धरान / पूर्वको कला र संस्कृतिको शहरको रुपमा धरानलाई चिन्न्छि । त्यही सहरको एउटा कुनामा लामो सयमदेखि सुरेश गन्धर्व बस्दैं आउनु भएको छ । उहाँको पुखौली थलो भोजपुरको जरायोटार हो । दशकौदेखि धरान झेरर साँरङ्गी बजारएर जीवन चलाउदैं आउनुभएको सुरश गन्धर्व त्यति मान्छेले चिन्दिैंनन् । तर उहाँले गाएको एउटा गित भने पूर्वेली मन मस्तिष्कमा चिर परिचित छ । जुन गितलाई झापाका रमेश प्रसाईले यति बेला नयाँ भर्सनमा गाउनु भएको छ । उक्र गित टिकटकमा ट्रेन्डमासमेत परेको छ । त्यो गित होः
रिङ्केबुङ्को राँगोलाई, चुङ्केबुङ्को चुँलेसीले
ताप्लेजुङमा ताकेर, कालेबुङमा काटेर
अरुण तमोर तरुँला, तिते फापर छरुँला
फुलै लाउँला केसरी, खाउँला बेस्सरी ।
मधेसको मैना चरी लेकै चढ्ने लाँचे
मनभरी पीर बोकी बगर(बगर नाँचे
आधी माया फुर्माइस भो आधी माया साँचे
त्यै मायालाइ ठेगान लाउन आजसम्म बाँचे ।
रिङ्केबुङ्को राँगोलाई ‘‘।।
सारङ्गीको स्वरै सानो पुङ्पाङ् बज्यो मादल
मुर्चुङ्गालाइ मुस्किल परो बिनायो भो बेहाल
चोलीको त चोलै उठ्यो फरियाको के हाल
दौरा भए स्वर्गवासी नर्क जाने सुरुवाल ।
रिङ्केबुङ्को राँगोलाई‘‘।।
साँचो झुटो धर्म कर्म मन हुन्छ दोमन
पापी मन जति बन रुउँरुउँ गर्छ झनझन
एकै दिनको हाँसो रैछ सय दिनको रोदन
पराया ज्यानको पयर मुनी दुखियाको रोदन ।
रिङ्केबुङ्को राँगोलाई‘‘।।
सुरेशले गाएकाे गित
रेडियो नेपालबाट बेला मौकामा बज्ने एकताका चर्चित बनेको कालिङ्पुङका बरिष्ठ संगितकार सिके श्रेष्ठले रचना गरेको यो गीतका गायक हुन सुरेश गन्धर्व । ६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका उहाँले सारङ्गी रेट्दै हिँडेको करिब ५० वर्ष बढी भएको छ । जीवनमा उहाँले गीत गाएर जनताको मन जित्न सफल हुनुहुन्छ । गित सबैको मन जित्यो तर उहाँको मन जितिएको छैन् । गाउँका मेलापात, पर्व, पूजापाठ, चाडबाडहरुमा उहाँको गित अझै पनि धन्किन्छ । पूर्वेली भाकामा उत्कृष्ट उहाँको गित पूर्वका हरेक मानिसको मन मस्तिष्कमा रहेको छ । तर यति मिठो साँराङ्गीको धुनसहितको गित गाउने कलाकार भने आर्थिक अवस्था कमजोर भएर थलिनु भएको छ ।
एउटा जनताको कलाकार जसले त्यो बेला बरिष्ठ कलाकार श्रेष्ठको गित गाएर नेपाल र भारतसँगको सांगितिक सम्बन्धसमेत समधुर बनाउनु भएको थियो,त्यो कलाकार गुमनाम छ । यति बेला त मर्नु र बाच्नुको दोसाँधमा छ । र राज्यको संरक्षण तथा अभिभावकत्व ग्रहणको आशामा छ ।
२०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिङकेवुङके राँगोलाई.. बोलको गीत रेकड गरिएको थियो । त्यस बेला पारिश्रमिक बापत उहाँले २५ सय पाउनु भएको थियो । २०६० सालमा नेपालमा साङ्रगी बाध्यवादनमा दोश्रो भएर पुरस्कृतसमेत हुनु भएका एउटा लोक भाका संरक्षक उपचार खर्च अभावमा अस्पतालमा छट्पटाइरहनु भएको छ । यहाँको अवस्थाले नेपालमा कलाकारहरुको मनोदशासमेत उजागार गरेको छ ।
लामो समयदेखि कर्मथलो धरानलाई बनाएका गन्धर्व मुटुरोग, युरिक एसिड (वाथ),मधुमेह, उच्च रक्तचाप र थाइराइड जस्ता दीर्घ रोगको शिकार हुनु भएको छ । आम्दानीको कुनै बाटो नभए पछि उहाँको साथमा रहेको साँरङ्गी बजाएर गाउँगाँउमा पुगेर पैसा उठाएर परिवार पाल्दैं आउनु भएको थियो । कमाउने बुबा नै विरामी परे पछि हाम्रो चुलो बल्न छाडेको उहाँकी छोरी तारा गन्धर्वले बताउनु भयो । विरामी नहुदा उहाँले गाउँगाउँमा पुगेर गित गाएर दैनिक ५ सय रुपैयाँसम्म आम्दानी गर्ने गर्नु भएको थियो । तर यति बेला रोगले च्यापे पछि उहाँलाई परिवार पाल्न समस्या भएको छ । उहाँलाई त्यही परिवार पाल्ने पुरानो साँरङ्गी पनि बेच्नु पर्ने अवस्था आएको छ ।
