धरान / पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको चतरास्थित सप्तकोशीमा बनेको आधुनिक पुलमा योबर्षको दशैंमा निकै चहलपहल बढेको छ ।
उदयपुरको बेलकानगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकालाई जोड्ने सप्तकोशी पुलमा नवमीका दिन घुमन आउनेको संख्या निकै देखिएको छ ।
एसियाली विकास बैंकको सहयोगमा ६ बर्ष अघि पुल निर्माण भए पछि यहाँ आन्तरिक पर्यटकहरु चहल पहल बढेको हो । पुल हेर्नकै लागि धरान, विराटनगर, इटहरी, गाइघाट, बेलटार, फत्तेपुरलगायत स्थानबाट स्थानीयहरु आउने गरेका छन् । कोशी पुलदेखि वरपर स्तरिय एक दर्जनभन्दा बढि होटलहरु संचालनमा रहेका छन् । पूर्व पश्चिम दशै मान्न आउने जानेहरु पनि एक छिन पुलमा फोटो खिचेर रमाउने गरेका छन् ।

245353310_955815555145748_1954938865358299172_n फुलपाती यता दैनिक ५ सय जना भन्दा बढि पर्यटकहरु कोशी पुल आउने गरेको स्थानीय व्यापारी सरद कोइरालाले बताउनु भयो । आफ्नो काममा पूर्व पश्चिम हिड्नेहरु पनि १५÷२० मिनेटसम्म सवारी रोकाएर फोटो खिच्ने गरेका छन् । पुल मुनीबाट जेट बोट पनि सञ्चालनमा छन् । कोशी पुलदेखि बराहक्षेत्र, सिम्लेसम्म बोट सञ्चालन हुदैं आएको छ । जेट बोट चढ्नका लागि पनि उदयपुर, सप्तरी, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सप्तरीलगायतका जिल्लाबाट पुल आसपासमा वनभोज खान आउने गरेको पनि कोइराला बताउनु हुन्छ ।

243245270_1234194457062914_7298419632666440977_n 1 विहीबार दशैंको नवमीमा पुलमा ठूलो भीड लागेको थियो । फोटो खिच्नेहरुको ताती थियो । सामाजिक संघ संस्था, विद्यालयहरु र साथी भाई समुह बनाएर कोशी पुल घुम्न आउनेहरुको पछिल्लो समय निकै संख्या बढेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईले बताउनु हुन्छ ।

कोशी पुलको आकर्षण
उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने चतरामा पुल संचालनमा आएसँगै हेटौंडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो पनि खुलेको थियो । पुल संचालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौंडा सहजै रुपमा जोडिएका छन । सोही सडकलाई सरकारले मदन भण्डारी राजमार्गको रुपमा विस्तार गरेको छ । ७६ करोड ११ लाख रुपैयाँमा पुल बने पछि यहाँ चहलपहल बढेको स्थानीय बताउछन् ।

245274369_565280188063493_8448224835710025153_n दुईसय ६१ दशमलव ३ मिटर लामो यो पुलमा तीनवटा पिलर त्यसमाथि फ्लस राखेर माथिल्लो भागमा पिच गरेर बनाइएको छ । यो उच्च प्रविधिको भएको निर्माण कम्पनि कालिका कन्स्ट्रसनले जनाएको छ । यस्तो प्रविधी कर्लाणी पुल र कोशी पुलमा मात्र प्रयोग भएको बताइएको छ । आधुनिक प्रविधीको पुल नै आन्तरिक पर्यटकहरुका लागि आकर्षक गन्तव्य बनेको छ ।

बोपताङ्ग डाँडाबाट पाराग्लाइडिङ

कोशी पुलदेखि करिव ३ किमी पश्चिम बोपताङ्ग डाँडाबाट पाराग्लाइडिङ उडान हुदैं आएको छ । नेपाल पाराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ संघले राष्ट्रिय खेलकुद विकास समितिको सहयोगमा एक बर्ष अघि पाराग्लाइडिङ सफल परिक्षण उडान पछि संघको सहयोग र बुढासुब्बा पाराग्लाइडिङ धरानको समन्वयमा नेपाली सेनालाई प्रशिक्षण दिएर पाराग्लाइडिङ तालिम प्रशिक्षण केन्द्र सञ्चालन ल्याएको छ ।
सो प्रशिक्षण केन्द्रले बोपताङ्ग डाँडाबाट व्रिटिस प्रशिक्षक पेट ग्यलेगरले उदयपुरका एक, पोखराका तीन, पाल्पाका एक र धरानका एक जना गरी ६ जनालाई बेसिक तालिम दिइ सकेको छ । उदयपुरको आकाशमा बोपताङ्ग र चम्पाकोट डाँडाबाट यस खेल खेल्न सकिन्छ । बोपताङ्ग डाँडा समुन्द्र सतहदेखि ५१० मिटर र चम्पाकोट डाँडा समुन्द्र सतहदेखि ७०० मिटरको उचाईमा रहेको नेपाल पाराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ संघ सुनसरीका सचिव विकास आचार्यले बताउनु भयो । उहाँका अनुसार उडान गर्दाको एलिभेयसन बोपताङ्ग डाँडाबाट ४५० मिटर र चम्पाकोट डाँडाबाट ५५० मिटर भन्दा बढी रहेको छ ।
पराग्लाइडिङ अवतरण गर्ने स्थल कोशी किनार सामुदायिक वनको क्षेत्रको सिसौली चौरदेखि बोपताङसम्म कच्ची सडक निर्माण गरिएको छ । वनभोजमा रमाउन आउनेहरुले मौसम खुलेका बेला पाराग्लाइडिङको मच्जा लिने गरेका छन् ।

245662882_3036860773229236_7938385931314201912_n 243245270_1234194457062914_7298419632666440977_n 245359498_841647359841251_4135419836913817920_n 245516981_387013793092838_7128151175725439065_n 245246752_306660390861888_5751634433935698112_n 245713001_351859350053070_1650579018391498842_n 245662882_3036860773229236_7938385931314201912_n 1 245503969_436357321420472_5627592491690949748_n 1