नेपालको राजनिति ईतिहासमा नेपालीहरुले लामो समयसम्म सडक आन्दोलन गर्दै आए । यो मुलुकमा जनताको तहबाट संविधान बनिनु पर्दछ । राजा महाराजाहरुले बनाएका संविधान खारेजी हुनुपर्दछ । एउटा किसानको छोरा वा छोरी राष्ट्रको प्रमुख बनिन पाउनुपर्दछ । जनताद्धारा चुनिएको व्यक्ति सरकार प्रमुख बन्ने व्यवस्था हुनुपर्दछ । राजाको छोरा फेरि राजा हुने व्यवस्था मुलुकबाट हटिनुपर्दछ । टीका लगाईदिएर सरकार प्रमुख बनिने व्यवस्था सदा सदाका लागि हटिनुपर्दछ । उल्लेखित मागहरुलाई पुरा गर्न सडकको आन्दोलनले नपुगेर कतिपय राजनितिक पार्टीहरुले बन्दुक समेत राज्यविरुद्ध उठाए । नेपाली जनताको आन्दोलनले जित्यो । राजामहाराजाहरु यो मुलुकबाट सदा सदाका लागि विदा भए । मुलुक संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषीत भयो । लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जनताद्धारा चुनिएका जनप्रतिनिधिहरुले बनाउन सफल भए । जनताको तहबाट बनिएको संविधानले परिकल्पना गरेअनुसारको स्थानिय सरकारको निर्वाचन केही महिना अगाडि सम्पन्न भएको छ ।

गत मंसिर १० गते र २१ गतेका दिन जनताद्धारा बनाइएको संविधान अनुसार प्रादेशिक एंव राष्ट्रिय निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट आएका नतिजाहरु पनि प्रत्यक्षतर्फ घोषणा भईसकेका छन् । समानुपातिक तर्फको मत गणना जारि छ । सम्वतः यो विचार सम्प्रेषण भएको दिनसम्ममा नतिजा पनि आईसक्नेछन् ।
नेपाली जनता जाल झेल षडयन्त्र गर्न जान्दैनन् । आफ्नो राष्ट्रका निमित्त ज्यान दिन तयार छन् । ईतिहासमा त्यो समयको साम्राज्यवादी मुलुक वेलायत देश संसारका राज्यहरुलाई उपनिवेश बनाएको थियो । तर हाम्रा पुर्खाहरुले अंग्रेजसित कालापानी युद्ध लडेर नेपाल छिर्न दिएका थिएनन् । नेपालीहरुका शिर सदा खडा, उच्च रहदै आएको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनको ईतिहासमा राष्ट्रवादी दृष्टिकोण जालझेल रहित समाजको परिकल्पना सहित वि.स.२००६ सालमा स्व.पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेताहरुले त्यहि माक्सवादका अनेकौं व्याख्या गरी आफ्ना आफ्ना डम्फु बजाउदै अनेकौं पार्टीहरुमा विभाजित हुदै आए । मुलुकमा धेरै वटा कम्युनिष्ट पार्टीहरु बनिए ।
नेपालमा अनेकौं पटक निर्वाचन भए । सबै निर्वाचनहरुको परिणामले बताउथ्यो कि नेपालीहरुको मत बामपन्थिहरुमा नै छ । अफसोच धेरै वटा कम्युनिष्ट पार्टीहरु भएका कारण मत विभाजन भई राष्ट्रिय सरकारको नेतृत्व गैर कम्युनिष्ट पार्टीहरुको नेतृत्वमा जाने गर्दथ्यो ।
