धरान  / धरान १३ अमर हाटमा नेकपा एमाले– जनता समाजवादी पार्टीको तालमेलका उम्मेदवारहरुले घरदैलोमा जनतासँग अभिमत मागेका छन् । 

उम्मेदवारले जनताको अभिमत एमाले–जसपा समीकरणलाई प्रदान गर्न आग्रह गर्दै विकास, समृद्धि र सुशासनका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

निर्वाचन क्षेत्र र जनताको सुदृढीकरण, संरक्षण, सम्वद्र्धन देशको हित, जनताको हित समृद्धि र सुखका लागि काम गर्ने सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट एमाले जसपा समीकरणका उम्मेदवार अशोककुमार राईले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

‘समृद्ध नेपाल, सुखी नेपालीको नारालाई कार्यान्वयन गर्ने र त्यसलाई पूर्णता दिने र अगाडि बढाउने अवसर दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु,’ धरान १३ अमरहाटमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार राईले भन्नु भयो  ‘दाजु भाइ तथा दिदी बहिनीहरु यी उम्मेदवार के हुन्, कस्ता हुन् भनेर विल्कुलै चिन्ता नगरे हुन्छ ।’

संस्कृति भाषाको उक्ति सुनाउँदै उम्मेदवार राईले जनताले दिएको जनमतलाई जनतामै समर्पण गर्ने बताउनु भएको छ । जनताले दिएको शक्ति जनता मै अर्पण गर्ने संकल्पका साथमा जनताको बीचमा आएको उम्मेदवार राईले बताउनु भयो । 

सुनसरी क्षेत्र नं. १ प्रदेश सभा ‘१’ तर्फका सूर्यध्वजावाहक उम्मेदवार रमेशकुमार बस्नेत अशोक राईसँगै सोमबार भोट माग्दै धरान १३ स्थित शिवधाराका जनताको घरदैलोमा पुग्नु भएको छ । उनले आयोजित कोण सभामा जनताले खोजेको विकास निर्माणको अपेक्षा र अधुरा कामलाई पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।  

कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार बस्नेतले जनताले निर्वाचित गराएर संसदमा पुर्याए प्रदेशको समुन्नतिका लागि नीति निर्माण गर्नेसँगै विकासको जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो । 

उहाँले धरानको खानेपानीको समस्याको दिगो समाधानका लागि पहल र प्रयत्न गर्ने बताउन ुभयो । अधुरा बाटा, खहरे नियन्त्रण र नेकपा एमाले पार्टीको केन्द्रीय नीतिअनुसार पाँच लाख युवालाई स्वरोजगार बनाउने दिशामा आफूले नीति निर्माण गर्ने बताउनु भयो ।  

धरानका काली खोला, सर्दू खोला र सेउती खोला व्यवस्थापन र नियन्त्रणमा काम गर्ने बताए । उनले यी खोलाहरुको नियन्त्रणका लागि करिडोर निर्माण गर्ने नीतिका लागि आफ्नो पहलकदमी हुने बताउनु भएको छ । जनतालाई दुःख दिने खहरे खोलाहरुमा करिडोर निर्माण गरी सौन्दर्यीकरण गर्ने र आन्तरिक पर्यटनको विकासलाई जोड्ने बताउन ुभयो ।  

विजयपुरको ऐतिहासिकतालाई थप प्रकाशमा ल्याई यसको समुचित विकासतर्फ नीति निर्माण गर्ने उम्मेदवार बस्नेतले बताउन ुभयो । ‘धरानको विकास र समृद्धिको अगुवा नेकपा एमालेले गर्छ, जनताले आफ्नो विश्वासिलो पार्टी एमालेको सूर्य चिह्नमा मतदान गरेर उम्मेदवारलाई संसदसम्म पुर्याउन म्याण्डेड दिनुर्छ,’ उम्मेदवार बस्नेतले भन्नु भयो, ‘एमाले र यसका उम्मेदवारहरुले सुशासनको पक्षमा, विधिको शासनको पक्षमा, र पारदर्शिताका लागि काम गर्नेछन्, जनताले विश्वासको मत प्रदान गर्नुहुनेछ भन्न अपेक्षा लिएका छौं ।’

उम्मेदवार बस्नेतले आफूले सदैव सादा जीवन बिताएको र आगामी दिनमा पनि जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।  

     Ashok Rai Ghardailo dharan 13 (2)