जनयुद्धकालदेखि नै 'युद्ध पत्रकार'को परिचय बनाएका भोजराज भाट पहिले नै माओवादी लडाकुको छैटौँ र सातौँ डिभिजनको कैलालीस्थित अस्थायी ब्यारेक क्षेत्र पुगि सक्नु भएकाे थियाे ।  त्यहाँबाट अघि बढेका उहाँ  सहजपुर छिचोल्दै खोलै खोला बिपीनगर पुग्नु भयाे । लेखराज भट्टसँग भूमिगत कालदेखि नै राम्रो सम्बन्ध बनाएका कारण उहाँलाई त्यहाँसम्म पुग्न गाह्रो थिएन ।

बिपीनगरमा दुईवटा ब्युरोको बैठक हुने जानकारी पाएपछि काठमाडौंबाट त्यहाँ पुग्न उहाँलाई सहज थिएन। कैलालीको सुख्खडबाटै माओवादी लडाकुहरुको इन्क्वायरी सुरु हुन्थ्यो। अन्य पत्रकारलाई सहज पहुँच नभए पनि लेखराजसँगको विशेष सम्बन्धका कारण भोजराजलाई बिपी नगरसम्म पुग्न कठिन भएन। 

बिपी नगरको प्रशिक्षणण सकिएपछि अत्तरिया फर्किएका प्रचण्डको उपस्थितिमा असार ६ गतेका लागि पत्रकार सम्मेलन राखिएको थियो। बिहान ९ बजेका लागि पत्रकार सम्मेलन राखिए पनि भोजराज उज्यालो नहुँदै त्यहाँ उपस्थित भइसक्नुभएकाे थियाे । 'बिहान पत्रकार सम्मेनल गर्ने भनेर कार्यक्रम राखिएको थियो। पत्रकार सम्मेलन नौ बजे भनिए पनि म उज्यालो नभइ बिहानै पौने ५ बजे त्यहाँ पुगिसकेको थिएँ', भोजराजले भन्नु भयाे, 'लेखराज वरिपरी मेरो सहज पहुँच थियो, तर अरुलाई सजिलो पहुँच थिएन। त्यहीकारण उनीहरुको फोटो पनि कैद गर्न सफल भएँ ।

प्रचण्डलाई बोकेको फोटो  

बिपी नगर प्रशिक्षणपछि प्रचण्ड माओवादी लडाकुको दलबलसहित बिपी नगरबाट अत्तरिया ओर्लिनु भयाे । उहाँ त्यस रात लेखराजको घरमा बसेनन्, उहाँलाई गाउँकै अर्को घरमा सेल्टर बनाएर राखियो ।

त्यसबेला लेखराजले प्रयोग गर्ने मोटरसाइकल थियो कावासाकी बक्सर। उहाँले एक्सेल पनि प्रयोग गर्नु हुन्थ्याे । बिपी नगरबाट झरेपछि गाउँकै एक छिमेकीको घरलाई सेल्टर बनाएर बसेका प्रचण्डलाई पत्रकार सम्मेलनका लागि लेखराज आफैँले मोटरसाइकल पछाडि राखेर ल्याउँदै हुन्थ्याे।

नेपालमा डिजिटल प्रविधिले फड्को मारिनसकेको अवस्थामा भोजराजसँग त्यसबेला सोनीको सानो डिजिटल क्यामेरा थियो। जसलाई उनले जिन्स पाइन्टको पकेटमा बोकेर हिँड्नु हुन्थ्याे। तर बिपी नगर पुग्दा उहाँलाई एक दिनसम्म फोटो खिच्न दिइएन। अत्तरियामा प्रचण्ड झरिसकेपछि बाटोमा बसिरेका उहाँले एउटा मोटरसाइकलमा दुईजना आएको देख्नु भयाे । जसलाई हाँक्ने लेखराज भट्ट हुनुहुन्थ्याे भने पछाडि  पुष्पकमल दाहाल प्रचण्ड बस्नु भएकाे थियाे । संयोग के थियो भने दुवै सर्ट पाइन्टमा सजिएर खुट्टामा चप्पल लगाउनु भएकाे थयाे । 

लडाकुले अनुमति नदिए पनि लेखराजले थाहा नपाउने गरी उहाँले प्रचण्डसहितको फोटो तत्कालै खिच्नु भएकाे थियाे ।  भोजराजका लागि त्यो अप्रत्यासित फोटो थियो। 'मलाई फोटो खिच्न अनुमति दिइएको थिएन, मैले लेखराज-प्रचड दुवैले थाहा नै नपाउने गरी कावासाकी बक्सर मोटरसाइकलमा उहाँहरु सवार फोटो तत्कालै खिचेँ', उहाँले सुनाउनुभयाे  'तर त्यो फोटो अहिले आएर यति धेरै भाइरल होला भन्ने मलाई लागेकै थिएन। अहिले प्रचण्डसँग लेखराजको सम्बन्ध बिग्रिएका बेला मैले खिचेको फोटो भाइरल भएछ। तर कसैले पनि मलाई क्रेडिट दिएको देखिनँ।'

कसरी बाहिरियो?

लेखराजले थाहै नपाइ खिचेको उक्त फोटोसहित भोजराजले नेपाल साप्ताहिकमा एउटा कभर स्टोरी लेख्खेनु भएकाे थियाे । त्यसबेला त्यो फोटो उहाँसँग मात्रै थियो।  तर माओवादी शान्तिप्रक्रियामा आइसकेपछि भूमिगत अवस्थाका फोटोसहित अन्य दस्तावेज केन्द्रीय कार्यालयमा बुझाउन भनियो।

नेपाल साप्ताहिकमा छापिइसकेकाले लेखराजले भोजराजसँग उक्त फोटो माग्नु। 'उहाँ (लेखराज) ले त्यो फोटो मसँग माग्नु भएको थियो। मैले सचिवालयमा उपलब्ध गराइदिएको थिएँ', उहाँले भन्नु भयाे, 'सायद उहाँकै सचिवालयबाट त्यो फोटो अरुलाई पनि बाँडियो। एकबाट अर्को हुँदै भाइरल भयो, मैले खिचेको फोटोको क्रेडिट नदिइ चर्चित अनलाइन र अन्य सञ्चारमाध्यमले धमाधम प्रयोग गरे।' जुन फोटो विश्वप्रसिद्ध सञ्चारमाध्यमले पनि प्रकाशित गरेका थिए।  फरकधारबाट