- मदन कार्की
संकट समस्या मात्रै होइन अवसर पनि हो । हामीले यतिबेला गाउ सम्झेका छौ । भूकम्पमा पनि गाउँ भुल्न सकेनौ गाउँकै आश्रय चाहियो अहिले पनि धेरैले गाउँ जाने निर्णय गरे यसको अर्थ हो गाउँ संकटको सारथी हो , आश्रयस्थल हो । दुखको बिसौनी हो । अब गाउँ सम्झेर जानेहरुलाई गाउँमै रमाउने र जमाउने बातावरण निर्माण गर्नु र राज्यले गाउँमा युवा आकर्षण गर्ने नीति तर्जुमा गर्नुपर्छ ।
संकट , आपत, विपद र महामारिहरु फगत संकट मात्रै पनि हुदैनन् । संकटमा अवसर र समय चेतको बिम्ब पनि रहेको हुन्छ । विश्व मानव समुदाय कोविद १९ को महामारीले प्रताडित छ । जीवन मरणको भयले आक्रान्त छ तर पनि हार मान्नुपर्ने र हरेस खानुपर्ने स्थिति छैन । कोरोनाले संक्रमित हुदैमा मृत्यु नै हुन्छ भन्ने छैन यसको मृत्युदर न्यून छ तर पनि यो संक्रमणकालीन अवस्थामा सचेत ,सजग र सहयोगी बन्नु जरुरि छ । आज सम्म लगभग ३४ लाख संक्रमित छन् भने २ लाख लाख ३९ हज़ार मात्र मृत्यु भएको छ ।
सबै संक्रिमित मृत्यु वरण गर्न पुग्दैनन । यसको संक्रमणबाट प्रताडित भएर पनि ९० वर्स माथिको वृद्द स्वस्थ भएर फर्केको इटाली अनुभव अनि कतिपय देशमा बालबालिका पनि भाइरस लागेर पनि जोखिम मुक्त बनेको अवस्था । चिनको सफलता उन्मुख स्थितिले पनि यस माथि मानव मस्तिष्कले विजय पाउन सक्छ भन्ने प्रमाण पुग्दै गरेको देखिन्छ अत आतंकित भै हाल्नु पर्दैन । कोरना नियन्त्रण गर्न सकिन्छ । हाम्रै देशको अनुभव पनि संक्रमित एकको अवस्था पूर्ण स्वस्थ भै सकेको र देखिएको अर्को एक युवतीको अवस्था पनि सुधारउन्मुख बताईएको छ ।
तसर्थ सबैभन्दा पहिलो उपचार हाम्रो मनोवैज्ञानिक अवस्था स्वस्थ र भरोसायुक्त हुनु हो । कोरोना भाइरसलाई सामान्यरुपमा लिने तर कठोर र चिकित्सकले दिएको बिधान र परिधान अपनाउने , जीवन शैली परिवर्तन गर्ने , खानपान र शारीरिक ब्यायाम गर्ने , जहाँ जस्तो अवस्थामा छौ त्याही सतर्क भएर रहनु बस्नु नै जोखिम कम गर्ने र जोखिमबाट बच्ने उपाय हो । विदेशमा रहनेले पनि मनको डर र घरको चिन्ताबाट मुक्त हुन् डान्स, ध्यान, प्रार्थना र ब्यायाम गर्ने हो मन दरिलो र आत्मवल दृढ बनाउने हो । चिन्ता लिएर मात्र केहि हुदैन चिन्ताले चिता पुर्याउछ चिन्ता त्याग्नु , कम गर्नु आजको पहिलो र अत्यावश्यक शर्त हो ।
