धरान / धरानस्थित इलाका प्रहरी कार्यालय परिसरमा निर्माणाधिन हिरासत निर्माण समितिले हालसम्म भएको प्रगतिबारे शनिवार पत्रकारहरुलाई जानकारी गराएको छ ।  गत साउन १४ गते आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले शिलान्यास गरेको भवनको हालसम्म भएको प्रगतिबारे जानकारी गराएको हो । इप्रकाको हिरासत कक्षमा क्षमता भन्दा बढी थुनुवा राख्नु पर्ने बाध्यता भए पछि स्थानीयहरुको सहयोगमा २ करोड ७६ लाख लागेतमा दुई ८ कोठा भएको हिरासत बनाउन शुरु गरिएको हो । स्थानीयहरुकै दानबाट निर्माण गर्न लागिएको उक्त भवन बनाउन हालसम्म ५ प्रतिशत काम भएको भवन डिजाईन इन्जिनियर केवल परियारले जानकारी दिए ।
जनसहभागीतामा सडक निर्माण, जनसहभागीतामै रङ्गशाला, धरान घण्टाघरलगायत बनाएर धरानेहरुले चर्चा कमाएका बेला ततकालिन डिएसपी रामेश्वर पौडेलको अवधारणामा हिरासत निर्माण गर्न लागिएको हो । हालसम्म २० लाख ६ हजार ८ सय ८ रुपैया खर्च भएको छ । फाउण्डेशन उठाउने काम सकिएको निर्माण समितिका संयोजक मीन सुब्वाले जानकारी दिए । हालसम्म २१ लाख ६ हजार ८ सय ८ रुपैया उठेको र ३३ लाख ९२ हजार ८ सय १४ रुपैया बोलकबोल गरेको अध्यक्ष सुब्वाले जानकारी दिएका छन् । शनिवार मात्रै धरानका व्यवसायी मणी सुब्वा, गोकुल राई, मनोज विष्ट, दिपक आचार्य, श्याम सोनी छविलाल काफ्लेलगायतले ६ लाख भन्दा बढि नगद सहयोग हस्तान्तरण गरेका छन् ।
समितिले अगाडी २०७६ साउन १४ गते भवन सम्पन्न गरेर इलाका प्रहरी कार्यलयलाई हस्तान्तरण गर्ने गरि काम द्रुर्त रुपमा गरिएको निर्माण समितिका सचिव मुरारी सुवेदीले जानकारी दिए ।
डिजाईन अनुसार भवनको भुई तलामा २० जना महिला थुनुवाहरुका लागि एउटा कोठा तयार गरिन्दैछ । माथिल्लो तलामा पुरुष थुनुवाका लागि ३ वटा कोठा निर्माण गरिन लागिएको छ । अपराधको प्रकृति अनुसार सबैलाई छुट्टाट्टै राख्न मिल्ने गरि निर्माण गरिदै छ । कुनै पनि व्यक्तिको अपराध प्रमाणित हुनु भन्दा अगाडी हिरासतमा राखिने गरिन्छ । तर उनीहरुले अपराधा प्रमाणि भए सरह सजाय भोग्नु पर्ने बाध्यतालाई हटाउन यस्तो भवन बनाउन लागिएको हो ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अव थुनुवा र कैदीहरुलाई राखी हिरासतलाई सुधार गृह हो भन्ने कुरा महसुस गराउने गरि धरानमा नेपालकै पहिलो आधुनिक हिरासत बन्न लागेको हो ।
निर्माणाधिन भवनमा हिरासतकक्ष मै ट्वाईलेट, बाथरुम, पानीको सुविधा, थुनुवा भेट्न आउनेहरुका लागि भवन परिसारमा पार्क समेत निर्माण गरिने भएको छ । भिआईपी थुनुवाका लागि पनि छुट्टै कोठा तयार हुदैछ ।
कति पय थुनुवाहरु रोगी हुन्छन । लागुपदार्थमा समातिएका थुनुवाहरुमा अधिकांश हेपाटाईटिस सि हुन्छ, सामान्य अपराधमा आएका निरोगी मान्छे उनीहरको संगतमा रोगको संक्रामणमा पर्ने गरेका छन् । प्रकृति अनुसारका थुनुवाहरुलाई अलग अलग कोठामा राख्नुपर्ने हो तर सरकारले यस्तो व्यवस्था केह ीगर्न सकेको छैन् । यसरी प्रकृति अनुसार थुनुवाहरुलाई छुट्टाछुट्टै बस्ने गरि बनाउन लागिएको धरानमा पहिलो भएको निर्माण समितिका संयोजक सुब्वाले जानकारी दिए ।
इप्रकामा ४० जना क्षमताको हिरासत रहेको छ । तर उक्त हिरासतमा ९३ जना सम्म कैदी बन्दीहरु बस्दै आएका छन् । सबै खाले आरोपीलाई एउटै हिसारसतमा राखिदै आएको छ । तर उक्त भवन निर्माण भए पछि आरोप तथा रोग अनुसारका व्यक्तिहरुलाई छुट्टै राखिने छ ।