- कृष्ण प्रधान
हामीसित प्रशस्तै लघुकथाकारहरू छन्। लघुकथा (flash fiction) भनेको नै अत्यन्तै सङ्क्षिप्त रुपमा वर्णन गरिने साहित्यिक सिर्जना हो। उपन्यासभन्दा सानो आकारको लघुकथा, कथाको नवजात सन्तान हो । लघुकथा पढ़ेपछि आफ्नो बुझाइको आधारमा पाठक आफैले तिनको अर्थ खोज्छन्। लघुकथाले सबै कुरो खुलस्त पार्दैन। त्यसलाई बुझ्ने, घोत्लिने र मनन गर्न पाठककै निम्ति छोड़िएको हुन्छ । लघुकथामा पात्र हुन्छन् अनि कथानकोभन्दा मनोदशामाथि ध्यान केन्द्रित गरिन्छ ।
लघुकथा १०० शब्ददेखि १००० शब्दसम्मको हुन्छ भन्ने समलाचोकहरूको मन्तव्य पाइए तापनि लघुकथा लेखनको इतिहास हेर्दा लघुकथा १० देखि २५ शब्दभित्रमा लेखिएको पाइऩ्छ । अमेरिकी साहित्यकार अर्नेष्ट होमिङ्वेले मात्रै ६ शब्दभित्र लघुकथा लेखेको पाइन्छ । हेमिङ्वेको यो ६ शब्दे लघुकथालाई नै संसारको सबैभन्दा छोटो लघुकथा मानिएको छ । हेमिङ्वे मान्छे जिद्दी मात्रै होइनन् ढिट पनि थिए । एउटा डरलाग्दो बाजीको कारणले नै यो ६ शब्दे लघुकथा हेमिङ्वेले लेखेका हुन्। सबैभन्दा छोटो लघुकथा लेखिनेबारे फिदेल कास्त्रो, चे गुयेभरा दुई साहित्यिक एकातिर अर्कातिर हेमिङ्वे एकलै। दुई साहित्यकारले बाजी लगाएपछि हेमिङ्वे पनि काँचो काठले डढ़्ने खाल्का कथाकार कहाँ हुन् । बाजीको कथा यस्तो छ।
एकदिन उखरमाउलो गर्मीको याममा हेमिङ्वे, फिदेल कास्त्रो र चे गुयेभरा डुङ्गामा बसी नदीमा माछा पक्रिन गएका थिए । नदीमा बल्छी फ्याँके उनीहरूले । निक्कै समय बितिसक्दा पनि नदीमा एउटै माछा देखा नपर्दा उनीहरू तिनैजना साहित्यिक साथीहरू वाक्कैदिक्कै भइसकेका थिए । निराश भएर गुयेभराले भने, ठैट । आज माछा पक्रिन नपाउँदा के भयो र लु अब हामी आ(आफ्नो खाना खाउँ भन्दै उनले स्न्याक्सको पाकिट खोल्न थाले। हेमिङ्वे र कास्त्रोले पनि आ(आफ्ना स्न्याक्सको पाकिट खोले। खान थाले तीनैजनाले भटाभट। मुखभरि स्न्याक्स हालेर भए पनि कास्त्रोले हेमिङ्वेलाई भने – तिमीले यस्ता कथाहरू के लेख्छौ ? अहिले एउटा लघु कथा लेखी देखाऊ ता ।
हेमिङ्वेले तुरुन्तै जवाब दिए –यो माझ नदीमा कसरी कथा लेख्नु हौ ? लेख्ने सामग्री सबै ता घरमै छोड़ेर आएको छु।
खाइसकेपछि चे गुयेभराले टिस्यू पेपरले हात पुछ्दै एउटा अर्को टिस्यू पेपर हेमिङ्वेतर्फ बढ़ाउँदै भने – यी नायो टिस्यू पेपर। तिम्रो इच्छा भए यसमै पनि कथा लेख्न सक्छौ। हेमिङ्वेले हात अघि बढ़ाएर टिस्यू पेपर आफ्नो हातमा लिए। खानु छोड़ी निक्कै बेरसम्म शान्त भएर बगिरहेको नदीको पानीतर्फ निर्निमेष हेरिरहे कि हेरिरहे हेमिङ्वेले। तर हेमिङ्वेले कास्त्रो र चे गुयेभरा अघि एउटा शर्त राखे। शर्त के थियो भने, उनले यस्तो छोटो कथा लेख्न सकेको खण्डमा हेमिङ्वेलाई १० डलर दिनुपर्नेछ। दुवै राजी भए। बस उनले मात्रै ६ शब्दभित्र कथा लेखिसिद्ध्याए। ती ६ शब्दहरू के के थिए ता, हेर्नोस् –
