झापा । राष्ट्रिय राजनीतिमा ठूलो तरंग ल्याउने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीलाई  पराजित गर्दै ऐतिहासिक विजय हासिल गरेका छन्।

झापा–५ मा खसेको कुल १ लाख ६ हजार ३७२ मतमध्ये बालेनले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् भने एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमै सीमित हुनु भयाे । उहाँ रूबीचको मतान्तर ४९ हजार ६१४ रहेको छ, जुन हालसम्मकै ठूलो मतान्तरमध्ये एक मानिएको छ। यस परिणामले नेपाली राजनीतिमा नयाँ पुस्ताको प्रभाव र परम्परागत शक्तिको चुनौतीबारे व्यापक बहस सुरु गराएको छ।

ओलीको राजनीतिक यात्रामा अर्को धक्का

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीका लागि यो हार निकै अर्थपूर्ण मानिएको छ। उनी झापाका विभिन्न निर्वाचन क्षेत्रबाट यसअघि ६ पटक निर्वाचित भइसकेका थिए। 

ओलीले यसअघि २०६४ सालको संविधानसभा चुनावमा  माओवादीकाे  लहरका कारण झापा–७ बाट पराजय व्यहोर्नु भएकाे  थियाे ।  त्यसपछि भने उहाँले लगातार चुनाव जित्दै आउनु भएकाे थियाे । 

तर अहिलेको चुनावमा उहाँआफ्नै ‘राजनीतिक गढ’ मानिने झापामै भारी मतान्तरले पराजित भएपछि एमालेभित्र र बाहिर दुवैतिर व्यापक चर्चा सुरु भएको छ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि राष्ट्रिय राजनीतिमा चर्चित बनेका  शाह  यसपटक संसदीय चुनावमार्फत आफ्नो लोकप्रियता पुनः प्रमाणित गर्नु भएकाे छ ।