पाँचथर /  हिमाली क्षेत्रको पहिचानको रुपमा चौरी गाईलाई लिने गरिन्छ । नेपालको हिमाली क्षेत्रमा चौरी गाई पाइन्छ । चौरी पनि जंगली र घर पालुवा दुई प्रकारका हुनछन् ।
पाँचथरका उच्च पहाडी क्षेत्रमा परम्परादेखि चौरी पालन व्यवसाय गरिदैं आएको छ । चौरी पालकलाई प्रोत्साहन, पर्यटन प्रवद्र्धनका लागि पाँचथरको फालेलुङ गाँउपालीकाको फालोट सिमाना क्षेत्रमा नयाँ बर्षको अवसरमा चौरी महोत्सव नै भएको छ । महोत्सवमा उलेख्य संख्यामा आन्तरिक पर्यटकहरु भेला भएका थिए । भारतबाट पनि पर्यटकहरु आएका थिए ।
प्रकृतिक रुपमा विछट्ट फालोट क्षेत्रमा भएको महोत्सवमा चौरीको लावालस्करले उपस्थितिहरुको मन तानेको थियो ।
महोत्सवमा चौरीको प्रर्दशनी तथा चौरीजन्य पदार्थको विक्रिका लागि स्टल राखिएको थियो । महोत्सवको उद्घाटन नेपाल सरकारका भौतिक वूर्बधार मन्त्री बसन्त कुमार नेम्बाङले गर्नु भएको थियोे ।

चौरी गाईको इतिहास

chauri1 वीकिपेडियाका अनुसार घरपालुवा चौरी गाई वा याक(वैज्ञानिक नाम) बोस ग्रुनिज, पोथी गाइबस्तुलगायतका जनावरहरूको समुह बोभाईन प्रजातिको लामो लामो रौं हुने जनावर हो। यो मुख्यतः दक्षिणी मध्य एसियाका देशहरू नेपाल, तिब्बतको पठार देखि उत्तरमा मंगोलिया तथा रुसका हिमाली प्रदेशमा पाईने गर्छ। यसलाई मानिसहरूले मुख्यतया हिमाली क्षेत्रमा सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्छ।

पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी बहरसँग नाकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ । तसर्थ यो याक वा नाक भन्दा भिन्न हो। चौंरी भन्दा धेरै नै ठूलो हुने भएकोले याक छुट्याउन कठिन् भने हुदैन। याक र पहाडी गाइ (किर्खो)बाट जन्मने चौंरीलाई ‘उराङु र पहाडी गोरुसँग नाकको सन्सर्गबाट जन्मने सन्तानलाई ‘डिम्जोु वा ुझोप्क्योु भनिन्छ। डिम्जो त सामन्य चौरी जस्तै दूधालु हुन्छ्, तर झोप्क्यो (भाले) भने नपुंशक हुन्छ र भारी बोक्न काम लाग्छ। सजिलोको लागि, सबै माथि भनिएका ठिमाहा पोथीहरू चौंरी हुन।

chauri3 जङ्गली चौरी
जङ्गली चौरी अथवा जङ्गली चौरी गाई हिमालयमा पाइने एक ठूलो चौपाया हो। यसलाई घरपालुवा चौरी गाईको पुर्खा मानिन्छ। यसको वैज्ञानिक नाम बोस मुटुज हो। यो आफ्नो वासस्थानकै सबैभन्दा ठूलो जनावर हो। तिब्बती बौद्ध धर्म र संस्कृतिमा जङ्गली चौरीको एकदम महत्व छ। पहिले(पहिले जङ्गली चौरी र घरेलु चौरीलाई एउटै प्रजाति मानिन्थ्यो तर आजभोलि भने यसलाई आफ्नै छुट्टै प्रजाति मानिन्छ।

chauri4 chauri3 1
जङ्गली चौरी गाई मुख्यतया उत्तरी तिब्बत र चीनको पश्चिमी चिनहाईमा पाइन्छन्, केही जनसङ्ख्या भारतको लद्दाखसम्म फैलिएको छ। ऐतिहासिक समयमा, जङ्गली चौरीगाईहरू भुटानमा पनि भेटिन्थे, तर तिनीहरूलाई अब त्यहाँ विलुप्त मानिन्छ। जङ्गली चौरीको प्राथमिक वासस्थान ३०००(५००० मिटरमा रहेको रूखबिहिन घाँसे मैदान हो। घाँस बढी भएका ठाँउमा यो बस्ने गर्छ।