यो संविधान अनुसार प्रादेशिक तथा राष्ट्रिय निर्वाचन अगाडि नेकपा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओली तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष्य प्रचण्डले नेपाली जनताको मनोवैज्ञानिक म्यान्डेटलाई मध्यनजर राखेर संयुक्त चुनाव लड्ने योजना आफ्नो आफ्नो पार्टीमा सहमति गराउन सफल भए । दुई पार्टी एक बनाउनुपर्दछ भन्ने तहसम्म उनीहरु पुगे । बामगठबन्धनका आधारमा निर्वाचन अगाडि बढाईयो । अध्यक्ष केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डले अगाडि सारेको कदमलाई नेपाली जनताले मन खोलेर स्वागत गरे । नेपाली जनता आजित थिए की हरेक गरेर जनप्रतिनिधिहरु माथि पठायो । प्रगतिशिल पक्षका विचमा नै तेरो मेरो गरेर शक्ति विभाजन हुन्थ्यो । कुनै पनि पार्टीहरुले स्पष्ट बहुमत प्राप्त गर्न नसक्दा सधै सरकार अस्थिर रहन्थ्यो । सरकारले नै अस्थिर रहने हुदा राज्यका संयन्त्रहरु आफ्नो काममा विलम्ब अनियमितता आदिमा फस्दै जान्थे । जनताका काममा ढिला सुस्ती हुने गर्दथ्यो । मुलुक भ्रष्टचारबाटमुक्त हुदैनथ्यो ।
यही कारण नेपाली जनता भरपर्दौ तथा स्थिर सरकार निर्माण गर्न सक्ने पार्टीको माग गरिरहेका थिए । जनताका मागलाई एमाले अध्यक्ष केपी ओलीले नेतृत्व गरे । एमाले तथा माओवादी केन्द्रलाई वामगठबन्धनसहित चुनाव लड्न तयारी बनाउन उनी सफल भए ।
निर्वाचन चलिरहदा जनताले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रिका रुपमा हेरे । अर्काको सहारामा केपी शर्मा ओली प्रधानमन्त्रि भएको समयमा केपी ओलीद्धारा गरिएका कामलाई जनताले सम्झिए । ढुकुटी अरु अरु प्रधानमन्त्रि बनिएको समयकै थियो । त्यही ढुुकुटीबाट राज्यका कर्मचारिहरुलाई पुग्ने तलब दिनुपर्दछ भन्ने मान्यता सहित कर्मचारिहरुको तलब भत्ता बढाईदिए । देशवासी वृद्ध बाबा आमाको वृद्ध भत्ता बढाईदिए । एकल महिलाप्रति राज्यले सम्मान गर्ने थिति बसाए । जनताले निर्वाचन चलिरहेकै समयमा भने त्यो समयमा त केपी शर्मा ओलीको नेतृत्वमा त्यति धेरै जनप्रक्ष्यको काम गरिएको थियो भने स्पष्ट बहुमत सरकारको नेतृत्व गर्ने मौका केपी शर्मा ओलीलाई दिने हो भने निश्चित छ नेपालीहरुको आर्थिक स्तर वृद्धि हुनेछ । देशले विकास पाउनेछ । केपी शर्मा ओली प्रधानमन्त्रि बनेको समयमा छिमेकी मुलुक भारतले नाकाबन्दी जस्ता नकारात्मक काम गरेको थियो । जसलाई केपी ओलीले भारतसामु घुडा टेकेन् । अनततः भारतले नै त्यो काम फिर्ता गर्यो । यीनै यीनै कारणबाट नेपाली जनताले केपी शर्मा ओलीलाई मौजुदा नेपाली राजनितिक पार्टीका नेताहरु मध्ये राष्ट्रवादी जनप्रिय, असल राजनेताका रुपमा चिन्दै र बुझदै गए । निर्वाचन चलिरहेको थियो मेची महाकालीका विभिन्न थलोमा केपी शर्मा ओलीलाई नै बोलाईने गर्दथ्यो । सवै वोलाईएको ठांउहरुमा निर्वाचनको प्रचार गरे । उनका भाषण साधारण भन्दा साधारण मानिसले पनि बुझने हुदा भाषण नसकुन्जलेसम्म ध्यान दिएर सुन्दथे । माथिका उल्लेखित कारणहरुका आधारमा बामगठबन्धनले दुई तिहाई वहुमत परिणाम प्राप्त गर्दै गएको देखिन्छ । र नेपाली जनताले एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीलाई भावि प्रधानमन्त्रि हुने कुरामा पुर्ण विश्वासका साथ बधाई तथा शुभकामना दिईरहेको पाईन्छ ।
