । पार्टी गतिशिल छ । दोेश्रो कुरा यो निर्वाचन क्षेत्रमा मात्रै हैन १ नं. प्रदेश मै म सरकारमा हुँदा धेरै उल्लेखनिय कामहरु भएका छन् । त्यसै क्रममा यो निर्वाचन क्षेत्रमा दर्जनौं कामहरु यहाँ भएका छन् । म जुनसुकै टोल बस्तीमा गएर पनि मैले यो गरेँ भनेर छाती पिटेर भन्न सक्छु । मेरो कामले जनताको मन जितेको छ । जुन हैसियत अरु कसैले बनाउन सकेका छैनन् । 

तपाईसँगको मुख्यप्रतिष्र्धी विराटनगरका परिचित व्यक्ति हुनुहुन्छ । उहाँले पनि एक कार्यकाल महानगरको नेतृत्व गर्नु भएको छ । उहाँका कामले पनि कत्तिको असर गर्ने देख्नुहुन्छ ?

उहाँका कामले मलाई असर नगर्ला । हामी दुई उम्मेदवारको राजनीतिक जीवनको पनि जनताले अध्ययन गर्नु भएको छ । हामी दुवै उम्मेदवारले जनप्रतिनिधिको जिम्मेवारी पुरा गरिसकेको हुनाले परिचयको पनि अभाव छैन । दुवै उम्मेदवार के हुन कस्ता हुन ? कस्ले कति गर्न सक्छ, सक्दैन भन्ने कुरा जनसमक्ष प्रष्ट छ । जनप्रतिनिधि भएर मात्रै पनि भएन । जिम्मेवारीमा बस्नु, ओहोदामा पुग्नु मात्रैलाई काम गरेको भन्न मिल्दैन । जनताको पक्षमा काम गरेर जनविश्वास आर्जन गरेको हुनुप¥यो । 

तपाई मुख्यमन्त्रीको आकांक्षी पनि हो नी ?

यतिबेला मुख्यमन्त्री को हुने भनेर बहस गरिहाल्ने समय हो जस्तो मलाई लाग्दैन । अहिले चुनावी अभियानमा छु । त्यसपछि मुख्यमन्त्री बन्नका लागि चाहिने आवस्यक संख्या पनि हामीले पु¥याउनु प¥यो । म पार्टीको प्रदेशको सहइन्चार्ज पनि हो । मेरो निर्वाचन क्षेत्र मात्रै हैन ५६ वटै निर्वाचन क्षेत्रमा मेरो ध्यान बहुमत कसरी ल्याउन सकिन्छ भनेर हामी लागि रहेको अवस्था पनि छ । जव निर्वाचनको परिणाम आउँछ त्यसपछि मात्रै यस विषयमा प्रवेश गर्छौ ।