धरान  / सुनसरी क्षेत्र नंं १ का ठूला दलहरुको उम्मेदवारहरुले मतदान गरेका छन् । नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बूले धरान १० स्थित पञ्चायत माविबाट विहान ८ बजे मतदान गर्नु भएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा मतदान गर्नुभएको छ । 

धरान उपमहानगरपालिकाका पूर्वप्रमुख उहाँ सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार हुनुहुन्छ । यस्तै नेकपाका उम्मेदवार मनोज भट्टराईले धरान १७ स्थित पञ्चकन्या माविबाट मतदान गर्नु भएको छ । 

नेपाली काङ्ग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले धरान १५ स्थित सदन स्कूलबाट मतदान गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङले धरान ८ बाट मतदान गर्नु भएको छ । 

यो क्षेत्रका सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँ एक लाख ५० हजार ३९३ मतदाता छन् ।