यता प्रदेश न.१ भित्र जम्मा १४ वटा जिल्लाहरु पर्दछन् । ताप्लेजुङ, पांचथर, ईलाम, झापा, शंखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ गरी जम्मा ११ वटा जिल्लाहरुमा बामगठबन्धनले प्रदेश सभाको सदस्यमा अरु पार्टीलाई प्रवेश निषेध गरे । सुनसरी जिल्लामा ८ प्रदेशसभा सदस्यमध्ये ५ प्रदेश सभा सदस्य बामगठबन्धनको पोल्टामा छ । तीन जना मात्र नेपाली कांग्रेसको भागमा परेको छ ।
मोरङ जिल्लामा १२ प्रदेश सदस्य मध्ये बामगठबन्धनको ८, कांगे्रसको भागमा भने ४ परेको छ । यस्तै, उदयपुर जिल्लामा ४ प्रदेश सभा सदस्य मध्ये वामको भागमा २, स्वतन्त्रको भागमा १ तथा नेपाली कांग्रेसको भागमा १ जना प्रदेश सदस्य रहेको छ । जम्मा ५६ जना प्रत्यक्ष तर्फका सिट मध्ये एमालेको भागमा ४७ जना छन भने ८ कांग्रेस, १ स्वतन्त्र रहेको देखिन्छ । समानुपातीक नतिजा पनि आउने क्रम जारि छ । समानुपातिक मत पनि बामगठबन्धनमय नै देखिन्छ । यसो हुदा यो प्रदेशमा बामपन्थिहरुको लोकप्रिय सरकार बनिनु गईरहेको र यस्तो सरकार पहिलो भएका कारण जताततै अवका मुख्य मन्त्रि को हुनेछन् ? प्रश्नहरु सबैका विचमा हुनु स्वाभाविकै छ ।
प्रदेशमा विजयी हुनेहरु सदस्यहरुमा भिमप्रसाद आचार्य, टंक आङवुहाङ, गणेश काङवाङ, जिवन घिमिरे, राजेन्द्र कुमार राई, सर्वध्वज सांवा, प्रदिप भण्डारी, तुलसी प्रसाद न्यौपाने, जगदीश कुशीयत जस्ता हस्तिहरु रहेका छन् । मुख्य मन्त्रि एमाले तर्फका नेताहरु मध्ये एकले पाउने निश्चित देखिन्छ । केपी शर्मा ओलीका विश्वास पात्र शेरधन हुन् । भिम प्रसाद आचार्य र अध्यक्ष केपी ओलीका विच सम्वन्ध राम्रो छैन् । शेरधन पुर्व सञ्चार मन्त्रि पनि हुन् । पार्टीको पोलिटव्युरो सदस्य पनि हुन् । यसकारण अवका मुख्य मन्त्रि शेरधन हुन भने व्याख्या गर्नेहरु प्रशस्त मात्रामा भेटिन्छन् ।
नेकपा एमालेका पुराना लिडरहरुको तर्क छ कि पार्टीमा भिम आचार्य यो १ न. प्रदेशमा धेरै दुख गरेका छन् । भिम आचार्यको पिछाडिका दिनहरुको भुमिकालाई मात्रै हेरेर मुल्यांकन गर्न बसियो भने त्यो अपुरो हुनेछ । उनी पार्टीको संस्थापन लाईनबाट कहिल्यै पनि बाहिर छैनन् । स्व.मदन भण्डारीको नेतृत्वमा पार्टी अगाडि बढाईरहेको बेलामा उनी विद्यार्थी क्षेत्रका महासचिव थिए । टंक कार्कीहरुले पार्टी विपरित गतिविधि गरिरहदा पार्टी लाईनको काम विद्यार्थीका विच स्थापित गराउने उनै भिम आचार्य हुन । त्यतिबेला उनीलाई मदन भण्डारीसित जोडेर व्याख्या गरिन्थ्यो । माधव नेपाल महासचिव भएको समयमा उनका किचन क्याविनेटकै सदस्यका रुपमा भिम आचार्यलाई चिन्दथे । झलनाथ खनाल अध्यक्ष भएपछि झलनाथका मुख्य सल्लाहाकार नै भिम आचार्य भनि बुझदथे । यो समयमा केपी शर्मा ओली अध्यक्ष छन् । १ न.