धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्टार पदमा प्राडा मोहनचन्द्र रेग्मीलाई नियुक्ती गरिएको छ ।
एक बर्षदेखि रिक्त रजिष्टार पदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा प्रतिष्ठानका सहकुलपति भानुभक्त ढाकालले आइतबार नियुक्त गरेका हुन । रेग्मी प्रतिष्ठानकै स्त्री तथा प्रसूति रोग विभागका विभागीय प्रमुख छन् ।

प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको सिफारिसमा मन्त्री ढकालले नियुक्ति दिएका हुन । प्रतिष्ठानमा चिकित्सा क्षेत्रकै र प्रतिष्ठानभित्रबाटै रजिस्टार नियुक्त भएको पहिलो पटक हो ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ को दफा ११९ग०९१० बमोजिम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाको रजिस्टार पदमा ५ बर्षको लागि प्राडा रेग्मीलाई नियुक्ति गरिएको स्वास्थ्य मन्त्रीका स्वकिय सचिव भुवन खतिवडाले जानकारी दिए ।
गत साउनमा तत्कालिन रजिष्टार तुलबहादुर श्रेष्ठ भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा अख्तियार अनुसन्धान आयोगले मुद्वा दर्ता गरे पछि रजिष्टार पद खाली थियो ।

को हुन डा. रेग्मी
युरोगाइनेकोलोजीको दक्षिण एसियाली महासंघका उपाध्यक्ष पनि हुन । विश्व स्वास्थ्य संगठनले बनाएको ग्लोवल कोरोना रोकथाम तथा नियन्त्रण समितिको सदस्य समेत रहेका रेग्मी सबैसँग सहकार्य गरेर प्रतिष्ठानलाई नमुना बनाउन लाग्ने बताएका छन् ।

बाग्लुङको बलेवा पैयुङपाट–१ मा जन्मेका प्राडा रेग्मी सन २०११ मा ताईवानमा यङ गाइनोकोलोजिकल अवार्ड, सन् २०१२ मा जर्मनमा इन्टरनेसनल कन्टिनेन्ट सोसाइटी अवार्डलगायत पुरस्कार पाउने युवा चिकित्सक हुन् । उनी ‘फिस्टुला–फ्रि नेपाल’का संस्थापक अध्यक्ष समेत छन् । विभिन्न दातृ नियकासँग समन्वय गरेर नेपाली महिलाहरुका लागि निशुल्क स्वास्थ्य उपचार पनि गरिरहेका छन् ।

महिलामा हुने फिस्टुला र आङ खस्ने समस्यामाथि काम गर्दै आएका रेग्मी १८ वर्षदेखि प्रतिष्ठानमा स्त्री तथा प्रसूति विभागमा कार्यरत छन । सन् २००९ देखि उनले प्रतिष्ठानमा फिस्टुलाको संस्थागत रुपमा निशुल्क शल्यक्रिया गराउँदै आएका छन् । चिकित्सकीय र प्रशासनिक क्षेत्रमा निकै दशल राख्ने प्राडा रेग्मी लामो सयमदेखि विभागीय प्रमुख भएर काम गदैं आएका छन् । यस अघि उनी खरिद विक्री समितिका संयोजकको जिम्मेवारी समेत पाएका थिए ।

उनी पछिल्लो समय महिलामा हुने फिस्टुला र आङ खस्ने समस्यामाथि केन्द्रित भएर काम गर्दै आएका छन् । प्रा डा रेग्मी विगत १८ बर्षदेखि प्रतिष्ठानमा स्त्री तथा प्रशुती विभागमा कार्यरत छन् । सन् २००९ देखी दक्षिण एशियामै पहिलो पटक विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिस्टुलाको संस्थागत रुपमा निशुल्क शल्यक्रिया गर्ने कामलाई निरन्तरता दिएकोमा विभिन्नि अन्तराष्टिय संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रसार गरेपछि उनी एकाएक चर्चामा आएका थिए ।

प्रतिष्ठानको रजिष्टार भएपछि उनले भने, ‘म यो वीपी प्रतिष्ठानमा रजिष्टार हुनु ठूलो कुरो होइन तर यस्को आफ्नो पहिचान बचाएर विश्वस्तरीय उपचार सेवा कसरी दिन सकिन्छ र आर्थिक पारर्दिर्शता र जवाफदेहिता बनाउन प्रयास गर्ने छु ।’ उनले प्रतिष्ठानमा दक्ष विषेशषज्ञ चिकित्सक रहेकाले आम सर्वसाधारणको उपचार सेवामा पहुच पुरयाउने र रजिष्टारले गर्ने जिम्मेवारीलाई अन्तरमनदेखि नै पुरा गर्ने बताए ।

प्रसूति विज्ञान र स्त्री रोगविज्ञानको राष्टिय संयोजकको रुपमा ३ बर्षकाम गरे । एनएचटीसी, स्वास्थ्य र जनसंख्या मन्त्रालय, नेपाल सरकारको सन् २०१४देखि हालसम्म प्रशिक्षककाे रुपमा कार्यरत छन् । उनी देश विदेशमा गएर फिस्टुला सम्बन्धि चिकित्कहरुलाई प्रशिक्षण दिन्छन् । अन्तर्राष्ट्रिय नेपाल फेलोशिप झपिगो र युएनएफपिए निगम, नेपालकाे परामर्शदाताकाे रुपमासमेत कार्यरत छन् ।

ग्लोबल हेल्थ लीडरशिप प्रोग्राम, जोन्स हप्किन्स युनिभर्सिटी, बाल्टिमोरको सहकार्यमा प्रतिष्ठानको प्रसुति विभागमा विभिन्न कार्यक्रम ल्याएर गरिव महिलाहरुलाई सहयोग गरिरहेका छन् ।