धरान / पछिल्लो समय जटिल खालका कोभिड सङ्क्रमितको सङ्ख्या बढेर गएको छ । काठमाडौको अस्पतालमा त वेड अभाव तथा अक्सिजन अभावले अस्पतालले सूचना प्रकाशित गरेर उपचार गर्न नसक्ने जनाउ दिन थालेका छन् । सङ्क्रमितको सङ्ख्या बढ्दैं जाँदा देश भरी आइसियु र अक्सिजन वेड अभाव सिर्जना भएको छ । पछिल्लो समय प्रदेश १ का कोभिड अस्पतालहरुमा पनि वेड अभाव हुन थालेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक सय वेडको कोभिड अस्पताल हिजोदेखि(मङ्गलबार) भरिएको छ । यस्तो अवस्थामा घर मै बसेर पनि उपचार गर्न सकिने चिकित्सकहरुले सुझाव दिएका छन् ।
कोभिड सङ्क्रमणबारे लामो अध्ययन गर्नु भएका बिपी प्रतिष्ठान धरानका मुटु तथा मृगौला रोग विशेषज्ञ प्राडा सञ्जीवकुमार शर्माले अस्पतालमा वेड अभाव भएर जान नसक्न अवस्थामा घरमै बसेर शरिरमा अक्सिजन मात्रा बढाउने उपाय बताउनु भएको छ । यि उपायहरु अपनाउन सके तत्काल आयुसिय वेड चाहिने जटिल अवस्थालाई केहीहदसम्म टार्न सकिने उहाँको सुझाव छ ।
अक्सिजन कम भएको कसरी थाहा पाउने
अक्सिजनको मात्र कम भएको वा नभएको भन्ने थाहा पाउन अक्सिपल अक्सोमिटर भन्ने सानो एउट औलोमा च्यापेर राख्ने मेसिन हुन्छ । त्यस मेसिनले अक्सिजनको मात्रा देखाउ छ । ९५ भन्दा कम देखायो भने कोभिड लागेको बेला अक्सिजनको मात्र कम भएको मानिन्छ । तर उपचार नै गर्नु पर्ने अवस्था भने ९२ भन्दा कम भएकोलाई मानिन्छ । यस्तो अवस्थामा विरामीको उपचार शुरु गर्नु पर्ने हुन्छ ।
अक्सिजनको मात्र बढाउन कुन औषधी खान सकिन्छ, मात्रा कसरी बढाउने

यदि अक्सिजनको मात्र ९२ भन्दा तल भएको छ र वेड नपाएर अस्पताल जान पाइएन भने र घर मै उपचार गराउनु पर्ने अवस्था आयो भने डेक्सामिटासुन ६ एमजीको औधषी दिन सकिन्छ । ६ एमजीको ट्याव्लेट आउदैंन पोइन्ट ५ को ट्याब्लेट पाइन्छ । दिनको एउटा १२ पटक खुवाउन सकिन्छ । यो औधषीले सुगरका विरामीलाई असर गर्छ । सुगरको मात्रा बढाउछ । बोडरमा छ भने सुगर देखाउ छ । तर सुगर कन्ट्रोल गर्न सकिन्छ ।
अस्पताल जान नपाएको अवस्थामा अक्सिजनको मात्रा बढाउन आदी घण्टा घोप्टो परेर सुतेर पनि अक्सिजनको मात्रा बढाउन सकिन्छ । आदी घण्टा दाइने पटी काेल्टे परेर सुत्ने आदी घण्टा देब्रै पटी काेल्टे परेर सुत्दा पनि अक्सिजनको मात्र बढाउन सकिन्छ । यसलाई योगको भाषामा ‘प्राेन पोसिजन’ भनिन्छ । अस्पतालमा वेड अभावमा घरमै रहदा यि दुई उपाय अक्सिजनको मात्रा बढाउन हामीले अपनाउनु वाञ्छानिय हुने छ । कसै कसैलाई लो मोल्युक्लियर वीथ हेपारिन जस्तै एनोक्सापारिन भन्ने औषधी हुन्छ । त्यो पनि प्रयोग गर्न सकिन्छ ।
अक्सिजन बढाउने अन्य उपायहरु
यि मेडिकल उपाय बाहेक अरु उपायबाट पनि हाम्रो शरिरमा अक्सिजनको मात्र बढाउन सक्छौंं । अक्सिजन बढाउन योगाभ्यासले ठूलो मद्दत गर्छ । लामो लामो श्वास लिएर छाड्ने अभ्यास गर्न सकिन्छ । यसले हाम्रो फोक्सोलाई तन्दुस्त राख्छ । विहान बेलुका कपालभाती योगाभ्यासले हाम्रो फोक्सोलाई स्वास्थ्य राख्न मद्दत गर्छ । फोक्सोले राम्रो काम गर्ने वितिकै हामीलाई अक्सिजन कम हुदैंन् ।
घरमा बसेर सङ्क्रमणलाई यसरी कम गरौं
यदि कोभिड सङ्क्रमण भइसकेको छ र घरमै बसेर सामाना गर्नु पर्ने अवस्था छ भने हामीले विशेष सावधानी अपनाउनु पर्छ । शरिरलाई आवश्यक पानी, झोलिलो खानेकुरामा ध्यान दिने । ज्वरो आएको छ भने कम गर्न पारासिटामोल औषधी खाने । झाडा पखाला लागि हालेमा जीवनजल खानु पर्छ । धेरै जीउ दुखेमा कोडोमोल भन्ने औषधी सेवन गर्न सकिन्छ । अक्जिसनको मात्रा नापि रहने । अक्सिजनको मात्रा कम भए माथि भनिए जस्तै गर्ने ।
मनोवल उच्च राख्ने
सङ्क्रमण हुनु भन्दा पनि हामी बढी चिन्ताले विरामी हुन्छौं । चिन्ताले झन हाम्रो इम्युनिटी पावर घटाइदिन्छ । सवभन्दा बेष्ट उपाय हाम्रो मनोवल उच्च हुनु पर्छ । ‘जे आउछ हजमोलाले पचाउछ भने झै’ जे हुन्छ म पचाइ दिन्छु भन्ने दृढ विश्वास भने हुनु पर्छ । यो बेला मनोवल उच्च राख्नु पर्छ । कोभिडले थोरै मानिसलाई मात्र अप्ठ्यारो पार्छ । धेरैले सामना गर्न सक्छन् । चिन्ता विल्कुलै लिनु हुदैंन् । विहान बेलुका ध्यान गर्ने वानीले पनि मनमा भएको चिन्ता हटाउन सकिन्छ । नआतिकन यि उपया तिर लागौं । कोभिडलाई हामी सजिलै परास्त गर्ने छौं ।

IMG_20210512_134953

dexametasone

oxometer