धरान / कुमार कार्की मंसिर ४ गतेको निर्वाचनको लागि संघीय स्वतन्त्र उम्मेदवार भएर सुनसरी क्षेत्र नम्बर १ को चुनावी मैदानमा हुनु हुन्छ ।
कार्कीले ७ वर्ष अघि निकै महत्वकाँक्षी योजना अघि सार्नु भएको थियो । पत्रकार सम्मेलन नै गरि सरकारलाई नै चुनौती दिएर सुकुम्वासीले देशै भरीबाट १ रुपैयाँ संकलन गरेर राष्ट्रिय अस्पताल वनाउने भनेर धरानबाट अभियान नै चलाउनु भएको थियो । पैसा पनि उठाए पनि उक्त योजना के भयो अहिलेसम्म बेखवर छ ।
अहिले उहाँ चुनावी मैदानमा हुँदा त्यो अभियानले आफैंलाई गलपासो  भएको छ । उहाँ आलोचित वन्न पुग्नु भएको छ । उहाँको अभियान न त पुरा हुन सक्यो नत अहिले सम्म संकलन गरेको १ रुपैयाँ अभियानको खर्च नै सार्वजनिक गर्नु भएको छ ।
सुकुम्वासीलाई ढाल वनाएर कार्कीले कमाइखाने भाँडो वनाएको आरोप उहाँमाथि आउदैं गरेको छ । कार्कीको पृष्ठभूमि सुकुम्वासीलाई आधार वनाएर उदाएका हुन् । धरान निवासी कार्कीलाई सुकुम्वासी नेताको रुपमा पहिचान वनाउनु भएको हो । हाल उहाँ नेपाल वसोवास वस्ती संरक्षण समाजको केन्दी्रय अध्यक्ष समेत रहनु भएको छ ।
कार्कीले सुकुम्वासीको हक अधिकारको लागि आफु अहोरात्र लागि परेको दावी गर्दै सुकुम्वासीको एजेण्डालाई नै प्राथमिकता वनाएर मंसिर ४ गतेको चुनावमा प्रतिनिधि सभखभ सदस्यमा उठनु भएको छ । त्यहीँ सुकुम्वासीको एजेण्डा नै आफ्नो दरिलो आधार भएको कार्कीको रहेको छ । चुनावी मैदानमा सुकुम्वासी वस्ती–वस्तीमा जग्गाधनी पुर्जा ग्यारेण्टी गर्ने प्रतिवद्धता र झुठा आश्वसन समेत वाड्दै हिड्नु भएको छ । तर सकुम्वासकिो नाममा उठाएको पैसाको हिसाव सार्वजनिक गर्नु भएको छैन् ।  
धरानका एक सुकम्वासीले भने, ‘हामी जहाँको त्यहाँ छौ, तर हाम्रो सुकुम्वासी नेता चिल्लो गाडी र आलिसान महलमा वस्ने भएका छन्, उनले हाम्रो लागि होइन आफ्नै लागि कमाउने काम गर्दैछन्, यस्ता नेताबाट सुकुम्वासीले के आसा गर्ने ?’
स्वतन्त्र उम्मेदवारले संघीय सदस्य भएर कति नीति निर्माण तहमा पहुँच र निर्णायक भुमिका खेल्न सक्छन् भन्ने कुरा भने उनी स्वयम्ले हेक्का राख्नु भएको छैन् । उहाँलाई नै जिताउने भनेर लागि परेको निकटम् सहयात्री पनि उहाँलाई साथ छाडन थालेका छन् ।  उहाँको नजिकका सहयात्री अहिले लोकतान्त्रिक वाम गठवन्धनको उम्मेदवारलाई जिताउन उम्मेदवारसँगै मत माग्न थाल्नु भएको छ ।  नाम नबताउने सर्तमा ती नेताले भन्नु भयो–‘प्रतिनिधी सभामा स्वतन्त्रको काम छैन् । दलिय राज्य व्यवस्थामा दलका प्रभावशाली नेतालाई जिताउदा हाम्रो क्षेत्रको विकास हुन्छ ।’
यता कार्कीले एक रुपैया संकलन गरेर अस्पताल बनाउने अभियानबारे फेसबुकमा स्टाटस् लेख्दैं धरानको राष्ट्रिय वाणिज्य बैकमा सुरक्षित भएको भन्दैं खोजी गर्न खाता नं. सार्वजनिक गर्नु भएको छ । उम्मेदवार भएर पनि उहाँले विगतमा गरेको गतिविधीबारे प्रष्ट नपार्नु उहाँको नियतमा खोट भएको चर्चा चल्न थालेको छ ।