धरान । धरान(१ स्थित धरान मोडल कलेजकी छात्रा सन्ध्या लिम्बु विविएसमा सुनसरी प्रथम हुनु भएको छ । त्रिभुवन विश्वबिद्यालयले गत बैशाख महिनामा संचालन गरेको चौथो बर्षको बार्षिक परीक्षाको हालै प्रकाशित नतिजा अनुसार सन्ध्या सुनसरी प्रथम हुनुभएको हो ।
सन्ध्याले चौथो बर्षमा ८० प्रतिशत अंक प्राप्त गरी बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेको क्याम्पस प्रमुख प्रबिन राईले जानकारी दिनुभयो । मोडल ८० प्रतिशत अन्क ल्याएर सुनसरी प्रथम गरेकी सन्ध्या लिम्बुलाई कलेजले एक कार्यक्रमको आयोजना गरि सम्मानसमेत गरेको छ। क्याम्पस प्रमुख प्रबिन राई, कलेजका अध्यक्ष बद्री तामाङ, कलेज ब्यबस्थापन समितिका अध्यक्ष भवानिशंकर भट्टराई र कलेजका पूर्व अध्यक्ष एबम सल्लाहकार डा.जीवनकुमार राईले सन्ध्यालाई ५ हजार रुपैया नगदसहित सम्मान गर्नु भएको हो । चौथो बर्षमा उत्कृष्ट नतिजा ल्याएर कलेजको नाम राख्न सफल भएकाले सन्ध्यालाई सम्मान गरेको क्याम्पस प्रमुख राईले बताउनु भयो ।