धरान / पूर्वको पर्यटकीय शहर धरानको इतिहास खोज्दै जाँदा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेर राणासम्म पुग्छ । सन् १९५८ सालमा चन्द्रपुर बजार (हालको पुरानो बजार) बसालेर धरान सहरको बस्ती बसाएको इतिहास छ । इस्ट इन्डिया कम्पनीलाई काठ आपूर्ति गर्न धरान हालेर चारकोसे जंगल फँडानी गरिएकाले यस ठाउँको नाम धरान रहेको हो । १९९० सालको भूकम्पपछि अर्का राणा प्रधानमन्त्री जुद्ध शम्शेरले हालको नयाँ बजार भनिने जुद्धनगर बसाए । २०१० सालमा ब्रिटिस सरकारले ब्रिटिस गोर्खा सैनिक कार्यालय स्थापना गरेपछि पूर्वी पहाडी जिल्लाको व्यापारिक केन्द्रका रूपमा धरानको विकास भएको हो । गोर्खा शैनिकको कार्यलय स्थापनाले धरानलाई पूर्वी पहाडी जिल्लाको नाकाको रुपमा विकसित गरेको पाईन्छ । १६ औ्रं सताब्दीमा किरातप्रदेशको राजधानी, सेन बंशको राजधानी हुदैं तत्कालिन महेन्द्रको पालामा २०१७ सालमा धरानलाई नगरपालिका घोषणा गरिएको थियो ।
२०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत धरानलाई बनाइएको थियो । पछि धरानमा भएका सरकारी कार्यालयहरु क्रमशः धनकुटा, विराटनगर सारे पछि धरान केही समय ओझेलमा प¥यो । पछि नीजी क्षेत्रको प्रयासमा धरान सम्बृद्ध बन्न पुगेको हो ।
सुरुमा ११ वडाहरू मात्र रहेको धरानलाई २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिम तर्फ रहेको घोपा गाउँ पञ्चायतलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरिएको थियो । २०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पाँचकन्या गविसलाई पनि धरान नगरपालिकामा गाभी २३ वडा कायम गरियो । पुनः २०७१ मंसिर १६ गते नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय अनुसार विष्णुपादुका गाविसलाई धरान नगरपालिकामा गाभेर २७ वडा कायम गरि उप(महानगरपालिका घोषण गरिएको हो । साेही मितीकाे फागुन २७ गते पुन त्यही क्षेत्र कायम गरि २० वडा कायम गरि पर्यटकीयनगरको रुपमा विस्तार भएको छ ।
शैक्षिक हव
१. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
२. इन्जिनियरिङ क्याम्पस
३. केन्द्रीय खाद्य प्रविधि क्याम्पस, हातिसार
४. संस्कृत क्याम्पस
५. महेन्द्र बहुमूखि क्याम्पस
धरानको विशेषता
-लाहुरेको शहर
-जनसहभागीताको शहर
-फेसनएवल शहर
-भवन निर्माण आचारसहिंता पालन गर्ने पहिलो उपमहानगरपालिका
-पूर्वी पहाडको नाका
कसरी पुुग्ने धरान ?
बसबाटः काठमाण्डौं – धरान(४५०किमी)
काकारभिट्टा – धरान(१७० किमी)
विराटनगर – धरान(३६ किमी)
हवाईमार्गबाटः काठमाडौ–विराटनगर(४५ मिनेट)
धरानबाट नाकाका दुरी
किमाथाङ नाका(उत्तर) -४३५ किमी)
जोगमनी नाका(दक्षिण)- ४३ किमी
काकारभिट्टा नाका(पूर्व) -१७० किमी)
तथ्याङ्कमा धरान उपमहानगरपालिका
जनसंख्याः १,३७७०५
घरधुरीः २७,७५०
१४,१११ पक्की घर ।
परिवार संख्या -३२६९३
कुल भवन -२२ हजार ७ सय ११
सडक
सडक सञ्जाल - ५५० किमी
पिच सडक -१७० किमी
श्रोतःजिल्ला पाश्र्वचित्र सुनसरी २०६२
धार्मिक क्षेत्र
दन्तकाली मन्दिर
पिण्डेश्वर मन्दिर
बुढासुब्बा मन्दिर
बिष्णुुपादुुका
पञ्चबकन्या मन्दिर
स्कोन मन्दिर
विश्वकर्मा मन्दिर
गुम्बा
मस्जिद
पार्कहरु
सप्तरङ्गी पार्क धरान–१७
मनमहोन स्मृति पार्क धरान–४
वीपी पार्क धरान–१३
एलम्बर पार्क धरान–१९
धरानका ‘निजी संग्राहालय’
-सेछ मिनी संग्रालय
-यलम्बर स्मृति संग्राहालय
-छथरे समाजको संग्राहालय
धरानका नमुना सामुदायिक वनहरु
१.बाँझगरा सामुदायिक वन उपभोक्ता समुह..धरान(१५
२. लाङ्घाली सामुदायिक वन उपभोक्ता समुह धरान(८
३. हिमाली सामुदायिक वन उपभोक्ता समुह धरान(८
४ यलम्बर सामुदायिक वनउपभोक्ता समुह धरान(८
५. हरियाली सामुदायिक वन उपभोक्ता समुह धरान(१९
६ उदय सामुदायिक वन उपभोक्ता समुह धरान(१७
नयाँ गन्तव्यहरु
चिण्डेडाँडा रधान–२०
छोटी मोरङ देविथान होम स्टे धरान–५
साँगुरी गढी धरान–२०
हर्दिया दानावारी धरान–४
देवेन्द्र कार्कीद्वारा लिखित प्रकाशोन्मुख 'प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्यहरु' पुस्तकबाट