धरान । सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत धरान उपमहानगरपालिका–१ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। हालसम्म १ हजार मत गणना हुँदा स्वतन्त्र उम्मेदवार शरिन तामाङले अग्रता लिनु भएकाे छ।

प्राप्त विवरणअनुसार घण्टी चुनाव चिन्हबाट उम्मेदवारी दिएका शरिन तामाङले ४६१ मत प्राप्त गर्नु भएकाे छ । यस्तै माटो चुनाव चिन्हका उम्मेदवार हर्क साम्पाङले १५४ मत ल्याउनु भएकाे छ।

त्यस्तै रुख चुनाव चिन्हका उम्मेदवार सुजेन्द्र गोलेले १०७ मत प्राप्त गर्दा हलो चुनाव चिन्हका उम्मेदवार उद्धव श्रेष्ठले ९५ मत पाउनु भएकाे छ ।

यसैगरी तारा चुनाव चिन्हका उम्मेदवार मनोज भट्टराईले ४१ मत ल्याउदा सूर्य चुनाव चिन्हका उम्मेदवार टिकराम लिम्बूले २० मत प्राप्त गर्नु भएकाे छ ।

धरान–१ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आगामी मतपरिणामसँगै उम्मेदवारहरूको मत अन्तरमा परिवर्तन हुन सक्ने बताइएको छ।