धरान / पूर्वको सुन्दर पर्यटकीय शहर धरानको विकासको खाका कोर्दै समग्र धरानबासीको पक्षमा युवा जोश जांगर र उत्साहकासाथ स्थानीय तहको चुनावी मैदानमा उत्रिनु भएको मञ्जु भण्डारी सुवेदी धराने जनताकालागि अपरिचित नाम होइन । उहाँलाई नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा धरान उपमहानगरकालागि मेयरको प्रत्यासीमा उठाएको छ । नेकपा एमालेले देशका ११ वटा उपमहानगर मध्य ४० बर्ष उमेर नकटेकी एक मात्र महिला उम्मेद्वार पनि भण्डारी नै हुनुहुन्छ ।
धराने जनतामाझ उहाँको लोकप्रियता झन बढेको छ । राजनितिमा होस वा जनप्रतिनिधिको रुपमा होस निर्णायक क्षमता प्रदर्शन गर्न खप्पिस भण्डारीसँग पाँच बर्ष उपमेयरको कार्यभार सम्भालेको बेजोड अनुभव छ । ०७४ को निर्वाचनमा स्वर्गीय तारा सुव्वासंगै लोकप्रिय मत लिएर विजयी हुनु भएकी भण्डारीसंग मेयर सुव्वाको निधनपछि करिव डेढ बर्षसम्म कार्यवाहक मेयर भएर धरानको समग्र विकास निर्माणमा सरिक भएको अनुभव पनि छ । नेकपा एमालेले उहाँको योग्यता, दक्षता, क्षमतालाई मध्यनजर गर्दै चुनावी मैदानमा उतारेको हो । ०७४ को स्थानीय निर्वाचनमा २१ हजार २५६ मत ल्याएर कांग्रेसकी श्यामा रेग्मीलाई ६ हजार ३३९ को मत अन्तरले हराउँदै विजयी हुनु भएको थियो । एमालेले महिलालाई नेतृत्वमा पु¥याउनु पर्छ भन्ने मान्यताले उनलाई मेयरको टिकट दिए पछि धरानका आम जनतासँगै महिलाहरु खुशी भएर जिताउने अभियानमा लागेका छन् ।
उपप्रमुखको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न
स्कूले जीवनमै राजनिति तर्फ आकर्षित भएकी एमालेका मेयर उम्मेदवार भण्डारी ०५३ साल ताका १४ बर्षको किशोरी उमेरमै सुनसरीको इटहरीस्थित जनता मावि कक्षा ८ अध्ययन गर्दागर्दै अनेरास्ववियूको प्रारम्भीक कमिटि सदस्य बनेपछि कम्यूनिष्ट राजनितिमा प्रवेश गर्नु भएको थियो । पिता रविन्द्रप्रसाद भण्डारी र माता राधादेवी भण्डारीको सुपुत्रीको रुपमा २०३९ साउन २ गते जन्मेकी नेतृ भण्डारी भन्नु हुन्छ्, ‘युवापुस्ताले राजनिति बुझ्नु पर्छ । राजनितिबाटै यो मुलुकमा सरकार बन्ने हो । मैले पनि आफ्नो रुचीअनुसार कम्युनिष्ट राजनितिको सिद्धान्त मनपराएर विद्यार्थी जीवनमा सक्रिय भएं । यो सक्रियताकै कारण होला मलाई धराने जनताले ०७४ सालमा नेकपाको तर्फबाट उपमेयरमा भारीमतले विजय गराउनु भयो । उपप्रमुखको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरें । पाचबर्षको अवधिमा मैले आफ्नो पदीय दायित्व, जिम्मेवारीलाई इमान्दारीकासाथ पुरा गरें । यो अवधिमा १ बर्ष पुरा नहुदै नगरप्रमुख तारा सुव्वाको दुखत निधन भयो । नगरपालिका अभिभावकविहिन भएको अवस्थामा मेरो जिम्मेवारी स्वाभाविकरुपमा चुनौतीकासाथ थपियो । मैले नगरपालिकालाई र सिंगो नगरलाई अभिभावक विहिन भएको महसुस हुन नदिइ कार्यवाहक मेयरको रुपमा अभिभावकत्व प्रदान गरें । यो अवधि मेरो जीवनमा चुनौतीमात्र होइन जिम्मेवारी वहनको अनुभव आर्जन र क्षमता विकासका दृष्टीकोणबाट कोशेढुंगा हुन पुग्यो ।’ उनकाअनुसार यही अवधिमा धरानलाई थप बुझ्ने, राज्य संचालन प्रक्रियाका सन्दर्भमा गहिरो अध्ययन गर्ने, जनताको सवैखाले समस्यालाई सम्बोधन गर्ने प्रक्रियामा आफुलाई समर्पित गरेको र धरानको विकासकालागि नया सोंच निर्माण गर्न सकेको बताइन् ।