प्रदेशका प्रमुख भिम आचार्य नै हुन् । अध्यक्ष र प्रदेश प्रमुखको सम्वन्ध मुल शरीर र हातखुट्टाकाविच हुने सम्वन्ध जस्तै हो । यसकारण केपी शर्मा ओली र भिम आचार्यका विच सम्वन्ध राम्रो छैन भनेर कसरी भन्ने ? केपी शर्मा ओलीले नै भिम आचार्य पुराना हुन् । ईतिहास कायम गरेका हुन् । यो क्षेत्रको नेतृत्व गर्ने हैसियत उनीमा छ भनि प्रदेश प्रमुख बनाएका हैनन र ? भिम प्रसाद आचार्यको सम्बन्धमा व्याख्या गर्ने क्रममा प्रतिप्रश्न उठाए । उनले अझै थपे भिम आचार्य पार्टी फुटको समयमा सधै अडिग भएर बसे । सुनसरी पार्टी सचिव, कोशी अञ्चल ईञ्चार्ज, पार्टी केन्द्रिय कार्यलय सचिव, संसद भित्र मुख्य सचेतक, पार्टी केन्द्रिय कमिटीको वर्तमान सचिव, प्रदेश १ का प्रदेश प्रमुख जस्ता जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने आईरहेका छन् । उनी नेपाल सरकारका पुर्व मन्त्रि पनि हुन् । हालमा १ न.प्रदेशमा जो नतिजा आयो । नतिजालाई सतप्रतिशत राम्रो नतिजा मान्नु सकिन्छ । यो नतिजाको पहिलो श्रेय त एमाले भित्रका नेताहरु मध्ये भिम आचार्यलाई नै जान्छ । अनि मात्र अरुले श्रेय पाउनेछन् । उनीका अनुसार शेरधन यसपालिका प्रदेशका दोश्रा व्यक्ति हुनेछन् । पार्टीले त्यहि अनुसार बढाउनु पनि राम्रो हुन्छ । अर्को पालीका मुख्य मन्त्रिका रुपमा विस्तारै अगाडि सार्नु पर्दछ । उनको राजनितिक जिवन लामो छ । यसरी गईएमा शेरधन प्रदेश प्रमुख मात्र हैन नेपालका प्रधानमन्त्रि पनि बनिने छन् । कतिपयको व्याख्या सुनिन्छ । सुनसरी भिम आचार्यको ठांउ हो । त्यो ठांउबाट कांग्रेसले जित्यो । अरु ठांउमा एमालेले राम्रो जितेको छ । भिम आचार्यको मुल्यांकनमा धक्का पर्न सक्छ । यसरी जसजसले व्याख्या गरेका छन् । उनीहरु राजनितिकको गहिरो विश्लेषक हैनन भनेर बुझदा हुन्छ । सुनसरी र मोरङ नेपाली कांग्रेसको राजधानि हो । विपि कोईराला, गिरिजा प्रसाद कोईराला, मातृका प्रसाद कोईराला जस्ताले प्रभाव पारेको ठांउ हो । यसपालि सुनसरी र मोरंमा चुनाव लड्नेहरु सबै पुर्व तथा वर्तमान मन्त्रिहरु थिए । विजयकुमार गच्छदार, ज्ञानेन्द्र वहादुर कार्की, सिताराम मेहता, सबै वहालवाला मन्त्रि हुन् । कोईरालाहरुको विरासत तोड्ने वहालवाला मन्त्रिहरुको विपक्षमा धेरै मत ल्याएर कांग्रेसको राजधानिलाई लालकिल्ला बनाउन चानचुने कुरा हैन् । गच्छदारजस्ता जडा गाडेर बसेको व्यक्तिलाई आवाकावा पार्ने भगवती चौधरी जस्ता कार्यकर्ता जन्माउने, मन्त्रि उठेकै स्थानबाट जगदिश कुशियत, सर्वध्वज सांवा, लिलम वस्नेत जस्ता नेताहरुलाई जिताउने संगठक भिम प्रसाद आचार्यसित अरु अरु नेताको नाम जोड्न मिल्छ र ? यी कुरा सबै नेकपा एमालेका टप लिडरहरुलाई राम्ररी थाहा छ । पार्टीमा विश्लेषण हुदा यही ढंगबाट गरिन्छ । यसकारण यसपालिको १ न.प्रदेशका मुख्य मन्त्रि भिम प्रसाद आचार्य नै हुन् । उनले आफ्नो तर्क ढुक्कका साथ प्रस्तुत गरे । जे होस सबै विजयी बामनेताहरु बधाई एंव शुभकामना छ ।