•  मानबहादुर विष्ट

लोकतान्त्रिक मुलुकहरुमा देशको मुल कानुन संविधान अपरिवर्तनिय भनेर कही लेखिएको हुदैन् । कुनै पनि निती नियम संस्कार, संस्कृतिहरु परिर्वतनिय हुन्छन् । यस कारण पनि हरेक संस्कार र रितिरिवाज समायानुकल परिवर्तन हुनु जरुरी हुन्छ । विगतका अमिल्दा परम्पराहरु हामीले परिवर्तन गर्न सकेनौ भने यसले नोक्सानी मात्र होईन, पछिल्लो पुस्तामा वितृक्ष्णा समेत जाग्रित गराउछ । यसैले विकृति जन्माउने त छँदैछ, अनुयायीहरुलाई पलायन हुन बाध्य हुने स्थिति सिर्जना गराउदछ । पहाडे समुदायमका हिन्दूहरुमा रहेको काजक्रियाको संस्कारमा अहिले यस्तै स्थिति देखापरेको छ ।
मृत्यु संस्कार मानिसको मृत्यु पश्चात गरिने संस्कार हो । कतिपय धर्म र संस्कृतिमा यी संस्कारहरु अनिवार्य शर्त छन् । कतिपयमा आफ्नो ईच्छा अनुसार गरिन्छ । मृत्यु संस्कार कुनै बेला १३ वर्षको हुन्थ्यो भने पछि १३ महिना, ६ महिना, ४५ दिन हुँदै १३ दिनमा जारी भएको पाईन्छ । कतिपयले त १३ दिनपछि वर्ष दिनसम्म बरखी बार्ने प्रथा पनि कायम राख्छन् । १९९३ सालमा ७९ वर्षदेखि चल्दै आएको ४५ दिने मृत्यु संस्कारलाई १३ दिनमा ल्याईयो । अहिले ८१ वर्षको अवधि पार गरेपछि यस बारेमा बहस सुरु भएको छ । यसमा कसैले १ दिन त कसैले ३ दिन वा ५ दिनमा सक्नुपर्ने आवाजहरु उठाउँदै व्यवहारमा पनि उतार्न थालेका छन् तापनि हाम्रो समाजमा मृत्यु संस्कार पुरातन, परम्परावादी र कष्टकर नै छ ।
पहिलेको ढुङ्गे युगमा मानिसहरु एकै स्थानमा बसेर एउटै काम गरेर जिविकोपार्जन गर्दथ्ये । त्यस युग सापेक्षिक बनाएको आफन्त मर्दा १३ दिनसम्म झोक्राएर बस्नु कुनै सकस र समस्या थिएन । तर हासको अवस्थामा मान्छेहरु व्यस्थ हुन्छन् । विभिन्न रोजगारी, पेसा व्यवसायी गर्न मुलुक बाहिरसमेत गएका हुन्छन् । यस्तो अवस्थामा सेतो लुगा लगाएर महिनैपिच्छे मासे गर्ने अनि परहेजमा बस्ने संस्कार वाञ्छानिय छैन् । १३ दिनसम्म बरखी बार्ने कुरा झनै ठूलो सजाय हो बाच्नेहरुको लागि । डायबिटिज, प्रेसर, अल्सर, सुगर, ग्यास्ट्रिकलगायतका रोग यति बेला आम मानिसका लागि सामान्य बन्दै गएका छन् । यस्तो रोगहरुमा परेजमा बस्न सकेन भने ज्यान जोखिमा पर्ने निश्चित छ । यस्ता रोगबाट पीडित भइ परहेजमा बसिरहेकाहरुका लागि त अदुवा र घिउसँग अलिनो खाएर १३ दिनसम्म बारखी बार्नु मृत्युको मुखमा जानु सरह हो । कतिपय ठाँउमा क्रिया गर्न बसेको व्यक्तिको अचानक मृत्यु भनेर खवर सुन्ने गरेका छौ ।
पहाडिया समाजमा हिन्दू संस्कार यति कट्टर छ कि ती रोगी शोकाकुलहरुलाई काजक्रिया गर्ने सुविधा दिइएको छैन । डायबेटिज, प्रेसर वा अल्सरका रोगीहरुलाई १३ दिनसम्म अलिनो खाएर निष्ठापूर्वक काजक्रिया गर भन्नु भनेको ‘तँ पनि पितृसँगै मर’ भन्नु बराबार हो । अव हिन्दु धर्मका अनुयायीहरु वृद्धि गर्न यस्ता अमिल्दा संस्कारलाई समयसापेक्ष सुधार गर्नुको विकल्प छैन् ।
१३ दिनलाई ५ दिन बनाउन सकिन्छ
खासगरी अकबार बाबरलगायतका मुसलमानको निरन्तरको आक्रमणपछि हिमालयतिर लागेका हिन्दूहरुले आफ्नो अस्तित्व बचाउन यस्ता कट्टर संस्कार सुरु गरेका हुन् । खस जातिको इतिहास लेख्ने विद्वान डा बालकृष्ण पोखरेलले काजक्रियाको आधार भनेको वेद, उपनिषद होइनन, चारसय वर्षअघि लेखिएका मनुस्मृति, निर्णय सिन्धु, सुक्तिसिन्धु हुन् भनेका छन् । यि ग्रन्थमा े मृतकका परिवारका सबैजना काजक्रियामा बस्नु पर्छ भनेर कही उल्लेख छैन् ।  काजक्रिया अवधि १३ दिन भने पनि हिन्दू संस्कार अनुसारको खास कार्म ३ दिनभन्दा बढी हुँदैन । खास काम लास जलाउने दिन अनि दशौं एघारौं र बाहौं दिनमा मात्रै हुन्छ । नौं दिनसम्म उर्जा क्षय गर्दै त झोक्राएर बस्ने र तेह्रौ दिन दानदक्षिणा गर्ने मात्रै हो । नौ दिनसम्म घिउ र भात खाएर बस्ने काम मात्र हुन्छ । राणा प्रधानमन्त्री चन्द्र समशेरको एउटा उर्दीको भरमा कट्टर संस्कारको रुपमा रहेको सति प्रथा हटेको उदाहरण हामीसँग भएका बेला हाम्रा यति बेलाका शासकहरुले यस्ता अमिल्दा परम्परा छोट्याउन किन उर्दी गर्न नसक्ने ?
प्रो पव्लिकका केदार खड्काले काजक्रियाका नाममा मात्रै वार्षिक २६ अर्ब रुपैयाँ बढी नोक्सान हुने गरेको तथ्यांक सार्वजनिक गरेका थिए । श्रम नोक्सानीको हिसाव किताव छैन् । बार्षिक सरदर पाँच लाख मान्छे मर्छन् । एकजना बराबर औसत २५ हजार रुपैयाँ मात्रै खर्च हुँदा पनि वार्षिक २६ अर्ब रुपैयाँ काजक्रिया कै नाममा स्वाहा हुने गरेको पाईएको छ । यस कारण पनि ‘मुलुकले अब यस्तो बोझिलो र अब्यवहारिक संस्कारले सम्वृद्धिलाई नोक्सान पु¥याउछ । सडकमा भाषण गरेर मात्र मुलुक सम्वृद्ध हुदैन् । यस्ता कुरामा पनि राज्यले ध्यान पु¥याउनु पर्दछ ।