धरानका जनताले अपेक्षा गरेअनुसार काम गरें । मेरो उपमेयर कार्यकालमा गरेको काम भनेको पार्टीको निति र सिद्धान्तको आधारमा स्व. मेयर तारा सुव्वाले र हामीले तय गरेको रोडम्याप अनुसार चलेका थियौं ।’
अनेरास्ववियूूको मावि प्रारम्भीक सदस्यदेखि पार्टी केन्द्रीय सदस्यसम्म भण्डारी
भण्डारी अनेरास्ववियूूको मावि प्रारम्भीक सदस्य, कोषाध्यक्ष, अध्यक्ष हुदै एसएलसी गरेपनि उच्च शिक्षाआर्जन गर्न जनता क्याम्पस ईटहरीमा अध्ययन गर्नु भयो । उहाँले क्याम्पसको अध्ययनसँगसँगै कम्यूनिष्ट राजनितिमा पनि सक्रिय भएकाले ०५६ सालमा सुुनसरी २ नं. क्षेत्रिय कमिटि सचिव, ०५७ मा सुुनसरी जिल्ला कमिटि सदस्य, सोही बर्ष जिल्ला कमिटि कोषाध्यक्ष, जिल्ला कमिटि सचिव, अनेरास्ववियूू कोशीअञ्चल महिलाविभाग सदस्य हुदै अनेरास्ववियूू कोशीअञ्चल कमिटि अध्यक्षको कार्यभार सम्भाल्नु भयो । उपमेयर भएकै समयमा नेपाल नगरपालिका संघ १ नं. प्रदेश सचिव तथा केन्द्रीय सचिवालय सदस्यसमेत हुनु भएको छ ।
२०६४ साल वैशाखमा तत्कालिन धरान नगर इन्चार्ज मुरारी सुवेदीसंग सामाजिक रुपान्तरणकालागि जनवादी मञ्च विवाह गर्नु भएकी भण्डारीले धरान उपमहानगरको उपमेयर भएपछि न्यायिक समितिको न्यायसम्पादन प्रवाहलाई चुस्त बनाएको, न्यायसम्पादनलाई छिटो, छरितो बनाउनेदेखि लिएर न्यायसम्पादन प्रक्रियामा जनताको पहुँच बढाको उहाँले बताउनु भयो । प्रारम्भीक समयमा इटहरी केन्द्रित राजनिति गरेपनि ०६४ सालदेखि धरान केन्द्रित राजनितिमा क्रियाशील भण्डारी पार्टीको दशौं राष्टिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला सह ईन्चार्जको कार्यभार पनि सम्हालीरहेनु भएको छ । ०५८ सालको संकटकाल विरुद्धको संघर्षको नेतृत्व गर्दा अनेरास्ववियूूको कमिटि निर्माणका क्रममा सैनिकबाट गिरफ्तारी, प्रतिगमन विरुद्धको आन्दोलनमा २०६१ सालमा ईटहरीबाट सैनिकहरुले गिरफ्तार गरी जिल्लाप्रहरी कार्यालयमा थुनामा परेको अनुभव पनि छ । त्यसो त तत्कालिन राजा ज्ञानेन्द्रले गराएको नगर निर्वाचन वहिस्कार गर्दा गिरफ्तारीमा परी १३ दिन शसस्त्र प्रहरी क्याम्प पकलीमा र २०६२÷ ६३ को आन्दोलनकाक्रममा ईटहरी चौकबाट सेनाले गिरफ्तार गरी प्रहरी हिरासतमा परेको तितो अनुभव पनि उहाँसंग छ ।
भण्डारी: सामाजिक तथा विकास अभियानकर्ता
भण्डारी आफैपनि सामाजिक तथा विकास अभियानकर्ता हुन् । मानवअधिकार रेडियो श्रोताक्लवको जिल्ला अभियन्तादेखि मानवअधिकार तथा द्धन्द्ध रुपान्तरणका लागि अभियान, द्धन्द्ध व्यवस्थापनकालागि सञ्चालित वारुदी सुुरुंग प्रतिवन्ध अभियानको जिल्ला संयोजक, लैंगिक मैत्री योजना निर्माण र कार्यान्वयनको संयोजनकर्ता, रणनितिक योजना तथा संस्थागत विकासका काममा उहाँले प्रत्यक्ष योगदान दिनु भएको छ । यसैगरी महिला हिंसा विरुद्ध सुुनसरी जिल्ला स्तरमा निरन्तर क्रियाशीलता, महिला तथा वालिकाको न्यायमा पहूूँच परियोजना अन्तर्गत जिल्ला संयोजक, सुुनसरी जिल्लामा महिलाहरुद्धारा सञ्चालित ५०औं सहकारी सस्थाहरुको संस्थागत र व्यवसायिक योजनानिर्माण साथै विकासको संयोजन, धराननगर पालिकाको सामाजिक परिचालन समितिको सदस्य तथा नगरको २ वर्षको सामाजिक विकास कार्यक्रमको मूूल्यांकन समिति संयोजक, धरान उपमहानगर महिला सञ्जालको सदस्य तथा हाल उप सचिवको रुपमा उनले काम गरेको अनुभव छ ।
