सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपा खारेज भई साविक एमाले र माओवादी केन्द्र अलग हुने फैसला गरेपछि नेपाली राजनीतिकमा तरंग फैलिएको छ । अदालतको फैसाला अनुसार २०७५ साल जेठ अगाडीका पार्टीका संरचना जसरी चलेका छन् त्यही अनुसार चल्ने हो तर एमाले भित्रको केपी ओली गुट र माधव नेपाल गुटविच टकराव हुन थालेको छ ।
सुनसरीमा एमालेका तत्कालिन अध्यक्ष रमेश बस्नेतको नेतृत्वमा पार्टी कार्यालयमा एमालेको बोर्ड राखियो तर केही बेरमा ओली गुटका कार्यकर्ताहरुले हटाएर नेकपा एमाले पार्टी अध्यक्ष केपी ओलीको फोटो भएको बोर्ड राखिएको थियो । ओली पक्षले नेकपा हुदा निर्माण गरेको कमिटीलाई निरन्तरता दिने बताउदैं आएको छ । यस विषयमा तत्कालिन नेकपा एमालेका अध्यक्ष रमेश बस्नेतको यस्तो छ धारणाः


.......................
नेकपा अव एमाले र माओवादी केन्द्र भए
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को वीचमा एकिकरण पछि नेपाल कम्युनिष्ट पार्टीै (नेकपा) वनेको थियो । तर नेकपाका अध्यक्ष ऋषिराज कट्टेल आफ्नो भएको दावीसहित सर्वोच्च अदालतमा जानु भएको थियो । फागुन २३ गते सर्वोच्च अदालतले नेकप ऋषिराज कट्टेलको कायम गरी दुई पार्टी अलग अलग हुने फैसला गरेपछि पार्टी आ– आफ्नो कायम भएको छ । त्यसपछि साविक एमाले र माओवादी केन्द्र अलग भएर पार्टी संगठन निर्माणमा लागेकाछन् । दुवै पार्टी निर्माण अभियानमा छन् । मुलुक आफ्नै गतिमा अघि वढीरहेको छ ।

गुट विवाद के हो ?

आन्तरीक संघर्ष जहाँ पनि हुन्छ यो स्वभाविक प्रकृया हो । तर पार्टीको अहित हुने कुराको विवाद छैन् । पार्टी र संंगठन निर्माणमा हामी भावनात्मक रुपमा एक ढिक्का भएर लागी रहेका छौं । हामी संंगठन निर्माणमा कहिल्यै थाक्दैनौं । विवाद हुँदैन पार्टी निर्माणको खातिर हामी एक भएर अघि वढछौं ।
साथीहरुको वीचमा केही असझदारी पैदा भए छ । हामीले राखेको पार्टी कार्यालयको बोर्डलाई केही साथीहरुले हटाएर पार्टी अध्यक्षको फोटो राखेर बनाएको वोर्ड राख्नु भएको रहेछ । कम्युनिष्ट पार्टीको साइनवोर्डमा विश्वमा कहि पनि अध्यक्षको फोटो राखेर बनाउने प्रचलन रहेको छैन् । हाम्रो पार्टी व्यक्ति केन्द्रिीत हुन सक्दैंन् । संगठन केन्द्रित हुन्छ । यो कुरा सबै साथीहरुलाई बुझ्न र बुझाउ जरुरी भएको छ ।

पार्टीमा व्यक्तिको पूजा हुदैंन्, पार्टी संगठन प्रधान हुन्छ
केन्द्रीय कमिटीले निर्माण गरेको एमालेको साइनवोर्डमा पनि अध्यक्षको फोटो राखिएको छैन् । अध्यक्षको फोटो नभएकोले हटाएको हो भने त्यो गलत हो । पार्टी अध्यक्ष भनेको पार्टीको नेतृत्व हो । अध्यक्ष पदको सम्मान सवैले गर्नु पर्दछ । अध्यक्ष सम्माननीय हुनु हुन्छ । तर व्यक्ति पुजा गर्ने र देवत्वकरण गर्ने परम्पराको विकास गर्नु हुदैन । अध्यक्ष हामी सवैको नेता हो । कसैको एउटा समुहको हैन । सर्वोच्च अदालतले पार्टी अलग हुने फैसला गरेपछि हामी सवैले महाधिवेशनबाट निर्वाचित गराएको नेता जो भए पनि हामीले स्विकार गरेर जानु पर्छ । महाअधिबेशनबाट निर्वाचित अध्यक्ष केपी हुनु हुन्छ । हामीले नमान्ने भन्ने कुरै आउदैंन् । त्यसलाई हामीले आत्मसात गरेर जानु पर्छ । म पार्टीका सबै कर्ताकर्ता नेतालाई यही अनुरोध गर्दछुकी विधी प्रकृयाबाट संगठनमा क्रियाशिल हुनु होस् । हामीले विधिलाई मानेर जाने हो , विधि जे हो त्यो मान्नुको विकल्प छैन् । कोहीकसैले मुडभेटको स्थिति ल्याउन खोज्नु पार्टीका लागि ठूलो दभ्याग्य हो । यसमा सबैको चेतना हुनु पर्छ भन्ने मेरो मान्यता रहेको छ ।