जङ्गली चौरीगाई नेपालबाट हराइसकेको अनुमान थियो। दशकौँको अध्ययन(अनुसन्धानले पनि नेपालमा यसको उपस्थितिलाई पुष्टि गर्न सकेन। तर वि।सं। २०७१ (सन् २०१४ साल) मा हुम्लाको सदरमुकाम सिमिकोटबाट आठ दिन हिडेर पुगिने लिमि उपत्यकामा ६ वटा जङ्गली चौरीगाई भेट्टिएको ुफ्रेन्ड्स अफ नेचरु नामक गैरसरकारी संस्थाले बताएको थियो। वि।सं। २०७० र वि।सं। २०७१ सालमा सय दिनको खोजीपछि उक्त संस्थाले लिमि उपत्यकामा जङ्गली चौरीको तस्विर र भिडियो खिच्न सफल भएको थियो।ृ२ेृ३े जङ्गली जीव जन्तुको पहिचान गर्ने आधिकारिक संस्था त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्राकृतिक विज्ञान सङ्ग्रहालयले कैद गरिएको तस्विर र भिडियोमा रहेको जनावर जङ्गली चौरीगाई नै रहेको पुष्टि गरिदियो। थप अनुसन्धानले जङ्गली चौरी अवैध सिकारबाट बच्न नेपालतर्फ आउने र मनसुनको बेला स्थानीयले आफ्नो वस्तु चराउन लेक लाग्ने बेला तिब्बत जाने गरेको देखाएको छ।

जङ्गली चौरीगाई र घरपालुवा चौरीगाई बीच भिन्नता
घरपालुवा चौरी गाई र जङ्गली चौरी गाई बीचको मुख्य भिन्नता आकार हो। जङ्गली चौरी घरको चौरी भन्दा दुई गुणा ठूलो हुन्छ। जङ्गली चौरीको सिङ अगाडि फर्केको हुन्छ तर घरमा पालेको चौरीको त्यसो हुँदैन। जङ्गली चौरीको थुतुनोमा सेतो रङ्ग हुन्छ तर घरको चौरी गाईको हुँदैन। यसैगरि सिङको पछाडिको जुरोको भाग घरको चौरी गाईको सानो हुन्छ भने वनको चौरीको ठूलो हुन्छ।

खतरा र स्थिति
आयुसिएनले जङ्गली चौरीको संख्या ७५००(१०,००० सम्म हुनसक्ने अनुमान गरेको छ। ्र यसमाथि पनि जनसंख्या घट्दै गएकोले जङ्गली चौरीलाई अझ दुर्लभ बनाउने खतरा छ। यो जनावरको मुल वासस्थान चीन नै हो र अनुमान लगाइएको दसहजार जनसंख्यामध्य १०० मात्र भारतको लद्दाखमा पाइएको छ। भारतमा पाइने जङ्गली चौरी पनि चीनबाट नै आउने विज्ञहरूको विचार छ। नेपालमा भने जनसंख्या पत्ता लगाउन एकदमै कठिन छ। विज्ञहरूले हुम्लामा मात्र जङ्गली चौरी पत्ता लगाए पनि मनाङ र डोल्पाका स्थानियले जङ्गली चौरीलाई देख्ने गरेको बताउँछन् तर स्थानियहरूका भनाईलाई पुष्टि गर्न भने सकिएको छैन।