महिला हिंसा विरुद्ध पैरवीकर्तामात्र नभएर उहाँलाई नजिकबाट चिन्नेले सुनसरीमा विकासकालागि राजनिति गर्ने नेतृको रुपमामात्र नचिनेर उर्जाशील विकास अभियानकर्मी तथा सिर्जनशील र संघर्षशील राजनितिक नेतृको रुपमा पनि चिन्ने गरेका छन् । उहाँको कार्यकालमा संघीय सरकारका सरोकारवाला निकायहरु विकास साझेदार संस्थाहरुसंग ऐतिहासिक सम्बन्ध कायम भई धरानलाई राष्ट्रिय बजेट र कार्यक्रममा गौरव गर्न सकिने गरी जोडिएको छ ।
धरानमा ठूला गौरवका आयोजना शुरु ग¥यौं
धरानको उपमेयर हुदाको अनुभव साट्ने क्रममा उहाँ भन्छिन्, ‘संघीयतापछिको पहिलो स्थानीय तहको नेतृत्वमा प्रवेश गरिरहँदा स्थानीय तह संरचना विहीन थियो । त्यसकालागि हामीले संरचना निर्माण सम्पन्न ग¥यौं । धरानका ठूलठूला गौरवका आयोजना शुरु ग¥यौं । धरानमा भएको भानुचोक बसपार्कले धान्न सकिरहेको छैन । भानचोक बसपार्कको विकल्पमा तीनकुनेमा नेपालकै पहिलो स्मार्ट बसपार्क निर्माण गर्नेकामका थालनी गरेका छौं । खानेपानी आयोजना टुंगो लागेको छ तर वितरण प्रणालीमा देखिएको केही त्रुटीलाई सुधार्ने पहल भइरहेको छ । प्रविधि र प्राविधिकसहित काम गर्न बाँकी छ । नगर गौरवका महत्वपूर्ण आयोजनाको रुपमा धरान उप महानगरपालिकका फोहोर व्यवस्थापन गर्नमा अब्बल बनाउने प्रयास भइरहेको छ ।’ उहाँले खानेपानी आयोजना आफु नेतृत्वमा आउनुभन्दा अगाडि नै सन २०१२ बाटै सूरु भएकाले पुर्व सम्झौताअुनसार सन २०१९ मा सकिएको र यसलाई संस्थागत रूपमा विकास गर्न समय लाग्ने बताउनु भयो । धरानमा खानेपानी अभाव नहुने म प्रतिबद्धता गर्दै उहाँले थप प्रोजेक्टका लागि पनि पहल कदमी गर्ने बताउन् भयो ।
चुनावमा मतदातासामु राखेका घोषणापत्र र प्रतिवद्धता पुरा भए
उहाँले ०७४ सालको चुनावमा मतदातासामु राखेका घोषणापत्र र प्रतिवद्धताहरु पूरा गरेको बताउन्ु भयो । उहाँले भन्, ‘हामीले भनेका थियौँ, बसपार्क निर्माण गर्छौं भनेर २५ प्रतिशत काम सम्पन्न भइसकेको छ र काम हुँदै छ । यसका लागि मेरै पहलमा केन्द्रीय सरकारसँग समन्वय भएर बजेट केन्द्रबाट पठाइएको छ । हामीले सुकुमवासी व्यवस्थापनको विषयमा कुरा उठाएका थियौँ । पार्टीको आन्तरिक विवाद र त्यसपछि आएको फुटका कारण लालपुर्जा वितरण गर्न सम्भव भएको छैन । धरानका सुकुम्बासीका लागत तथ्यांक हामीले तयार गरेर राखेका छौँ। उहाँहरू कस्तो अवस्थामा हुनुहुन्छ र कस्तो जमिनमा बस्नुभएको छ भनेर हामीले तथ्यांक तयार गरेर घर नम्बर वितरण गरेका छौँ र घर नम्बरको आधारमा हामी लालपुर्जा वितरण गर्छौं।’
उहाँले धरानको समृद्धि र विकासकालागि नगरको स्रोतमामात्र भर पर्न नसकिने भएकाले केन्द्रसम्म पहुच पु¥याउन र समन्वय गर्न सक्ने हैसियत बनाकाले त्यस्तै जनप्रतिनिधि धरानका मतदाताहरुले खोजिरहेकाकारण आफुले बहुमतले एमालेको पुरानो विरासत फर्काउदै विजय हासिल गर्ने बताउनु भयो ।
२०७४ सालको निर्वाचनमा मेयरका उम्मेदवार सुब्बा २० हजार ९ सय ७५ मत ल्याएर विजयी भएका थिए । उपमेयरकी उम्मेदवार भण्डारीले २१ हजार २ सय ५६ मत ल्याएर जितेकी थिइन । मेयरका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गरेका छन् । उपमेयरकी निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकै श्यामा रेग्मीले १४ हजार ९ सय १७ मत प्राप्त गरेकी थिइन । भण्डारीले मेयर भन्दा २७१ मत बढि ल्याएर विजयी भएकी थिइन । उनकी प्रतिद्वन्द्व रेग्मी भन्दा ५१५४ बढि मत ल्याएर विजयी भएकी थिइन ।