बर्षापछि आएको बाढीका कारण मुलुक आक्रान्त बनेको छ । पानी निरन्तर परका कारण पीडितलाई राहत व्यवस्थापन तथा उद्धारमा समस्या भइरहेको छ । कपितपय स्थानमा विस्तापितहरु भोकभोकै बसिरहेका छन् । तीनै तहका सरकारले पीडितलाई उचित राहत र व्यवस्थापन गर्न नसक्नु विडम्बना हो ।
बाढी पहिरो सालन्ने आउने गर्छ । मानविय भौतिक क्षति हुने गरेको छ । बाढी पहिरो आएका बेला मात्र चिन्ता गर्ने प्रवृतिले सालन्ने बेहिसाव मानिसहरु बाढीमा बग्ने गरेका छन् । पहिरोले पुरिने गरेका छन् । आफ्नो घरखेत गुमान बाध्य छन् । बाढी पहिरो आउने कारणहरु खोज्ने र बाढी पहिरो न्युनिकरणका लागि कुनै दीर्घकालिन योजना राज्यले नबनाउदा धनजनको क्षति हुने गरेको कुरालाई अव राज्यले मनन गर्नु पर्छ ।
भएको श्रोत र साधानलाई उचि व्यवस्थापन गदैं सम्भावित बाढी पहिरो प्रति बेलामा राज्य सचेत हुनु पर्छ । खोला पैनी थुन्ने, जताभावी मापदण्ड विपरित सडक खन्ने, वातावरणीय प्रभावबारे अध्ययन नगर्ने परिपाटी अव ग्याग्नु पर्छ । नागरिकमा पनि बाढी पहिरोको जोखिमबारे जनचेतनाका कार्यक्रम राज्यले ल्याउनु वाञ्छानिय हुन्छ । राज्यले नागरिकलाई पनि जिम्मेवार बनाउनु पर्दछ ।