मासुको लागि व्यावसायिक शिकार र अवैध शिकार जङ्गली चौरीको लागि सबैभन्दा गम्भीर खतराको रूपमा लिइएको छ। यसका मासु खासगरि सम्भ्रान्त मानिसहरूमा लोकप्रिय छ। एउटा अध्ययनले शिकारीहरूबाट पोथीहरू भन्दा भालेहरू बढी जोखिमपूर्ण हुने देखाएको छ। तर चीनले निर्शस्त्रीकरणलाई प्राथमिकता दिन थालेसँगै जङ्गली चौरीको शिकार घट्दै गएको छ। जङ्गली चौरीहरू मानिस र उनीहरूका वस्तुहरूबाट टाढा बस्न रुचाउँछन्। तर हिमाली क्षेत्रहरूमा पाईने घाँसे मैदान चरन भूमिमा परिणत हुँदै गए सँगै जङ्गली चौरी अझै दुर्लभ हुँदै गएको छ। अर्को खतरा घरपालुवा चौरी गाईसँगको प्रजनन् हो। मानिस र उनीहरू वस्तुसँग अझै नजिक बस्नु परेकोले जङ्गली चौरी मानव वस्ती भित्र पस्ने घटनाहरू बढ्दै छन्। खासगरि जङ्गली चौरीको जनसंख्या बढेका चीनका केही निकुञ्जहरूमा मानव वस्ती भित्र पस्ने र घरवारमा क्षति पुर्याउने घटनाहरू बढ्दै छन्। यो सँगै केही जङ्गली चौरीले घरपालुवा चौरी गाईहरूलाई आफ्नो बथानमा समावेश गराएको घटनाहरू छन्। पाँच रुपियाँमा जङ्गली चौरीको तस्विर नेपाल सरकारले जङ्गली चौरी भेट्टिएको खबर पाएपछि यसको संरक्षणका लागि स्थानियलाई संरक्षणमा जोड दिने र जनचेतना फैलाउने जस्ता कामहरू थालेका छन्। संरक्षणकर्मीहरूले जङ्गली चौरी भेट्टिएको लिमि उपत्याकालाई संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने प्रस्ताव राखेका छन् तर हालसम्म कुनै आधिकारिक निर्णय भने बाहिरिएको छैन। यसैगरि जङ्गली चौरीको बारेमा थप जनचेतना फैला राष्ट्र बैँकले पाँच रूपैयाँको नोटमा हुम्लामा कैद गरिएको जङ्गली चौरीको तस्विर प्रयोग गरेको छ।

chauri5 शारीरिक विवरण
जङ्गली चौरीको भाले(गोरु) पोथी(गाई)भन्दा तीन गुणा ठूला हुन्छन्। यसको औसत तौल ३०५(१२०० किलोग्राम हुन्छ भने खुट्टादेखि जिऊसम्मको उचाई ५।२(७।२ फिटको हुन्छ। हिमाली भेगको कठ्याङ्ग्रिने जाडो सहनको लागि जङ्गली चौरीको बाक्लो रौँ हुन्छ। जाडोबाट बच्नको लागि पोथी चौरीको दुधको फाचोमा समेत रौँ हुन्छ। दुवै भाले र पोथीसँग बाक्लो, ऊनी रौँ हुन्छ र खासगरि भालेहरूमा यो रौँ शरीरभन्दा तल ुफ्रकु जस्तै झुन्दिन आउँछ र यो झुन्दिएको रौँले भूईलाई छुन सक्ने गरि लामो हुनसक्छ। यसको पुच्छर गाई या भैंसी जस्तै नभई घोडाको जस्तै हुन्छ। यसको रौँ सामान्यतया कालो वा गाढा खैरो हुन्छ तर केही सुनौलो(खैरो रङ्गका चौरी भेट्टिएको दावी छ। जङ्गली चौरीहरू सामान्य घरपालुवा चौरी भन्दा फरक हुनुको मुख्यकारण प्रकृतिमा जीवन निर्वाह गर्दा आइपर्ने अनेकन समस्याबाट बच्नका लागि स्वतह जन्मजाति रुपमा भद्दा र क्षमतावान बनाएका हुन्।

बानीव्यहोरा
जङ्गली चौरीको आहारामा घाँस, झ्याउ र कहिलेकाही हिमाली जडीबुटी पर्दछ। जङ्गली चौरीको मुख्य सिकारी ब्वाँसो हो भने आजभोलि हिमाली ब्वाँसो दुर्लभ हुँदै गएसँगै भालु र हिउँ चितुवा यसका मुख्य सिकारी भएका छन्।

जङ्गली चौरीको बथान
जङ्गली चौरी बथानमा बस्ने जनावर हो। बथानमा सयजनासम्म चौरी हुनसक्छन् तर धेरै बथानमा कममात्रै सदस्य हुन्छन्। बथानमा मुख्यतया पोथी ,उनीहरूका बाच्छा र केही मात्रामा वयस्क भाले हुन्छन्। बाँकी भालेहरू एक्लै अथवा सानो बथानमा औसतमा ६ जना चौरी  बस्छन्। जङ्गली चौरी सामान्यतया मानिससँग डराउँछन् र नजिक आएमा भाग्छन्। तर आफ्नो बाच्छोलाई बचाउनका लागि भने हमला गर्न सक्छन्।

chauri7