फत्तेपुर /  सुनसरी, सिमानामा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षको चरनक्षेत्रमा प्राणघातक रोग एन्थ्रेक्सको जीवाणु फेला परेको चिकित्सकले जनाएका छन् । केही दिन अघि ४४ वटा गाईगोरु एकै चोटी मरेको फेला परेका थिए । आरक्षको घाँसे मैदानमा मरेका ती चौपायाको रगतको नमूना परीक्षण गर्दा एन्थ्रेक्सको जीवाणु फेला परेको पशुपंछी रोग अन्वेषण प्रयोगशाला विराटनगरका डा.सञ्जयकुमार यादवले जानकारी दिए ।
यादवले आरक्षक्षेत्रमा मरेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा स्वाइल वर्न डिजिज ‘एन्थ्रेक्स‘को जीवाणुु फेला परेको बताए ।
वराहक्षेत्र नगरपालिका ९ स्थित कोसी टप्पुको श्रीलंका टापुको संरक्षित क्षेत्रमा गत बिहीबार एकसाथ २८ वटा गाई र १६ वटा गोरु परेका थिए । वडा नंं ९ का वडा अध्यक्ष दिपक लिम्बुको पहलमा मरेका चौपायाको लक्षणका आधारमा सो क्षेत्रमा खटिएको पशु चिकित्सकको टोलीले एन्थ्रेक्सको आशंका गरि ल्यावमा परिक्षणको लागि रगत लगिएको थियो ।
उक्त रिपोर्ट केन्द्रीय ल्याव काठमाडौं पनि पठाइएको छ । केन्द्रको निर्देशन अनुसार जनचेतनाका लागि आवश्यक कदम चालिने उनल ेजनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले वराहक्षेत्र नगरपालिका प्रमुखसहित आरक्षको कार्यालय र सम्बन्धित निकाय तथा सरोकारवालाहरूसँग समन्वय गरी सचेतनाका कार्यक्रमा थालिएको बताए ।
प्रजिअ राउतका अनुसार आइतबार राष्टिूय बन्यजन्तु व्यवस्थापन विभागका महानिर्देशक, आरक्षणका वार्डे, पशु चिकित्सकहरुको टोली त्यस क्षेत्रमा गई औषधी छर्कने काम भएको छ । छ वटा मध्यवर्ती क्षेत्रका अध्यक्षहरुलाई भेला पारी चरण क्षेत्रमा गाईबस्तु नछाड्न आग्रह समेत गरिएको प्रजिअ राउतले बताए ।
आरक्षमा चरिचरनका क्रममा मरेका पशुमा एन्थ्रेक्सको जीवाणु भेटिएकाले सावधानीसहित रोकथामको प्रयास थालिएको वडा अध्यक्ष दिपक लिम्बुले बताए ।
के हो एन्थ्रेक्स
डा.सञ्जयकुमार यादवका अनुसार एन्थ्रेक्स जेनेटिक डिजिज भएकाले पशुबाट पशु र मानिसमा समेत सर्न सक्छ । रोग लागेको मानिसको बेलैमा उपचार नभए रोगले ज्यानै लिन सक्ने भएकाले उच्च सावधानी अपनाउनु पर्ने हुन्छ । माटो, हावा र पानीबाट सहजै सर्ने रोग भएकाले आरक्षभित्र रहेका सबै पशुमा तत्कालै भ्याक्सिन लगाउनु जरुरी रहेको डा. यादवको भनाई छ ।
एन्थ्रेक्सको जीवाणु माटोमा १० देखि २० वर्षसम्म बाँच्न सक्ने भएकाले समेत जङ्गली जनावरहरूमा रोगको उच्च जोखिम रहेको पशु चिकित्सकहरूको भनाई छ ।
जीवाणुयुक्त जमिनमा भएको घाँसको तल्लो भागसम्मै खाने जनावरमा बढी मात्रामा तत्कालै भाइरस फैलन्छ । मानवमा भने मरेका जनावरको सिनो छुँदा, श्वास लिँदा, घाउखटिरा भएकाहरूमा हावा र पानीको माध्यमबाट र सङ्क्रमित क्षेत्रको सागपात तथा फलफूल राम्ररी नपखाली खाँदा एन्थ्रेक्सको जीवाणु सहजै मानव शरीरमा पुग्ने गर्छ ।
एन्थ्रेक्स भाइरस बायो टेरेरिजम अट्याकका क्रममा प्रयोगमा ल््याउने गरेको पाइएकाले समेत निकै खतरनाक रहेको विज्ञहरुले बताएका छन् ।
लक्षण
सङ्क्रमणपश्चात जनावरमा उच्च ज्वरो आउने र हर्टअट्याक(हृदयाघात) भई एक्कासि मृत्यु हुने गर्छ । पूर्वलक्षण विरलै देखापर्ने भएकाले चौपाया मरेपछि मात्र नाक, मुुख, कान र मलद्वारबाट रगत निस्किने गर्छ ।
यो रोग दक्षिण भारत हुदै उत्तर भारतका राज्य फैलिएको पाईन्छ । पछिल्लो बर्ष आद्र प्रदेश, जम्मुकास्मिर, तमिल नाडु, उडिसा, कर्नाटकमा फैलिउको थियो । सन् २०१४ मा एककिृत रोग निगरानी कार्यक्रम र राष्टिूय रोग नियन्त्रण केन्द्र दिल्लीले एङथेक्सको प्रकोपबारे सर्व साधारणलाईए सूचना जारी गरेको थियो ।