'लु राम्रो' !
उनका इश्वरीय वाणी
रुद्राक्षका माला पहिर्याई,
काँकड़िभिट्टा नेपाल आमाकी काखमा
न्यानो स्वागत जनाउॅने
होॅचा कद,
उच्च व्यक्तित्व ,
हॅसिला मुहार
नेपाल राष्ट्रका अनमोल मोती
उनी हुन् प्रा डा टङ्क प्रसाद
न्यौपाने।

.................

मेरो भाग्यमा सूर्य उदाए
तीन दिने
अन्तर्राष्ट्रिय साहित्य समारोहमा
अंश ग्रहण गरेॅ।
विद्वान गुरू टङ्क प्रसाद न्यौपानेका सानिध्यमा रमिन
पाए ।
आफन्तपनका भण्डार उनी।
घमण्डका घेरोबाट टाढा तिनी।

फर्साइला व्यक्तित्व अचम्मका
साहित्यिक पिताका वाञ्छनीय स्नेहमा
भरपूर रमाए
धरान प्राङ्गनमा।

..................
साहित्यका भण्डार,
भाषा प्रेमी,
अनुहारमा हाँसो,
चिटिक्क पहिरन,
जाँगरिला व्यक्ति,
ताजा मष्तिष्क,
अचम्मकै
बानी
खुब रमाउँछन्
पिउॅदा सुगन्धित पानी।
आखॉमा राख्दा पनि नबिझाउने
शिर निहुराई
नमन गर्दछु दुई कर जोडी
डा टङ्क प्रसाद न्यौपाने।

‍‍‍‍‍‍‍‍‍‍.....................
'बा' पूर्व नेपालका
गहना,
शिखर पुरूष,
निडर व्यक्ति
भाषा साहित्यलाई आदर सेवा
यही उनका चाहना
थोरै समयमा नै
अटाएको मेरो नाम पनि
ती ज्ञानका सागर उनका
मष्तिष्क अनी मनमा।

साहित्य महाभारतका मैदानमा ओर्ले श्रीकृष्ण बनी।
सारथी नै देखेॅ
साहित्यसेतु
उनका नाम हुन् मणि।

..............................
सार्थक भो साहित्यिक सङ्गम
धरानको फॉटीलो आङ्गनमा
सुन्दर नगर अनेकन्
तिर्थस्थल यहीॅका।
दर्शन भो मन्दिर सबै देवनगरी।
भेटेॅ जिउॅदा साक्षात भगवान
साहित्यका पुरोधा।
डा टङ्क प्रसाद न्यौपाने
आजीवन रहनेछु आभारी।

धरानका धन,
आस्थाका सागर
बूढासुब्बा मन्दिरमा बिन्ती चढाए।
पिण्डेश्वर मन्दिरमा प्रार्थना गरेॅ हाम्रा शिरोमणि
उदार हृदयी पिता

नमन छ फेरि पनी
पूर्ण होस् उनका
अन्तरहृदयका तमाम जीजिविषा।

घूम दार्जिलिङ
भारत

 Dr Tank Neupane