आत्मवल कम्जोर भएका र चिन्ताले ग्रस्तहरुलाई मनोसामाजिक परामर्शदिन मनोबेत्ताहरु र मनोबल उच्च बनाउदा त्रशित मनस्थितिले राहत पाउछ भनेर बुझ्नेहरुको भूमिकाको खाँचो छ । कोरोनाको उपचार बिधि यसै हो भन्ने छैन संक्रमणको भयबाट बच्न र संक्रिमित भए पछि पनि भाइरस मुक्त बन्न चाहिने आवश्यक तत्व भनेको नै मन अर्थात् आत्मवल बलियो बनाउनु हो । सकरात्मक सोच र धारणाको विकास गर्नु हो । सबै रोग र समस्याको पहिलो आवश्यकता भनेको सकारत्मक बन्नु हो ।
हर समस्या सामधानको शुरुवाती चरण , औसधि भनेकै सकरात्मक बनेर उच्च मनोवलमा रहनु पर्छ जसलाई चिकित्सकहरु भन्ने गर्छन । सकारात्मक उर्जा बटुल्ने उपायबाट नै सबै किसिमका समस्या र संकटबाट मुक्ति पाउने आधार बनाउन सकिन्छ । ओभर थिन्किंगबाट मुक्त बन्ने आधार पहिल्याउने शुत्र नै उपचार हो सबै समस्या र रोगका औसधि हुन्छन भन्ने छैन ।
तनाव ब्यबस्थापनलाई समस्याको जरो ठानेर तनाव व्यबस्थापन प्रभावकारी बनाउनु पर्छ । यतिबेला सबैभन्दा कमजोर देखिने र हुने मानसिक स्वास्थ्य हो त्यसैले मानसिक स्वास्थ्य बलियो बनाउनु जरुरि छ । हामीमा कोरोना प्रुफ हावापानी र इम्युनिटी पावर छ । सकारात्मक सोच विकास गर्न यो भनाइ उपयुक्त छ तर सामाधान यो होइन सतर्कता , पथ परेज र विश्व स्वास्थ्य संगठनले निर्देशन गरेको तथ्य मनन गरेर तदनुकुल सतर्कता , सजगता अपनाउनु पर्छ । चिनिया अनुभवलाई आत्मसाथ गर्नुपर्छ । लक डाउन भएर घरमा बस्दा हाम्रो भान्सामा परापूर्वकालदेखि प्रयोग हुदै आएका औषधिय गुण भएका बेसार, कागती , मेथी, अदुवा लसुन , धनिया, प्याज टिम्मुर ,ज्वानो , जाइफलको सन्तुलित प्रयोग गरौ ।
रोग प्रतिरोधात्मक क्षमता भएका मसलाजन्य चिजहरुले हामीलाई फाइदा गर्छ रोग प्रतिरोधात्मक शक्ति आर्जन गर्न मद्दत गर्छ । सेल्फ क्वारेन्टाइनलाई सदुपयोग आफ्नै लागि हितकारी छ । प्रार्थनाले जीवनमा सकारात्मक उर्जा प्रदान गर्छ जीवनमा प्रार्थना गर्ने बानी बसालौ । प्रार्थना नै समस्याको सामाधन होइन तर प्रार्थनाले सकारात्मक उर्जा बटुल्न मद्दत गर्छ र मन उद्देलित हुनबाट बचाउछ ।
विश्वलाई नै संकट परेको बेला कालोबजारी गर्ने , राज्यलाई असहयोग गर्ने , अनावश्यक अफवाह फैलाउने मानवता बिरोधि हृदयहीन मान्छेहुन ’emलाई अपराधी र पापीको संज्ञा दिएर राज्य कठोर रुपमा प्रस्तुत हुनुपर्छ । हर नागरिकको दायित्व र कर्तव्य सरकारलाई सहयोग गर्नु र बलियो बनाउनु हो । संकट समस्या मात्रै होइन अवसर पनि हो । हामीले यतिबेला गाउ सम्झेका छौ । भूकम्पमा पनि गाउँ भुल्न सकेनौ गाउँकै आश्रय चाहियो अहिले पनि धेरैले गाउँ जाने निर्णय गरे यसको अर्थ हो गाउँ संकटको सारथी हो , आश्रयस्थल हो । दुखको बिसौनी हो । अब गाउँ सम्झेर जानेहरुलाई गाउँमै रमाउने र जमाउने बातावरण निर्माण गर्नु र राज्यले गाउँमा युवा आकर्षण गर्ने नीति तर्जुमा गर्नुपर्छ ।