'For sale. Baby shoes. Never worn'
अर्थात्, बिक्रीको निम्ति, नानीको जुत्ता तर उपयोग गर्नलाई होइन। कथा सुनेर कास्त्रो र चे गुयेभरा तीनछक्क परे। दुवैले कथा भक्कु मनपराए। परिणाम, दुवैले हेमिङेवेले यति छोटो शब्दमै कथा लेख्न सकेकोमा उनीहरूले हेमिङवेलाई १० डलर दिए। हेमिङ्वेले बाजी जिते, कास्त्रो र चे गुयभरा दुइ हारे।
यो एउटा सम्पूर्ण गद्य हो जो आरम्भ हुँदा नहुँदै सिद्धिन्छ। तर यस्तो कथाको आकर्षण भने पाठकलाई अनुभूत हुन्छ। यस लघु कथाको भावार्थ यस्तो देखिन्छ, नानीको निम्ति जुत्ता किनिएको थियो। तर त्यो नानीले संसारको उज्यालो देखेको छैन। आमाको गर्भमै नानी तुहिसकेको हुन्छ। मात्रै ६ शब्दको गर्भभित्र गर्भमै तुहेको नानीको निम्ति आमाको अनुभूति देखिन्छ। यस्तो खाले लघु कथालाई ‘flash fiction’ वा ‘micro short story’ पनि भनिन्छ।
अमेरिकी साह्तियकार अनेष्ट हेमिङवे ९२१जुलाई १८९९(२ जुलाई १९६१० सन् १९५४ मा साहित्यमा नोबेल पुरस्कारले विभूषित बेजोड़ कथा शिप्ली हुन्। उनका ७ वटा उपन्यास, ६ वटा कथा सङ्ग्रह अनि दुइवटा फिक्सन ग्रन्थ प्रकाशित छन्। उनको मृत्युपछि अरु तीनवटा उपन्यास, चारवटा कथा सङ्ग्रह अनि तिनवटा नन फिक्सन ग्रन्थ प्रकाशित भए।
संसारको अर्को एउटा छोटो कथा वा Flash Fiction हो ‘नक’ (Knock )। फेड्रिक ब्राउन ९२९ अक्टोबर १८५१( ११ मार्च १९७२० लेखिएको यो ‘नक’ शीर्षकको लघु कथालाई संसारको सबैभन्दा सङ्क्षिप्त भूतको कथा मानिएको छ। अमेरिकाकै फेड्रिक ब्राउन, अर्नेष्ट हेमिङ्वेभन्दा उमरेले ४८ वर्ष कान्छो थिए।
वर्ष कान्छो हुन्। ब्राउनको लघु कथा यस्तो छ(
“The last man on earth set a room. There was a knock on the door” यसको भावानुवाद –“संसारका अन्तिम मान्छे एकलै एउटा कोठामा बसिरहेका छन् । अचानक उसको ढोका कसैले ढक्ढ-काउँछ।”
१५ शब्दमा लेखिएको यस छोटो कथा पढ़िसिद्ध्याए पछि संसारको अन्तिम मानिस।त्यसो हो भने ढोका कसले ढकढकायो ता भन्ने प्रश्नले गिजोल्छ। यसैले दुइ वाक्यमा लेखिएको यस कथाले लघु कथाको ठाउँ ओगटन सफल भएको छ।
ब्रिटिश कला शिक्षक अनि चित्रकार फेड्रिक ब्राउन अमेरिकी विज्ञान कथा अनि रहस्य लेखक हुन्। उनी संवादकर्मी थिए। उनले १४ वर्षसम्म मात्र पूर्णकालिक कथाकारको रुपमा कथा लेख्न सके । उनी भक्कु मात्थे, मातेर उनले जीवन सिद्ध्याए।
कृतज्ञता स्वीकार
१. Catherine Sustana. “What is Flash Fiction?”
२. अनुगोल्पो, आलोचना – डा. लोपा बरुवा, वर्णल जात्रा, द्वय(वार्षिक पत्रिका, पश्चिम गुवाहाटी लेखिका संस्था, सम्पादन डा। कणिका मेधी, वर्ष २०१९(२०२१)
सङ्ग्रहित