सुनसरी एमालेको नेतृत्व
व्यक्ति को भन्ने कुरा गौण कुरा हो । विधि के छ भन्ने कुरा प्रमुख कुरा हो । २०७५ जेठ ३ गते अघिको अवस्था (दुई पार्टी एकिकरण) मा एमाले जस्तो अवस्थामा थियो जुन ठाउमा जस्को जिम्मेवारी जे थियो जो जुन कमिटीमा थियो सोही अनुसार हुनेछ । हाम्रो पार्टी जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारीत छ । विधिले जे भनेको छ त्यहि हुन्छ यो विचमा को के भयो भन्ने कुरा सर्वोच्चले चिनेन । २०७५ जेठ ३ गते भन्दा अगाडी एमाले पार्टीमा जसको जे जिम्मेवारी थियो सोही अनुसार हुने भनि सकेकोले अव के हुन्छ भन्ने प्रश्न छैन् । पहिला जो जुन जिम्मेवारी र भूमिका हुनुहुन्थ्यो सोही अनुसार हुन्छ । यो विषयमा कोही पनि दुविधा हुनु हुदैन । यो विषय प्रष्ट भएकोले कोही पनि कार्यकर्ताहरुलाई भ्रममा नपर्न आग्रह पनि गर्दछु । नेतृत्व हेरफेर जिम्मेवारी प्रधानका लागि अव केन्द्रका ेनिर्देशन र अधिवेशनले गर्ने छ । सुनसरीमा त्यस बेलाको कार्यभार ममा थियो । सचिवमा नन्द बस्नेत हुनु हुन्छ । अव यही नेतृत्वबाट एमाले सुनसरी चल्ने छ ।
सुनसरी एमालेको अवको यात्रा
हामी सर्वोच्चको फैसला पछि नेकपा एमालेलाई सांंगठनिक र जनपरिचालनको हिसावले पनि वलियो वनाउन लागि रहेकाछौं । हामीले जिल्लाभरीका साथीहरुलाई भौतिक रुपमा मात्र एक भएर नभई भावनात्मक रुपमा पनि एक भएर नेकपा एमालेलाई विगतको भन्दा अझ बलियो वनाउने लक्ष्य र उदेश्यका साथ जोस जागर लिएर जनता माझ जानेछौ । सुनसरी जिल्लामा मात्र नभएर देशव्यापी रुपमा एमालेलाई ठूलो र बलियो पार्टी बनाउने अठोटका साथ हामी अघि वढछौं । त्यसमा देशभरका हाम्रा नेता कार्यकर्ता जोश र उत्साहका साथ लाग्नु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । विगतमा जो गुटगत रुपमा नेकपाको पनि दुई भागमा भाडिएको थियो । अव त्यो दुई समुह नै एमाले भएको छ । कोही कतै भ्रममा नपर्रौ कुनै समुह अर्को समुहमा मिसिन गएको होइन । कानुन त सबै एमाले भएका हुन । कोही कसैले टासिएको आएको मिसिएको भन्ने जस्ता प्रचार गरेर भ्रम फैलाएर पार्टीलाई कमजोर बनाउने काम गर्नु हुदैंन भन्ने मेरा मान्यता हो ।

गुटको कहल अब के होला

२०७५ जेठ ३ भन्दा पछि दुई कम्युनिष्ट पार्टि एकिकरण भए पछि संंगठन एकिकरणमा समय खर्च भईरहेको थियो । त्यस समयमा सवै संंगठन निर्माणमा प्रकृया मिलाउदै जानुपर्ने भएकोले केही ढिला भएको थियो । अव पार्टी अलग भए पछि अव एमालेले एक्लै संंगठनमा जानु पर्ने भएकोले अव एमाले कति पनि विलम्व नगरी अघि वढछ । पार्टी निर्माणमा एक ढिक्का भएर हामी लाग्नेछौं । रह्यो कुरा आन्तरीक विवादको पार्टी भित्र अन्तर संघर्ष हुनु स्वाभाविक हो । हामी मिहिन ढंगले बहस छलफल गरी पार्टीलाई मजवुत बनाउन लाग्ने छौ। । अव एमाले पार्टी निर्माण अभियानमा रतिभर अल्मलिदैन । बरु कसले वढी पार्टीलाई योगदान दिने भनेर होडवाजीमा लाग्नेछ । पार्टी निर्माणमा हाम्रा नेता कार्यकर्ता अहोरात्र खटीनेछन् । यसमा कुनै दुविधा छैन् । अव हाम्रो पार्टीमा यो गुट त्यो गुट भन्ने समस्या रहदैंन् । र रहनु हुदैंन भन्ने मेरो मान्यता हो । सबैलाई समेटेर अव पार्टीलाई मजवुद बनाउनुको विकल्प छैन् ।
कम्युनिष्टको अस्थित्व जोगिएला त
गुुट फुटलाई छाडेर अव यो अवस्थामा विचलित नभई जोस जागर र उत्साहका साथ पार्टी र संगठन निर्माणमा लाग्न सुनसरी भरीका आम कार्यकर्ताहरुलाई अपिल गर्दछु । अवको निर्वाचनमा एमाले पहिलो पार्टी बनाउन सवैको योगदान जरुरी छ । नेपालमा कम्युनिष्टको अस्थित्व जोगाउने काम अव एमालेले गर्नु पर्छ । यसमा केन्द्रीय नेतामा पनि चेत आउन जरुरी छ । अहिलेको द्वन्द्वले एउटा कुनै समुह वा व्यक्तिmलाई फाइदा पुगेको होला तर यसले नेपालमा कम्युनिष्ट आन्दोलनलाई झन कमजोर बनाएको छ । बैदेशिक हस्तक्षेपले नेपालमा कम्युनिष्ट नै नरहने हो की भन्ने खतरा बढेको प्रति अवै नेतामा चेत हुनु जरुरी छ ।