बिदेशी भूमिमा पनि देश सम्झेर आउन नसकेकाहरू छन् ’emलाई स्वदेशमा नै रोजगारी दिने कार्यकर्म र प्याकेज तयार गर्नुपर्छ । विश्व महाशक्ति रास्ट्रहरुले पनि अब यो संकटलाई अवसरको रुपमा सदुपयोग गरेर आणविक बम मिसायल र क्षेपायास्त्र बनाउने होड त्यागेर आपद विपद महामारी सँग जुध्ने प्रयोगशाला र अन्वेषण तर्फ आफ्नो ध्यान खिच्नेछन । मानवहितको लागि संकट मोचनको लागि अनुसन्धान गर्न सर्वत्र अनुसन्धानशाला निर्माण गर्नेछन । खोज अनुसन्धान गर्ने बैज्ञानिक चिन्तक र विद्द्वानहरुलाई अहोरात्र मानवहितको लागि खटाउने छन् । औषधि विज्ञानको औचित्य र आवश्यकता हरपल र हरघडी आवश्यक पर्ने तत्त्वबोध गर्नेछन । रोगले धनि गरिब शिक्षित अशिक्षित कसैलाई पनि भेद गर्ने गर्दैन त्यसैले महामारी विश्व मानव समुदायको साझा शत्रु हो । घमण्डको प्वाँख पलाउने हरकोहिको लागि यो अमुल्य पाठ हो ।
घमण्ड व्यक्तिको होस् या रास्ट्रको सबैको घमण्ड चकनाचुर हुन्छ । पृथ्वीवासी हर नागरिक समान र एकै हुन । प्रकृतिले विभेद कसैलाई पनि नगर्न सिकाउछ यो पटक पनि हामी सबैलाई विभेद नगर्न प्रकृतिले सिकाएको हो । रोग, भोक ,गरिबी ,अशिक्षा सबैको साझा शत्रु हो यिनलाई परास्त गर्न मानव एकता सुझबुझ र सहयोग आवश्यक हुन्छ आजको आवश्यकता पनि यही हो । अवसरमा बदलौ यो भयाबह चुनौतीलाई । हाम्रो देश मा पनि अनुसन्धान गर्न यथेस्ट बजेट व्यवस्था गर्न सरकारको आँखा खुलोस । सबै सरोकारवाला निकायको चेतमा घाम लागोस ।
हाम्रा स्वास्थ्यकर्मी , प्रहरी, सेना र मातहतमा रहनेको स्वास्थ्य सुरक्षा उपकरणमा कमि नहोस । जनता घर घरमा बसेर कोरोनासंग लडौ राज्यले आफ्नो दायित्व नभुलोस । सानो कस्टलाई सहज रुपमा ग्रहण गरौ । मानवता प्रदर्शन समयको माग हो । सरकारसँग यत्ती गुनासो चिकित्सकले आइसोलेसन बेड छैन नभनुन । एम्बुलेन्स चालक नभनोस पिपीई छैन । जनता नभनुन मास्क पाइएन । बिदेशम रहने नेपालीले नभनुन हाम्रा लागि सरकार छैन । स्थिति काबु बाहिर छैन । काबु बाहिर जान नदिन सरकार र नागरिकको भूमिका बराबरी छ । हामी सबै आ आफ्नो ठाउबाट सहयोगी बनौ सहयोग गरौ कोरोनालाई फैलन रोक्न सक्छौ । सकिन्छ । इमान्दार प्रयास गरौ