गन्धर्भ जातीको पुर्खौली पेसा नै सांरगी बजाउने हो । सुरेशको पुस्ताले पेसा धान्दैं आए पनि त्यस पछिको पुस्ताले छाडेका छन् । पेसा धन्नालाई पनि आफु बाँचिरहेसम्म सारङ्गी बजाई रहने सुरेश बताउनु हुन्छ । तर उहाँ आफै विमारी भए पछि सारङ्गीको तार नै छिन्न लागेको छ ।
गन्धर्वले ११ वर्षको उमेरमै हजुरबुबाको औँला समातेर पछि लाग्दालाग्दै सारंगी बजाउन सिक्नु भएको थियो । पहिला रहरले बजाउन सिक्नु भएको उहाँले जीवनमा नबजाई नहुने बाध्यता आयो । किनकि, परिवार पाल्ने पेसा भनेकै यही सारङ्गी थियो । यति बेला भने रोगले गाजे पछि त्यो पेसालाई समेत निरन्तरता दिन नसक्ने हुनु भएको छ ।
पूर्वी नेपाल तथा भारतको दार्र्जेेलिङ कालिङपुङका कुनाकन्दरामा सारङ्गीको मीठो धून सुनाउँदै उहाँको जीवन बुढेऔली भएको छ । तर जीवनस्तर भने जस्ताको तस्तै छ । दिउँसो गित नगाए विहान बेलुका चुलो बल्दैंन् ।
धरान–८ का यि गन्धर्व सारङ्गी बजाएरै परिवारको गर्जो टादैं थिए । दिनभरी गित गाएर आएको १०र२० को नोट भेला पारेर छोरीहरुको गर्जो टादैं आएका थिए । यति बेला उहााँई रोगले च्यापे पछि त्यो पनि हराएको छ । उहाँलाईयति बेलासहयोगको खाँचो छ । सन्चो भए अझै गित गाएर लोक भाका संरक्षणमा योगदान दिन उहाँको धोको छ । उहाँलाई बचाउने सहयोगि मनको खाँचो छ ।
यि गन्धर्वले नेपालको समाचार सारंगीको धूनबाट कहदैंहिडेको ६० कटेको छ । लामोसमयदेखि लोक भाकाको संरक्षणगदैं आए पनि उहाँको जीवन निर्वाहका लागि राज्यले हेरेकोछैन् । यति बेला धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ट्रोपिकल वर्डामा छटपटाईरहेका छन् । मुटु रोग, यूरिकएसिट र मधुमेहले थलिएका गन्धर्व उपचारको पर्खाइमा हुनु हुन्छ । उहाँको उपचारको सहयोगका लागि रंगभूमीका कलाकार विष्णु मोक्तान र नेकपा नेता फोक्साहाङ लिम्बु (चोत्लुङ)ले पहल गरिरहनु भएकाे छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले अस्पताल मै गएभेटी सहयोगको प्रतिवद्धता जनाउनु भएकाे छ ।
नेपालको मौलिक कला र संस्केतिको जगेर्नाका लागि जीवन जीउदैं आएका यि गन्धर्वलाई स्थानिय सरकारले पालनपोषण गर्नुपर्ने आवाज उठेको छ । विगतमा सिंहदरवार टाडा हुदा राज्यको नजरमा नपरेका यस्ता कलाकारलाई आँगनमा आएको सिंहदरवारले पनि ‘वेवास्था गर्नु न्यायोजित हुदैंन । लोक भाकाका धनी सुरेश गन्धर्वलाई स्थानीय सरकारले उपचार गरी नगरको एउटा निधीको रुपमा ग्रहण गर्नु पर्ने आवाज उठेको छ । त्यस तर्फ स्थानीय तहकोध्यान जावस ।
लोक गायक सुरेश गन्धर्वको उपचार सहयोगार्थ रङ्गकर्मी विष्णु मोक्तानको संयोजकत्वमा १९ सदस्दीय समिती गठन गरिएको समितिका सदस्य सौरव श्रेष्ठले जानकारी दिनुभयो । उहाँको उपचारको लागि देशविदेशमा रहेको नेपालीलाई सहयोग गर्न आव्हान गरिएको र सहयोग जुट्न थालेको श्रेष्ठले जानकारी दिनु भयो ।
गायक गन्धर्वको उपचार सहयोर्गाथ मेगा बैंक धरान शाखामा खाता खोलिएको संयोजक विष्णु मोक्तानले जानकारी दिनुभएको छ । खाता खोलेपछी बैंकका कर्मचारीहरूले नगद संकलन गरी ४ हजार रूपैँया पहिलो जम्मा गरिदिएका छन । बैंक खाता गायक गन्धर्वको छोरा यामकुमार गन्धर्व र पत्रकार संजिता धमलाको नाममा खोलिएको छ । गायक गन्धर्वको उपचारका लागि सहयोग गर्न चाहेमा मेगा बैंक धरानको खाता नं ०२२००५८२७९६५४ रकम जम्मा गर्न सकिने छ । वा सिधै बिपी प्रतिष्ठानको ट्रोपिकल वडामा पुगेर रकम प्रदान गर्न सकिने छ ।